नेपाली समय: ०३:२०:१६ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

भारतीय रबैया नेपालको सुरक्षामाथि खतराः झापा कचनकवल–१ मा रहेको सुरक्षा पोस्ट भारतीयले भत्काइदिए

निर्माण सञ्चार, ४ जेठ, छापा विशेष । यस अघि पनि १० पटक बढीसम्म नेपाली सुरक्षा पोस्टमाथि हमला गरिसकेका भारतीय स्थानीयले फेरि पनि नेपाली सीमा सुरक्षा पोस्टमाथि हमला गरेका छन् । 

शनिबार बेलुकी ८ बजेतिर एक सय भन्दा बढी भारतीय समूह आएर झापाको कचनकवल–१ घेराबारीको झन्डुगाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट भत्काइदिएका छन् । 

उनीहरुले नेपाली सुरक्षाकर्मी खाना खान गएको मौका छोपेर आएको समूहले पोस्टमा आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताएको समाचार आजको कान्तिपुरले प्रकाशन गरेको  । 

जिल्ला प्रशासनले दिएको जानकारी अनुसार सुरक्षाकर्मी खाना खाएर फर्किंदा पोस्ट भत्काइँदै थियो  । एक राउन्ड हवाई फायरपछि मात्र उनीहरू भागेका थिए । 

नेपाली भूमिमा मकैखेती गरेका भारतीयले सिमा सिल गरिएपछि आउन नपाएका कारण आक्रमण गरेको हुन सक्ने जिल्ला प्रशासनको अनुमान छ । 

कचनकवल–१ का वडाध्यक्ष लक्ष्मी यादवले बिहारको सुरिभिट्टातर्फबाट आएको समूहले आक्रमण गरेको जानकारी दिएका छ । 

उनका अनुसार १२५ नम्बर सीमास्तम्भनजिक सशस्त्रको अस्थायी पोस्ट छ । पोस्ट भत्काउन आएका भारतीयको स्थानीयले पनि प्रतिकार गरेको वडाध्यक्ष यादवको भाइ छ ।

लिङ्देनले दिए प्रतिक्रिया 

यो घटनाबारे प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले शनिबार राति नै फेसबुकमार्फत भर्त्सना गरेका छन् । नेपाली सुरक्षाकर्मीमाथि भारतीय नागरिकहरूबाट दोहोरिइरहेको आक्रमण गम्भीर रहेको उनले भनेका छन् ।

यस अघि पनि आक्रमण !

यसअघि वैशाख २३ मा पनि भारतीय समूहले झापा गाउँपालिकाको १३१ सीमास्तम्भनजिक खटिएको सशस्त्र प्रहरीको अस्थायी पोस्टमा आक्रमण गरेको थियो । प्रजिअ रानामगरले घटनाबारे आइतबार बिहान भारतीय सुरक्षाकर्मीसँग छलफलको तयारी गरिएको जिकिर गरेका छन् ।

००

सामाचार स्रोतः कान्तिपुर दैनिक

 

+++

सम्बन्धित समाचार

 

सीमा सुरक्षामा ऐतिहासिक कदमः कालापानी नजिक छाङरुङमा बस्यो आजदेखि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट



प्रकाशित: २०७७ जेठ ४
May 17th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार