नेपाली समय: १२:३३:१९ राती
वि.सं २०७७ कार्तिक ११   मंगलवार

बजेट अभावले भवन निर्माण अलपत्र: त्रिपालमुनी प्रहरी

निर्माण सञ्चार, १० भदौ जुम्ला

बजेट अभावका कारण जिल्ला प्रहरी कार्यालय जुम्लाको निर्माणधिन पक्की भवन एक वर्षदेखि अलपत्र भएको छ । दश बर्ष सशस्त्र द्धन्द्धकालमा क्षेतीग्रस्त जिल्ला प्रहरी कार्यालयको भवन बजेट अभावले निर्माणधिन अबस्थामै रोकिएको छ । 
करिब १८ वर्षपछि निर्माण भईरहेको उक्त भवन बजेट अभावले बीचमै अलपत्र भएपछि सयौ सुरक्षाकर्मी खचाखच एकै कोठामा बस्न बाध्य भएका छन् । तत्तकालिन डिएसपी सिताराम रिजालको कार्यकालमा भवन निर्माण कार्य शुरु २०७६ जेठ २९ देखि भएर  २०७७ जेठ २८ गते सम्पन्न हुने गरी  सम्झौता भएको थियो । 
तर निर्माण कार्य सम्पन्न गर्नुपर्ने मिति ३ महिना बढी भईसक्दा समेत जिप्रका भवनको तल्लोतलाको १० प्रतिशत काम पनि भएको छैन् । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको पहलमा निर्माण हुन लागेको उक्त भवन एक वर्ष बितिसक्दा पनि तल्लो तला ठडिएको छैन् । यसबारे मन्त्रीको ध्यान पुगेको वा चाँसो नदिएका हुन भन्ने कुरा बुझिएको छैन् ।  
कर्णालीकै नमुना भवन बनाउने बाचा गरेका कानुन मन्त्री भण्डारीले निर्माण सम्पन्न नहुदै अलपत्र पर्दा समेत थप बजेट व्यवस्थापनमा चासो दिएका छैनन् । हालका डिएसपी लाल बहादुर धामीलेभवनमा कार्यालय भवन, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, मेस, शौचालय तथा खानेपानीको ट्यांकी, खेलमैदान लगायत आबश्यक पुर्वाधार निर्माण हुने स्टमेटमा उल्लेख छ ।  तर हाल सम्म भवनको तल्लो तलानै ठडिन् सकेको छैन् । सबै पुराना संरचना भत्काएर प्रहरीको उठिबास मात्रै भएको छ । 
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा ५ करोड ४५ लाख ९१ हजार ठेक्का भएको थियो ।  बजेट कति आयो कति खर्च भयो, ? बीचमै काम किन रोकियो, भुक्तानीनआउनुको कारण के हो लगायतका विषयमा ठेकेदार कृष्ण बहादुर स्वाँरलाई धेरै पटक फोन गर्दा सम्पर्कै हुन सकेको छैन् । 
त्रिपालमुनी प्रहरी
जिल्लाको सुरक्षाका लागि खटिएका प्रहरी भौतिक पूर्वाधारको अभावले आफै असुरक्षित छन् । जिल्लाभरीको तथ्यांक छोडेर जिल्ला प्रहरी कार्यालयमा जुम्लामा मात्रै ९० जना प्रहरी कार्यरत छन् । नयाँ भवन निर्माण हुने आशामा प्रहरीहरुको बिचल्ली भएकोे छ । 
डिएसपी लाल बहादुर धामी भन्छन,“नयाँ भवन निर्माण हुने आशामा पुराना सबै भवन भत्कायौ, अहिले सुरक्षाकर्मी बस्ने ठाउँ छैन्, खान पकाउने राम्रो भान्सा छैन्, बन्दीलाई राख्न राम्रो समेत हिरासत छैन् ।” 
बजेट अभावले भवन निर्माण कार्य बीचमै अलपत्र हुँदा विगत करिब एक वर्षदेखि त्रिपालकै साहारामा दिनरात प्रहरी कटाईरहेको दुखेसो गरे । वर्षातको झरीमा त्रिपालमुनी ओत लागेर सुरक्षामा खटिनुमा तिता मिठा अनुभव धेरै भोगेको समेत उल्लेख गरे । 
डिएसपीले धामीले थपे,“१० जना सुत्ने कोठामा २० जना,२० जनाको ठाउँमा ४० जना, कोहि भान्सामा,कोहि शौचालयको छेउमा गरेर रात कटाईरहेका छौ । ठेकेदार कृष्णबहादुर स्वाँरले भुक्तानी नआएको भन्दै बीचमै काम छोडेर सम्पर्कमा छैनन् । कहिले सम्म त्रिपालमुनीकै प्रहरी बास हुने हो छैन ?”
ठेगेदार स्वाँरले तल्लोतलाको थोरै काम गरेको ४४ लाखको बिल पेश गरेका थिए । अन्य बजेट प्रदेशबाट नआएको भन्दै निर्माण रोकिएपछि भवन अलपत्र परेको हो । तर उनले ४४ लाखको भुक्तानी लिए वा लिएनन त्यो पनि थाहा नभएको डिएसपीको भनाई छ । 
कर्णाली प्रदेशबाट करिब १६÷१७ अर्वको हाराहारीमा बजेट फ्रिज भयो । जुम्लाका आठ स्थानीयतहबाट पनि करिब ३२ करोड बजेट फ्रिज गयो । तर बजेट नपाएर, अलपत्र परेको भवन निर्माणमा कसैले चासो दिएनन् । 
सभा सम्मेलनमा मात्रै शान्ती सुरक्षाका कुरा गरेर मात्रै हुदैन् । प्रहरीका पनि आधारभुत आबश्यकता परिपुर्ति गर्न तर्फ राज्य,राजनीतिक दलहरुले पनि ध्यान दिनुपर्ने नागरिक समाजको जोड छ ।  
निर्माण हुन थालेको एकवर्षमै भवन अलपत्र परेपछि जीर्ण भवन भित्रै हिरासत छ । भने नत राम्रो प्रशासनिक भवन छ, नत शौचालय, नत ब्यारेक राम्रो, तिला नदीको पानीको भरमा नहुाउने कपडा धुने प्रहरीको बाध्यता छ । एकवर्षदेखि जेनतेन त्रिपालमुनीकै बास गरेर नागरिकको सुरक्षामा खटिएका छन् । अहिले न्यायो समयमा त ठिकै तर पुस माघमा जुम्लाको कठयांग्रीदो चिसोमा कसरी त्रिपालमुनी रात कटाउन सकिएला यहि कुरा सोचेर सुरक्षाकर्मी निकै चिन्तीत छन् । 
फोटो क्याप्सन ः अलपत्र जिल्ला प्रहरी कार्यालय जुम्लाको निर्माणधिन भवन । तस्बिरः सागर परियार ।  



प्रकाशित: २०७७ भाद्र १०
August 26th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्