नेपाली समय: ०२:५८:१७ बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

ToDay's Nepal Stock Exchange ...

आजको नेपाल स्टक एक्स्चेन्ज जान्न यहाँ क्लिक गरेर हेर्न सक्नु हुने छ

 

OOO

 

S.N Traded Companies No. Of Transaction Max Price Min Price Closing Price Traded Shares Amount Previous Closing Difference Rs.
1 Agriculture Development Bank Limited 165 434.00 423.00 425.00 50429.00 21534332.00 431.00 -6.00
                   
                   
                   
                   
                   
                   

 

 

आर्थिक सर्वेक्षण र सेयर बजारः सूचीकृत सेयरको चुक्ता पुँजी बढ्यो १६% ले 
 

नेप्सेमा २२ अर्ब ४० करोडको सेयर

सोमबार,  १४ ज्येष्ठ, निर्माण सञ्चार, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत सेयरहरुको चुक्ता मूल्य एक वर्षमा १६.२६ प्रतिशतले बढेको छ । 
आर्थिक सर्वेक्षण २०७५–७६ अनुसार २०७४ को फागुनको तुलनामा २०७५ फागुनमा सूचीकृत सेयरहरुको चुक्ता मूल्य बढेर ३ खर्ब ९१ अर्ब ६३ करोड रुपियाँ पुगेको हो ।

अघिल्लो आव २०७४–७५ को फागुनसम्म नेप्सेमा सूचीकृत कम्पनीहरुको चुक्ता मूल्य तीन खर्ब ३६ अर्ब ८५ करोड रहेको थियो । त्यस्तै, सो अवधिसम्म कूल १९३ कम्पनी सूचीकृत रहेको थिए । उक्त संख्या चालु आवको फागुनसम्म बढेर २०५ पुगेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले सोमबार जारी गरेका आर्थिक सर्वेक्षण २०७५–७६ अनुसार सेयर बजारमा प्राथमिक सेयर (आइपिओ, हकप्रद र ऋणपत्र) बाटै २२ अर्ब ४० करोड रुपियाँ बराबरको पुँजी परिचालन भएको छ ।

जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.७९ प्रतिशत घटी हो । कूल पुँजी मध्ये सबैभन्दा बढी ऋणपत्र मार्फत १४ अर्ब ५८ करोडको पुँजी परिचालन भएको छ ।  आइपिओ बाट ४ अर्ब ६८ करोड र हकप्रद सेयर बाट ३ अर्ब १४ करोड रुपियाँ परिचालन भएको उल्लेख छ ।

गत फागुनसम्म नेप्से सूचाङ्क प्रवृति हेर्दा–

यो एक वर्षको अवधिमा नेप्से परिसूचकमा १३१ अंकले झरेको छ । २०७४ फागुनमसान्तमा १२८६ बिन्दुमा रहेको नेप्से २०७५ को सोही अवधिमा घटेर ११५५ बिन्दुमा झरेको हो ।

पुँजीकरण घटेर ४०.८ %

कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा गत फागुनमा सेयरको बजार पुँजीकरण घटेर ४०.८ प्रतिशतमा झरेको रहेको छ । 
२०७५ असारमा १४ खर्ब ३५ अर्ब १४ करोड रुपियाँ बजार पुँजीकरण रहेको सोही वर्षको फागुनसम्म घटेर १४ अर्ब ११ अर्ब ८९ करोड मा झरेको हो।

कारोबार घट्यो २९ अर्बले 

यो एक वर्षको अवधिमा सेयर कारोबार रकम २९ अर्ब रुपियाँले घटेको छ । २०७४ फागुनसम्म ८५ अर्ब ९ करोड रुपियाँ बराबरको कारोबार भएको बजारमा २०७५ फागुनसम्म जम्मा ५६ अर्ब ९ करोडको सेयर किनबेच भएको छ । जुन प्रतिशतका आधारमा ३४.०८ प्रतिशत घटी हो ।

OOO

सेयर बजारमा हरियालीः ७२ करोड कमाउने कुन कुन हुन् १३ फन्ड ?

शनिबार, १८ जेठ, निर्माण सञ्चरा, काठमाडौं । अघिल्लो वर्ष ठिक यसैबेला, बजेट भाषण पछि सेयर मार्केट सुलुत्तै तल झरेको थियो । अर्थमन्त्री डा युवराज खतिवडा अर्थमन्त्री बन्दै गर्दा जुन उचाइ लिएका थिए, सेयर मार्केट दिनहु झर्न थालेपछि चर्चाको उचाइ सेयर मार्केट जसरी नै दिनानुदिन झरिरहेको थियो ।

एक फन्को मारेर दोस्रो आर्थिक वर्षका लागि उनले बजेट भाषण गरेका के थिए, सेयर मार्केटमा हरियाली छाएको छ । 
तामाकोशीका लागि बजेट छुटिएसँगै सेयर मार्केट क्षणभरमै उकालो लाग्यो । योसँगै अर्थमन्त्री डा खतिवडाको चर्चाको चुलि पनि उकालो लाग्न थालेको छ । 
कसले कति कमाए 

लुँडो खेलकै रुपमा उकालो र ओरालो लाग्न बेर नलाग्ने सेयर बजारलाई कतिपय हकमा जुवा खालको अर्काे रुपमा पनि परिभाषित गरिन्छ ।
तर, आधुनिक युगमा सेयर मार्केट अर्थबजारको सूचक पनि हो । 

गत वैशाख महिनामा शेयर बजार १२६.७२ अंकले सुधार हुँदा १३ वटा म्युचुअल फन्डले ७२ करोड रुपियाँ नाफा झिक्न सफल भएका छन्। चैत महिनामा १३ वटा फन्डले ५३ लाख ५४ हजार रुपियाँ नाफा गरेका थिए । तर, वैशाखमा आइपुग्दा ७३ करोड एक लाख रुपियाँ नाफा गर्न सफल भएका हुन् ।

बजेट भाषण लगत्तै सुधार भएको दोस्रो बजारको सुधारले म्युचुअल फन्डमा धेरैजसोले आउने आर्थिक वर्षमा लाभांश बाँड्न सक्ने हैसियत देखाएका हुन् । तर, यिनै फन्डहरु भने विगत डेढ वर्षदेखि नै ओरालो लागिरहेका थिए । तर, पछिल्लो माघदेखि मात्र यिनीहरुका उज्याला दिन सुरु भएका थिए । 

यसमध्ये ३ वटा फन्डहरु भने उक्लन सकेका छैनन् । त्यसमध्ये १० वटा फन्डहरुले भने चालु आर्थिक वर्षको नाफाबाट लाभांश बाड्न सक्ने भएका हुन्।

कुन कुन हुन् त ?

१० फन्ड मध्ये ग्लोबल आइएमई सम्मुन्नत, लक्ष्म इक्वीटी फण्ड र लक्ष्मी भ्यालु फण्डले गत महिनाको भन्दा नोक्सान घटाएका हुन्। 
तीन वटा फन्डहरु अझै २८ करोड रुपियाँले नोक्सानमै देखिएका छन्। 

शिवम् सिमेन्टले बचायो 

आफूलाई बचाउने मध्येको एक बनेको छ शिवम सिमेन्ट । यसको आइपिओ खरिद गरेका केहि म्युचुअल फन्डले बजार बढ्न थालेसँगै बेचेको छ ।

Click here to get more information