नेपाली समय: ०३:५६:३४ अपरान्ह
वि.सं २०७७ कार्तिक ५   बुधवार

काठमाडौंं उपत्यका कोरोना ‘हटस्पट’, १५१३ नयाँ संक्रमितमध्ये उपत्यकाकै मात्र आधाभन्दा बढी ९३४ संक्रमित !

निर्माण सञ्चार, १३ असोज, काठमाडौं । काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बनिरहेको छ । पछिल्लो २४ घण्टामा १५१३ जना नयाँ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

त्यसमध्ये आधा भन्दा बढी काठमाडौं उपत्यका भित्र पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र ९३४ नयाँ संक्रमित थपिएका हुन् ।

  • कुल संक्रमितको संख्या ७६ हजार २५८ 

  • जसमध्ये ४९१ जनाको मृत्यु 

  • ५५ हजार ३७१ जना कोरोना मुक्त 

  • पछिल्लो २४ घण्टामा ७३१ उपचारपछि घर फर्के

देशभरका प्रयोगशाला १० हजार ८९२ नमूना परीक्षण गर्दा १५१३ थप संक्रमित पुष्टि भएका हुन्। 

योसँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २० हजार ३९६ सक्रिय संक्रमित रहेको स्वाथ्य मन्त्रालयको भनाइ छ ।


०००



प्रकाशित: २०७७ आश्विन १३
September 29th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार