नेपाली समय: ११:४६:३५ बिहान
वि.सं २०७७ कार्तिक ११   मंगलवार

नेपालमा कोरोना स्थिति भयावहः देशैभर पुष्टि भए हालसम्मकै धेरै २०२० नयाँ संक्रमित,उपत्यकामा ८५९ संक्रमित

निर्माण सञ्चार, २ असोज,काठमाडौं । विश्वमहामारीको रुपमा रहेको कोरोना भाइरसका कारण नेपालमा  बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्म सो अवधिमा फेला परेका सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो। यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  संक्रमितमध्ये १७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् । 

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको छ ।


आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ०८८ जना रहेका छन् ।


यस्तै आज पीसीआर ११ हजार ४५८ जनाको भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ३९० जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

०००
 



प्रकाशित: २०७७ आश्विन २
September 18th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार