नेपाली समय: १०:२७:०८ राती
वि.सं २०७७ आश्विन ५   सोमवार

माघ १७ देखि चौथो प्राङ्गारिक तथा प्राकृतिक कृषि मेलाः पाटन दरबार संग्रहालयमा हुने

निर्माण सञ्चार, १२ माघ, ललितपुर । यही माघ १७ गतेदेखि ललितपुरको पाटन दरबार संग्रहालयमा चौथो प्राङ्गारिक तथा प्राकृतिक कृषि मेला हुने भएको छ ।

अर्गानिक तथा प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले चौथो प्राङ्गारिक तथा प्राकृतिक कृषि मेला गर्न लागिएको आयोजकले बतायो ।

मेला अर्गानिक एशोसिएसन नेपाल तथा कञ्चनजङ्घा टी इस्टेट एन्ड रिसर्च सेन्टर लिमिटेडको संयुक्त आयोजनामा हुने भएको हो । माघ १७ गतेदेखि हुने सो मेला २० गतेसम्म सञ्चालन हुने मेला आयोजकले निर्माण सञ्चारलाई जानकारी दिएको हो ।

मेलाबारे जानकारी दिन आयोजकले राजधानीस्थित रिपोर्टस क्लबमा संचार साक्षात्कार गरेको थियो ।

अर्गानीक एशोसिएसन नेपालका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले मानिसको अर्गाानिक उत्पादन र खपतमा रुचि बढ्दै गएका भन्दै सो पूर्तिका लागि मेलाको आयोजना गरिएको हो ।

आयोजक अनुसार नेपालको अर्गाानिक तथा प्राकृतिक कृषि उपजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण टेवा पुर्याउने र उपभोक्तालाई एउटै थलोमा ल्याई मूल्य अन्तरलाई न्यूनीकरण गरिने पनि आयोजकको भनाइ छ ।

मेला अवधिभर स्वच्छ भई बाच्न पाउने अधिकारको रक्षा र अर्गानिक विषयसँग सम्बधित कार्यपत्र प्रस्तुत पनि गरिने छ भने विशेषज्ञहरुका बीचमा अन्तरक्रिया कार्यक्रम पनि गरिने छ ।


नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यपार तथा निकासी प्रबद्र्धन केन्द्र मेलाको सहआयोजक रहेका छन्। नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीलाई आकर्षित गर्न अर्गानिक एग्रोको आवश्यकता भएको आयोजकको दाबी छ ।

मेलाको आयोजकहरुमा अर्गानिक कञ्चनजङ्घा टी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यपार तथा निकासी प्रबद्र्धन केन्द्र समेत रहेका मेला व्यवस्थापन समिति संयोजक शान्ता बाँस्कोटा कोइरालाले बताइन् ।

मेलामा अर्गानिक तथा प्राकृतिक उत्पादनका चिया, कफी, अचार, जुस, तरकारी, प्राङ्गारिक मल, च्याउ, डेरी, फलफुल, मसला, चामल, गहु, मकै, दाल, फापर, बीउ, तेल, राडीपाखी लगाएत करिब ५० बढी स्टलहरु रहने छन् ।

 


 
०००
 



प्रकाशित: २०७६ माघ १२
January 26th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार