नेपाली समय: ०९:१०:०१ राती
वि.सं २०७६ फाल्गुण १०   शनिवार

सभामुखमा अग्नि सापकोटाः ‘निर्विरोध’

निर्माण सञ्चार, १२ माघ, काठमाडौं । रिक्त रहेको सभामुखको पदमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य अग्नि प्रसाद सापकोटा  निर्वाचित भएका छन् ।

सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए । सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

उनको प्रस्तावकमा देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण र समर्थकमा ओनसरी घर्ती रहेकी थिइन् ।

घर्ती पूर्व सभामुख समेत हुन् ।

आइतबार बसेको संघीय संसद्को बैठकको अध्यक्षता ज्येष्ठ सदस्यका नाताले महन्थ ठाकुरले गरेका थिए । ठाकुरले सभामुखका लागि सापकोटाको एकल उमेदवारी भएकाले प्रतिनिधि सभा नियमावली २०७५ को ७ (३) बमोजिम सापकोटा निर्विरोध निवार्वाचित भएको घोषणा गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते मंगलबार दिनको १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

असोजदेखि रिक्त सभामुख पदमा सापकोटाको एकल उम्मेदवारी परेको थियो। प्रमुख प्रतिपक्षी कांग्रेस र अर्को प्रतिपक्षी समाजवादी पार्टीले सभामुख उम्मेदवारी दिएन।

तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा थुनामा परेपछि सभामुख रिक्त थियो।

०००



प्रकाशित: २०७६ माघ १२
January 26th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार