दैनिक १ सय १० सिलिन्डर बायोग्यास उत्पादन गर्ने परियोजनामा दमक नगरपालिका र एइपिसी बीच सम्झौता
निर्माण सञ्चार, १० माघ, दमक । फोहरबाट ऊर्जा उत्पादन अभियान सञ्चालन गर्दै आइरहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) र दमक नगरपालिका बीच फोहोबाट ऊर्जा तथा जैविक मल उत्पादन परियोजनामा सम्झौता भएको छ ।
दैनिक १०८४ केजी (करिब ११० सिलिन्डर) प्रशोधित बायोग्यासका साथै १० मेट्रिक टन जैविक मल पनि उत्पादन गर्ने लक्ष्य सहितको शुक्रबार खुमलटार ललितपुरस्थित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) कार्यालयमा उक्त सम्झौता सम्पन्न भएको हो ।
सम्झौताले परियोजना निर्माण गर्ने जिम्मा नेक्स्ट एरा इनर्जी प्रालि र रोहन ट्रेडर्स जेभीलाई सुम्पेको छ ।
सम्झौतामा वैऊप्रके (एइपिसी) का कार्यकारी निर्देशक मधुसूदन अधिकारी, दमक नगरपालिका नगर प्रमुख रोमनाथ ओली तथा आयोजना निर्माणकर्ता कम्पनीले त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कुल ४० टन क्षमताको उक्त परियोजनाबाट दैनिक १ हजार ८४ केजी अर्थात् करिब १ सय १० सिलिन्डर प्रशोधित बायोग्यास उत्पादन हुने छ ।
निर्माण सम्पन्न भएपछि उत्पादन सुरु हुने उक्त परियोजनाले एकसाथ १० मेट्रिक टन जैविक मल पनि उत्पादन गर्ने आयोजना सम्झौताको दोस्रो पक्ष दमक नगरपालिकाले जनायो ।
परियोजना कूल लागत १४ करोड ७० लाख ६९ हजार ७ सय ५७ रुपियाँ रहेको छ ।
यस परियोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदनका लागि यस अघि नै एइपिसीको प्राविधिक मूल्यांकन समितिले स्वीकृत गरिसकेको अवस्था छ ।
यसका लाग विश्व बैंकको कार्यक्रम अवधि अब १८ महिना मात्रै बाँकी रहेकाले सो अवधिभित्र परियोजना सम्पन्न गरिसक्नु पर्ने कार्यकारी निर्देशक अधिकारीको जोडबल छ ।
सम्झौता कार्यक्रममा दमक नगरपालिकाका मेयर (नगरप्रमुख) रोमनाथ ओलीले परियोजनाबाट नगर सफा हुनुको साथै नकुहिने फोहरको समेत उचित व्यवस्थापन हुने दाबी गरे ।
लामो प्रयासपछि परियोजनाको सम्झौता गर्न सफल भएको बताउँदै परियोजना समयमै सम्पन्न गर्नको लागि आवश्यक सहयोग गर्न आफूले कुनै कसर बाँकी नराख्ने मेयर ओलीको भनाइ छ ।
परियोजना निर्माण कम्पनीका अध्यक्ष युवराज घिमिरेले फोहर प्रतिको दायित्वलाई बुझेरै परियोजनामा लगानी गर्न लागिएको बताए । परियोजना निर्माणमा आइपर्ने चुनौती पन्छाउँदै यथाशिघ्र परियोजना सम्पन्न गरिने उनको भनाइ छ ।
उनले परियोजना निर्माणका लागि नगरपालिका तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट आवश्यक सहयोगको रहने आशा समेत व्यक्त गरेका छन् ।
०००
प्रकाशित: २०७६ माघ ११
कसको कति हिस्सा ?
फोहोरबाट ऊर्जा उत्पादनका लागि एइपिसीलाई विश्व बैंकले सहयोग गर्दै आइरहेको छ । जस अन्तर्गत एइपिसीले नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम ९क्अबष्लिन गउ च्भलभधबदभि भ्लभचनथ एचयनचबmmभ(क्च्भ्ए० सञ्चालन गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत रही कार्यान्वयन हुने उक्त परियोजनाको कूल लागतको ४० प्रतिशत (५ करोड ८८ लाख रुपियाँ) अनुदान वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) ले गर्ने भएको हो । यस परियोजनाको लागि चाहिने बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ताले गर्ने छ सम्झौतामा उल्लेख छ । डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने उक्त परियोजना अवधि २० वर्षको हुनेछ । परियोजना निर्माणकर्ताले २० वर्षसम्मको सफल सञ्चालन पश्चात् उक्त परियोजना नगरपालिकालाई हस्तान्तरण गर्नेछ । परियोजनाको लागि आवश्यक जग्गाको व्यवस्था दमक नगरपालिकाले गरिसकेको छ भने परियोजनाको लागि आवश्यक कच्चा पदार्थको रुपमा नगरपालिकाबाट संकलन हुने कुहिने फोहर तथा अन्य व्यावसायिक प्रतिष्ठानहरुबाट उत्पादन हुने जैविक फोहर परियोजनाले उपयोग गर्ने छ । कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले फोहरबाट ऊर्जा उत्पादन मार्फत फोहरको दीर्घकालीन समाधानमा सघाउ पुग्ने बताए । डिजाइन अनुसारको परियोजना निर्धारित समयावधिभित्र सम्पन्न हुने समेत कार्यकारी निर्देशक अधिकारीले विश्वास व्यक्त गरेका छन् । परियोजनाको लगानीकर्ता कम्पनीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सहमति अनुसार केन्द्रले अनुकूल वातावरण निर्माण गरिरहेको एइपिसी निर्देशक अधिकारीको दाबी छ ।
यसका लाग विश्व बैंकको कार्यक्रम अवधि अब १८ महिना मात्रै बाँकी रहेकाले सो अवधिभित्र परियोजना सम्पन्न गरिसक्नु पर्ने कार्यकारी निर्देशक अधिकारीको जोडबल छ ।
सम्झौता कार्यक्रममा दमक नगरपालिकाका मेयर (नगरप्रमुख) रोमनाथ ओलीले परियोजनाबाट नगर सफा हुनुको साथै नकुहिने फोहरको समेत उचित व्यवस्थापन हुने दाबी गरे ।
लामो प्रयासपछि परियोजनाको सम्झौता गर्न सफल भएको बताउँदै परियोजना समयमै सम्पन्न गर्नको लागि आवश्यक सहयोग गर्न आफूले कुनै कसर बाँकी नराख्ने मेयर ओलीको भनाइ छ ।
परियोजना निर्माण कम्पनीका अध्यक्ष युवराज घिमिरेले फोहर प्रतिको दायित्वलाई बुझेरै परियोजनामा लगानी गर्न लागिएको बताए । परियोजना निर्माणमा आइपर्ने चुनौती पन्छाउँदै यथाशिघ्र परियोजना सम्पन्न गरिने उनको भनाइ छ ।
उनले परियोजना निर्माणका लागि नगरपालिका तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट आवश्यक सहयोगको रहने आशा समेत व्यक्त गरेका छन् ।
०००प्रकाशित: २०७६ माघ ११
January 25th 2020
प्रतिक्रिया दिनुहोस्