नेपाली समय: ०१:५३:३० बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

विश्व खाद्य कार्यक्रमको चेतावनीः कोरोना पछि २५ करोड मानिस भोकमरीको शिकार बन्न सक्ने खतरा

निर्माण सञ्चार, १० वैशाख, एजेन्सी

संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले कोरोना भाइरस (कोभिड–१९) का कारणले निकट भविष्यमै विश्वभर भोकमरी फैलिने खतरा रहेको जनाएको छ ।

डब्ल्यूएफपी प्रमुख डेभिड बियसलीले यसबारे बोल्दै निकट भविष्यमा हुन सक्ने भोकमरीको संकट रोक्न अहिले नै तत्काले केही उपायहरु अवलम्बन गर्न पर्ने बताएका हुन् ।

कोरोना पछि: भोकमरी

केही दिन अघि मात्रै एक अध्ययन प्रतिवेदनले विश्वभर भोकमरीको सामना गर्नेको संख्या ह्वात्तै वृद्धि हुने देखाएको थियो । हाल भइरहेको १३ करोड ५० लाख जनसंख्याबाट बढेर २५ करोड जनसंख्या भोकमरीको सामना गर्न पर्ने जोखिममा रहेको देखाइसकेको छ । 

डब्ल्यूएफपीले पनि आसन्न संकटबाट बच्न केही उपय सहितका कदमरु चाल्नु पर्ने सुझाएको छ । उसका अनुसार युद्धको मारमा परेका, आर्थिक संकटमा परेका र जलवायु परिवर्तनको समस्या सामना गरिरहेका विश्वका १० मुलुक अझै बढी भोकमरीको जोखिममा पर्न सक्ने छन् ।

जस अनुसार– यमन, कंगो, अफगानिस्तान, भेनेजुयला, इथियोपिया, दक्षिण सुडान, सिरिया, नाइजेरिया र हाइटी विश्वका सबैभन्दा बढी खाद्यान्न अभाव झल्नु पर्ने मुलुक बन्ने छन्, डब्ल्यूएफपीले बताएको छ ।

गत वर्ष दक्षिण सुडानमा जनासंख्याको ६१ प्रतिशतले खाद्य संकटको सामना गरेका थिए ।

दक्षिण एसियामा पनि खाद्यान्न संकट हुने 

त्यस्तै, पूर्वी अफ्रिका र दक्षिण एसियामा पनि खाद्य अभाव हुन सक्ने बताइएको छ । 

युएनको सुरक्षा परिषद्को बैठकमा बोल्दै बियसलीले समग्र विश्वभर यो संकट आउन नदिन छिटोभन्दा छिटो आवश्यक कदम चाल्नुपर्ने छ, उनले जोड दिएका छन् ।

उनका अनुसार यो संकट केही महिनासम्म रहने छ । उनले यो पनि भनेका छन् कि, आसन्न खाद्य संकटबाट बच्नका लागि आफूहरुसँग कुनै समय नरहेको समेत उल्लेख गरेका छन् ।

 

 

 

...
बिबिसीबाट

०००



प्रकाशित: २०७७ बैशाख १०
April 22nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार