नेपाली समय: १२:३०:१३ am
वि.सं २०७६ मंसिर २१   शनिवार

पाँच सय बढी लगानीकर्ताको सहभागितामा नेपाल पूर्वाधार सम्मलेन 

निर्माण सञ्चार, २० साउन, ०७६, काठमाडौं । स्वदेशी तथा विदेशी गरी ५ सय बढी लगानीकर्ताको सहभागितामा नेपाल पूर्वाधार सम्मलेन (इन्फ्रास्ट्रकचर सम्मिट) हुने भएको छ। नेपाल उद्योग परिसंघको अगुवाइमा आगामी सेप्टेम्बर ११ र १२ मा  सम्मलेन हुने तीब्र तयारी भइरहेको छ। राजधानीमा हुने उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी भएको छ। सरकारले सन् २०२० सम्म लिएको दिगो विकासको लक्ष्य कसरी हाँसिल गर्न सकिन्छ तथा पूर्वाधार विकास निर्माणलाई तीब्र रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित हुने परिसंघका अध्यक्ष सतिश कुमार मोरले बताए।

उनका अनुसार नेपाल सरकारले गरेको लगानी सम्मेलनको फलोअपको रूपमा सम्लेनको अयोजना गर्न लागिएको हो। उनले भने,‘सम्मेलनमा अन्य छिमेकी मुलुकमा भएको पूर्वाधार विकासको बारेमा पनि छलफल हुनेछ।’ परिसंघका अनुसार सम्मलेनमा स्वदेशी र विदेशी गरी ५ सय बढी लगानीकर्ताको सहभागिता रहने छ। 

पूर्वाधार विकासको क्षेत्रमा सरकारलाई बाटो देखाउन सम्मेलनको आयोजना गर्न लागिएको परिसंघका अध्यक्ष मोरको भनाइ छ।सम्मलेनमा साउथ कोरियाका पूर्व प्रधानमन्त्री डाक्टर हान सुंग सो, एशियालि विकास बैकका उपाध्यक्ष, विश्व बैकका अधिकारी, युरोपियन युनियन, डब्लु डब्लु एफ र भारतीय वरिष्ठ मन्त्रीहरुको पनि सहभागी रहने छ।

पूर्वाधार विकासको क्षेत्रमा परिसंघले गर्न लागेको यो सम्मलेन तेस्रो संस्करण हो। परिसंघले यसअघि सन् २०१४ मा पहिलो र सन् २०१७ मा दोस्रो सम्मेलन भएको गरेको थियाे।  दिगो विकासको लागि मजबुत पूर्वाधार नारा दिइएइको सम्मेलनमा नेपाल सरकार, लगानी बोर्ड र नेपाली युवा निमार्ण व्यवसायी समुदाय लगायतको सहकार्य रहने परिसंघले जनाएको छ। 

OOO



प्रकाशित: २०७६ साउन २०
August 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार