नेपाली समय: ०४:०९:२९ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

अमेरिकामा बाघलाई पनि कोरोना संक्रमण देखिएपछि ... अनौठो संक्रमणः पहिलो पटक मानिसबाट जनावरमा

निर्माण सञ्चार, २४ चैत, ०७६, एजेन्सी । अमेरिकामा बाघमा पनि कोरोना भाइरस संक्रमण भएको छ । यो संक्रमण पहिलो पटक मानिसबाट जनावरमा सरेको हो । 

हाल विश्वमै अमेरिका सबैभन्दा बढी कोरोना संक्रमण हुने मुलुकका रुपमा देखिएको छ । त्यसमा पनि सबैभन्दा प्रभावित न्यूयोर्क सहर हो । 

उक्त बाघ न्युयोर्क सहरकै ब्रोंक्स चिडियाखानामा पालिराखिएको एक प्रजाति हो । उक्त चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार बाघमा पनि कोरोना संक्रमण भएको पुष्टि गरेका थिए । 

भेटेरिएनले उक्त चिडियाघरमा पालिरहेका आफ्नो एउटा बाघलाई कोभिड–१९ भएको बताएका हुन्।

सो चिडियाखानामा नादिया नाम गरेको मलायान बाघमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो । बाघको उमेर ४ वर्षको छ ।

प्रमुख भेटेरियनले नादियासहित चिडियाखानाका अन्य ३ वटा बाघ र ३ वटा सिंहमा सुख्खा खोकी भएको देखेपछि सबैभन्दा बिरामी नादियाको कोभिड–१९ परीक्षण गरिएको थियो।

स्मरणीय के छ भने कोभिड–१९ को भाइरस जनावरबाट मानिसमा सरेको अनुमान गरिदैं आइएको थियो । तर, यहाँ भने मानिसबाट जनावरमा संक्रमण भएको देखिएको छ । 

पहिलो पटक मानिसबाट जनावरमा संक्रमण भएको यो केस भने विश्वकै लागि नयाँ बनेको छ । 

यसअघि हंगकंगमा केही जनावरहरूमा कोरोना संक्रमण परीक्षण गर्दा पनि नतिजा  पोजेटिभ आएको थियो।

अर्काे कुरा के भने, अमेरिकामा कोरोना संक्रमण फैलिएसँगै न्युयोर्क सहरमा रहेको चिडियाखाना पनि मध्य मार्चबाटै बन्द अवस्थामा नै रहँदै आएको छ।

तर, कुन मानिसबाट उक्त बाघमा कोरोना संक्रमण भयो भन्ने अहिलेसम्म स्पष्ट हुनसकेको छै । ती भेटेनेरियनका अनुसार बाघले मार्च २७ बाट नै आफू बिरामी परेको लक्षण देखाएको थियो । 

सो बाघ (नादिया) को कोरोना परीक्षण गरेको अमेरिकाको राष्ट्रिय भेटनरी सेवा प्रयोगशालाले जनाएको हो।


यस अघि यस्तो संक्रमण नदेखिएको उक्त चिडियाखानामा कर्मचारीको सम्पर्कमा आएपछि नै कोरोना नादियामा संक्रमण भएको अनुमान छ । 

बिरामी परेको बाघ नादियाको एक्स–रे, अल्ट्रासाउन्ड र रक्त परीक्षण गरिएको थियो ।

०००
 



प्रकाशित: २०७६ चैत्र २४
April 6th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार