नेपाली समय: ११:१६:०९ बिहान
वि.सं २०७७ कार्तिक ११   मंगलवार

निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीलाई अब नरोक्ने

निर्माण सञ्चार,४ भदौं, काठमाडौं ।  निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि नेपाल बैंकर्स संघले बिहिबार बैंकका शाखा नखोल्न निर्देशन दिएको थियो।प्रहरीले अब निषेधाज्ञामा बैंकका कर्मचारीलाई नरोक्ने गरी नियम बनाइएको छ ।

 कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले बिना बाधा आवातजावत गर्न दिइने भएको छ ।  

बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जानरआउन दिने आदेश भएको थियो ।

तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंकहरु आक्रोशित बनेका थिए । प्रहरीले दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा कार्यालयहरु नै बिहीबार नखोल्न भनेको थियो । अब भने प्रहरीले बैंकको परिचयपत्र देखाएपछि नरोक्ने बताएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले कार्यालय हिँडेका कर्मचारीलाई नरोक्न आदेश आएको बताए । माथिबाटै अब नरोक्ने सर्कुलर आएकाले अब बैंकका कर्मचारीहरुलाई नरोकिने  एसएसपी सुशीलकुमार यादवले बताए ।

०००



प्रकाशित: २०७७ भाद्र ४
August 20th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार