नेपाली समय: ११:४९:०९ बिहान
वि.सं २०७७ कार्तिक ११   मंगलवार

आइतबार थप १३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, उपत्यकामा ७६७ संक्रमित

निर्माण सञ्चार, ४ असार,काठमाडौं । पछिल्लो  २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा  १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको  जानकारी दिएका हुन् । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा सर्वाधिक ६०२ जना रहेका छन् भने ललितपुरमा ६४ र  भक्तपुरमा १०१ जना रहेका छन् । 


उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् । यस्तै हाल्सम्म कुल संक्रमितको संख्या ६४,१२२ पुगेको छ ।


यस्तै पछिल्लो २४ घण्टामा जना ९६६ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ४६ हजार २३३ जना पुगेको छ । 


यसैबीच बितेको २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ।   

०००



प्रकाशित: २०७७ आश्विन ४
September 20th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार