नेपाली समय: ११:५१:३७ बिहान
वि.सं २०७७ कार्तिक ११   मंगलवार

सरकारले गर्याे कतारको लागि श्रम स्वीकृति बन्द, करिब ३ हजार कामदार रोकिए

निर्माण सञ्चार, २७ फागुन, काठमाडौं  । सरकारले कतारको लागि श्रम स्वीकृति बन्द गरेको छ । कतारले नै नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएपछि सरकारले पनि श्रम स्वीकृति दिन बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार कतारको निर्णय अनुरुप कामदारलाई श्रम स्वीकृति दिन बन्द गरिएको हो ।

फागुन १६ देखि फागुन २६ गतेसम्म विभागबाट कतार जानका लागि ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।

त्यसअनुसार करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृतिपछि पनि कतार जान रोकिएको अनुमान छ ।

गत ५८ दिनमा विभागले १ लाख १७ हजार ६३३ जनालाई विदशे जान अनुमति दिएको थियो ।

 

 

०००



प्रकाशित: २०७६ फाल्गुण २७
March 10th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार