नेपाली समय: ११:५८:५६ बिहान
वि.सं २०७७ कार्तिक ११   मंगलवार

कोरोनाकैरनः काठमाडौंमा ५०३, उपत्यकाभर ६४५ः देशैभर थपिए १,३१३, संक्रमित ७० हजारभन्दा बढे

निर्माण सञ्चार, ९ असोज, काठमाडौं । बढ्दो क्रममा रहेको कोभिड–१९ को संक्रमणले नेपाल आक्रान्त बनेको छ । पछिल्लो २४ घन्टामा थप १ हजार ३१३ जनामा कोरोना पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङ मार्फत् दिएको जानकारी अनुसार मुलुकमा आजसम्म संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ। 

निको हुनेको संख्या पनि बढ्दो क्रममै रहेको देखिन्छ । पछिल्लो २४ घण्टामा १ हजार ४५५ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ।

कुल संक्रमितमध्ये निको हुनेको दर ७३ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ । प्रवक्ता डा जागेश्वर गौतम अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ। 

...
काठमाडौं उपत्यकामा मात्रै थप ६ सय ४५ जना कोरोना भाइरस संक्रमित पुष्टि भएका छन्।  स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। 

तीमध्ये काठमाडौंका ५ सय ३ जना, भक्तपुरका ५१ जना र ललितपुरका ९१ जना रहेका छन्। 

यही २४ घण्टामा नेपालभर १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। १४५५ निको भई घर फर्किसकेका छन्। 

यो २४ घण्टामा कोरोना क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।


०००



प्रकाशित: २०७७ आश्विन ९
September 25th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार