नेपाली समय: १२:४७:१० राती
वि.सं २०७७ कार्तिक ११   मंगलवार

कोरोनामा पनि घटेन कमाइ बैंकहरुकोः कसले कति कमाए ?

निर्माण सञ्चार, १ भदौ ०७७, काठमाडौं ।   । मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकहरुमध्ये अधिकांशको नाफा घटेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले वाणिज्य बैंकहरुको नाफामा एक वर्षको अवधिमा ८ अर्ब ६८ करोड ४९ लाख एक हजार रुपैयाँले कमी भएको जानकारी दिए ।

गत आर्थिक वर्ष २०७६र७७ मा २७ वाणिज्य बैंकहरुले ५४ अर्ब ३१ करोड ६ हजार ९८ रुपैयाँ कमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७५र७६ मा वाणिज्य बैंकहरुले ६३ अर्ब रुपैयाँ ९ सय ९९ रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए । एक वर्षको अवधिमा बैंकहरुको मुनाफामा ८ अर्ब ६८ करोड ४९ लाख एक हजार रुपैयाँले कमी आएको हो ।


धेरै नाफा कमाउने बैंकमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नै पहिलो नम्बरमा देखिएको छ । यस बैंक गत आर्थिक वर्ष ४ अर्ब ४५ करोड २५ लाख ३३ हजार ७ सय १७ रुपैयाँ कमाएर नाफाका आधारमा पहिलो बैंक बन्न सफल भएको हो ।

नाफा घटेकामध्ये यद्यपि, राष्ट्रिय वाणिज्य बैंकको नाफामा अघिल्लो वर्षको तुलनामा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षै यो बैंकले ५ अर्ब ४ करोड ६५ लाख २० हजार ३ सय ७८ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नाफा घटेकामध्ये दोस्रोमा भने नविल बैंक देखिएको छ । नविलले पनि नाफा बढाउन सकेन । अघिल्लो आर्थिक वर्ष ४ अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ कमाएको यो बैंकले गत आर्थिक वर्ष ३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार रुपैयाँ मूनाफा आर्जन गरेको छ ।

 

 


०००



प्रकाशित: २०७७ भाद्र १
August 17th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार