नेपाली समय: ११:३२:२४ बिहान
वि.सं २०७७ कार्तिक ११   मंगलवार

४ जना नयाँ संक्रमित भेटिएपछि जुम्ला सदरमुकाम सिल: निषाधज्ञा जारी

निर्माण सञ्चार, २५ साउन, जुम्ला  । 

जुम्लामा पुन कोरोना संक्रमीत भेटिएपछि अनिश्चितकालका लागि निषाधज्ञा जारी गरिएको छ । यहाँको चन्दननाथ नगरपालिका क्षेत्र र तिला गाउँपालिकाको ५ नम्बर वडालाई अर्को सूचना नहुन्जेल अनिश्तिकालिन शील गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवार गरिएको पिसिआर परिक्षणको प्रतिबेदन अनुसार चन्दननाथ चन्दननाथ नगरपालिका – १ का एक जना पुरुष, वडा नं. ३ का एक जना महिला र वडा नं. ६ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएकोले थप संक्रमण फैलिन नदिनका लागि नगरपालिका सिल गरिएको डिएसपी लाल बहादुर धामीले बताउनुभयो । त्यसैगरी तिला गाउँपालिका – ५ ढिमकोट गाउँमा एक जना महिनामा कोरोना संक्रमण भेटिएको छ । 
 कोरोना रोकथाम तथा नियन्यत्रणका लागि आईतबार दिउँसो ३ बजे देखि अर्को निर्णय नभए सम्मको लागि संक्रमण रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२० को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गएिको छ । 
चन्दननाथ नगरपालिकाको पुर्वमा दासाँघु, पश्चिममा उमगाड्,उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदी क्षेत्रको चारकिल्ला क्षेत्रमा अर्को सूचना नहुन्जेल शील गरिएको छ ।

भने तिला गाउँपालिका वडा नं.५ ढिमकोट गाउँको पूर्वमा चुलाकोट, पश्चिममा जुगामुल, उत्तरमा डुङग्री र दक्षिणमा खोलीगाउँको चारकिल्ला क्षेत्रमा औषधी पसल र स्वास्थ्य सेवा बाहेकका सबै क्रियाकलपाहरु पुर्णरुपमा बन्द गरिएको प्रशासनको सूचनामा उल्लेख छ । 

साउन १२ गते कोरोना संक्रमण मुक्त जिल्ला घोषणा भईसकेको जुम्लामा लकडाउन खुले संगै गरिएको लापरवाहिकै कारण ८ जनामा पुन संक्रमण भईसकेको छ । केहि दिन अघि एक जना महिलामा कोरोना पोजेटिभ देखिएपछि कोटघर स्वास्थ्यचौकी शिल गरिएको छ ।

भने निको भएर गएका तीनजना नेपाली सेनामा पुन कोरोना देखिएको थियो । साउन १२ गतेयता जुम्लाका ८ जनामा पुन कोरोना संक्रमण भेटिएपछि जुम्लामा शील गरिएको हो । 
यतिबेला जुम्लामा धार्मिक रुपमा मेलापर्व लाग्ने गरेका छन् ।

देविदेवता मठमन्दीरमा पुजा आजा गर्ने र मानिसको भेला हुने भएकोले जिल्ला प्रशासन कार्यालय जुम्लाले मेलापर्व पनि गर्नुपर्नेमा जोड दिएको छ । मेलापर्वमा जनमानसको भेला हुने र कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा देखिएकोले मेलापर्व वन्द गर्न प्रशासनले आग्रह गरेको हो ।    


०००



प्रकाशित: २०७७ साउन २५
August 9th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार