९ महिनादेखि ओडारमै बसेकी बृद्ध महिला लगायत ४ जनाको उद्दार
निर्माण सञ्चार, २२ पुष,काठमाडौँ । नौ महिनादेखि जुम्लाको ओडारमा बस्दै आएकी बेवारिस्से बृद्ध महिला संगै ४ जनालाइ उद्दार गरिएको छ । सडक मानवमुक्त कर्णाली प्रदेश घोषणाको कार्यान्वयन स्वरुप भईरहेको अभियान अन्तरगर्त बुधबार प्रशासनको समन्वय र चन्दननाथ नगरपालिकाको सहयोगमा बृद्ध महिला संगै ४ जनालाई बेवारिसे सडक मानवलाई उद्दार गरिएको हो ।
विगत ९ महिनादेखि चन्दननाथ नगरपालिका ३ को गच्चु साँघु ओडारमा बस्दै आएकी दैलेख स्थायी घर बताउने बृद्ध महिला कमला कुमाई,चन्दननाथ नगरपालिका ९ निवासी पुनि तिरुवा,तातोपानी गाउँपालिका ५ निवासी बाहुनी लाटी र सिंजा गाउँपालिका निवासी घर बताउने प्रेमकली नेपालीलाई उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।
उउनले भने,“पुस १६ गते सडक मानवको तथ्यांक संकलन गरी सामाजिक विकास मन्त्रालय संगको सहकार्यमा उद्दार गर्ने तथा आश्रयका लागि सुर्खेत पठाउने निर्णय भए अनुसार पहिलो चरणमा ४ जनाको उद्दार गरिएको हो ।”
शारिक तथा मानसिक रुपमा अपांग भएका बेवारिस्से सडक मानवलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा सुर्खेत स्थित मानव सेवा आश्रममा पठाइएको प्रजिअ भापाले जानकारी दिए । यदपी बृद्ध बेवारिस्से महिलाले ओडारबाट अन्त कतै नजाने बताउदै आएकी छन् । गाउँमा नजाने, वनमै बस्ने वनपाले हुने बताएपनि बढ्दै गएको चिसोले बृद्ध महिलाको उद्दारको विकल्प थिएन् । तर प्रशासनले बृद्ध महिलालाई मात्र नभई अन्य तीनलाई पनि पठाउने गरी समन्वय गर्दा चार जनाको उद्दार भएको डिएसपी माधव प्रसाद काफ्लले उल्लेख गरे ।
चार जनालाई लिएर चन्दननाथ नगरपालिकाका विपद व्यवस्थापन संयोजक लक्ष्मीचन्द्र न्यौपाने सुर्खेत गएका छन् । उनका अनुसार मानसिक रुपमा समस्या भएका, कहिले गाडी नचेढको हुनाले चुनौतीका बाबजुत पनि सुर्खेत पुराउन गएको छु ।
राज्यको दायित्व र जिम्मेवारी अनुसार सडक मानवको उद्दारमा प्रहरी प्रशासन, नगरपालिका अटिएको चन्दननाथका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खडानन्द चौलागाईले बताए । उनका अनुसार चार जना सडक मानवलाई सुर्खेत सम्म लिने सबै खर्च नगरपालिकाले व्यवहोरेको छ । सुर्खेतमा बसोबासका लागि प्रशासनले समन्वय गरेको छ । अन्य सडक मानव भन्दा ९ महिनादेखि ओडारमा बस्दै आएकी बृद्ध महिलालाई उद्दार गरेर प्रहरी प्रशासन, नगरपालिकाले निकै प्रशंसनिय काम गरेको स्थानीय जानकी रावलले बताए । उनले भनिन, “घरमा बस्न नमान्ने, सधै वनमा डुल्ने, कठ्यांग्रिदो चिसोमा ओडारमै बस्ने, चिसो बढेकाले केहि हुने हो की भनेर चिन्तीत थियौ । तर ९ महिनापछि उद्दार हुँदा ढुक्क भयौ ।” ०००
प्रकाशित: २०७७ पौष २२

January 6th 2021
प्रतिक्रिया दिनुहोस्