नेपाली समय: ०८:०९:१७ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

हिमालय ऊर्जाले गर्याे ७० हजार सर्वसाधारणलाई सेयर बाँडफाँड, उपल्लो खिम्ती र अपर खिम्ती–२ बाट आउने असारभित्रै बिजुली

निर्माण सञ्चार, काठमाडौं । जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको प्रवेशसँगै पछिल्ला दिनमा विद्युत् उत्पादन थपिने क्रम जारी छ । यो शृंखलामा थपिदै छ हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड ।

आउने असारभित्रै उत्पादन दिने तयारी गरिरहेको उक्त कम्पनीले राजधानी काठमाडौंमा मंगलबार विशेष समारोह आयोजना गरी सर्वसाधारणका लागि सेयर बाँडफाँड गरेको छ ।

सर्वसाधारणका लागि छुट्याएको ४८ लाख ९३ हजार ५० कित्ता सेयर ६९ हजार ६ सय ७० सर्वसाधारणलाई बाँडफाँड गरेको घोषणा गरेको हो ।

कम्पनी सञ्चालक प्रकाश दुलाले दिएको जानकारी अनुसार ४८ लाख ९५ हजार ८ सय ५० कित्ताका लागि आवेदन परेको थियो, जसमा ३८ को आवेदन रद्द भएका छन् ।

कम्पनीले रामेछाप र दोलखाको सीमानामा निर्माणधीन १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती–२ जलविद्युत आयोजनाको कुल आवेदकहरुलाई गोलाप्रथाबाट छनोट गरेको कम्पनीले ६६ हजार ९ सय ५ भाग्यशालीलाई २० कित्ता सेयर र बाँकी २ हजार ७ सय २० सर्वसाधारणलाई १० कित्ता सेयर वितरण गरेको जनाएको हो । उक्त विद्युत् उत्पादक कम्पनीले गत चैत २० बाट १३ लाख ६६ हजार २ सय कित्ता सर्वसाधारणका लागि सेयर निष्कासन गरेको थियो ।

कम्पनीले गत चैत २५ गते बन्द गरेको थियो ।

कम्पनीका अनुसार सर्वसाधारणका लागि न्युनतम ५० कित्तादेखि अधिकतम ६ हजार ५ सय कित्तासम्म अवेदन दिन पाउने व्यवस्था थियो ।

निर्माणाधीन दुई विद्युत् आयोजनाको काम आजका दिनसम्म ८५ प्रतिशत निर्माण पूरा भएको दुलााले जानकारी दिए ।

उक्त दुवै विद्युत् गृहले आउने असार मसान्तभित्रे विद्युत उत्पादन गर्ने कम्पनीको दाबी छ । यतिबेला उक्त कम्पनीको लगानीमा दुवै आयोजना सँगसँगै निर्माण भइरहेका छन् ।

आयोजना सम्पन्न गर्न ३ अर्ब १५ करोड लागत अनुमान गरिएको छ ।

आयोजनाको प्रतिमेगावाट लागत करिब १६ करोड ५६ लाख रुपियाँ रहेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको गर्जाङ सबस्टेसनमा जोडिने बताइएको छ ।

 

 

 

...

३ चैत, ०७५

 



प्रकाशित: २०७६ बैशाख ३
April 16th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार