नेपाली समय: ११:१९:०१ बिहान
वि.सं २०७७ कार्तिक ११   मंगलवार

नेपालमा कोरोना स्थिति भयावहः देशैभर पुष्टि भए हालसम्मकै धेरै १५३९ नयाँ संक्रमित


निर्माण सञ्चार,३१ भदौँ,काठमाडौँ । बितेको २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ । 


बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएको पनि जानकारी दिए । उनका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ ।


यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् । आज  १०,४९४ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए ।  यसैबीच  कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।


०००



प्रकाशित: २०७७ भाद्र ३१
September 16th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार