सडक मानवको तथ्यांक सार्वजानिकः जुम्लामा ४८ जना सडक मानव,व्यवस्थापनमा चुनौती
निर्माण सञ्चार, २६ पुष,काठमाडौँ । जुम्लामा ४८ जना सडक मानव भेटिएका छन् । करिब डेढ हप्ताको अवधिमा संकलन गरिएको तथ्यांक अनुसार जुम्लाका आठै स्थानीयतहमा गरि ४८ जना सडक मानव भेटिएका हुन । जसमध्ये ४ जनाको उद्दार गरिएको छ ।
सामाजिक विकास कार्यालय जुम्लाले जिल्लाका आठै तहमा संकलन गरेको तथ्यांक अनुसार हाल बेवारिसे अवस्थामा ४४ जनाले सडक जीवन बिताईरहेका छन् । सामाजिक विकास कार्यालयका प्रमुख बलविर सुनारले शुक्रबार प्रशासनमा आयोजित एक कार्यक्रममा जुम्लाका सडक मानवको तथ्यांक सार्वजानिक गरेका हुन । जसमा तिला र पारातासी गाउँपालिकामा सडक मानव शून्य रहेका छन् ।
भने, तातोपानीमा २ जना, सिंजामा ३ जना, कनकासुन्दरीमा १६ जना, पातारासीमा १० जना, गुठिचौरमा २ जना र चन्दननाथ नगरपालिकामा १३ जना गरि ४६ जना सडक मानव रहेका छन। जुम्लामा सडक मानवको संख्या क्रमिक रुपमा बढ्दै जादा व्यवस्थापनमा चुनौती देखिएको छ । सडक मानवहरुको दिर्घकालिन व्यवस्थापनमा आर्थिक, भौतिक तथा आवश्यक जनशक्ति व्यवस्थापन लगायतका चुनौती देखिएको हुन् । छलफलमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सडक मानवहरुको दिर्घकालिन उद्दार तथा पुर्नस्थापनाका लागि व्यवस्थापनमा चुनौती आएको बताए । उनले भने, “दिर्घकालिन व्यवस्थापनका भवन, रेखदेख गर्ने जनशत्ति, खानेबसाल्ने समस्या छन् । यसका लागि स्थानीयतह तथा गैसस संग आबश्यक समन्वय सहकार्य बिना सम्भव छैन् ।” सडक मानवको संख्या बढ्दै छन् । तर कसले कसरी व्यवस्थापन गर्ने बारे टुंगो लगाउन सबैले मानविय दायित्व निभाउनु पर्ने बेला आएको प्रजिअ भापाको भनाई छ । साथै नागरिक समाजका अध्यक्ष राज बहादुर महतले जुम्लाका मात्र नभई माथिल्लो कर्णालीका सडक मानवको उद्दार हुने गरि जुम्लामै व्यवस्थापनमा जुट्नु पर्ने बताए । आफुपनि बार्षिक रुपमा आवश्यक सहयोग गर्न तयार रहेको महतले उल्लेख गरे । शुक्रबारको छलफल कार्यक्रममा सडक मानवको व्यवस्थापनका लागि जुम्लामै मानव सेवा आश्रम संचालन गर्ने बारे आगामी साता आठै स्थानीय तहका प्रमुख संग छलफल गर्ने निर्णय गरिएको प्रशासनका कम्युप्टर अपरेटर हरिकृष्ण महतले बताए । ०००
प्रकाशित: २०७७ पौष २६

January 10th 2021
प्रतिक्रिया दिनुहोस्