नेपाली समय: ०१:४३:३१ बिहान
वि.सं २०७६ जेठ १३   सोमवार

जुम्लाको पातारासी बिउरेनीमा जलविद्युत निर्माण कार्य तीब्र गतीमा

निर्माण सञ्चार, काठमाडौं । जुम्लाको खलङ्गा देखि पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिका – ४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत निर्माण भइरहेको छ ।

बैशाख अन्तिम साता भित्र विजुलीले गाउँ झिलीमिली गर्ने लक्ष्यका साथ निर्माणाधिन विद्युतको काम तिव्र रुपमा अघि बढिरहेको छ । उक्त्त योजना ०७१/०७२ बाट निर्माण कार्य सुरु भयको थियो ।

पातारासी गाउँपालिका – ४ लाम्री गाउँकी स्थानीय रामतुला बुढाले भनिन् घरमा विजुली बालौला भन्दा अहिले तिन बर्ष पुग्यो, अझै बैशाखमा बल्ने भन्ने छ, यो भन्दा पहिला दियो टुकीेबाट दिन गुजारेउ, अब बाल बच्चालाई पढ्न लेख्न सहज होला, उज्यालो होला भनेर हामी सबै स्थानीय लागी परेका छौँ उनले भनिन् ।

यसअगाडी नै पुरा भइसक्नुपर्ने योजना रकम अभाबले निर्माण कार्य लम्बीएको थियो । साना तथा लद्यु जलविद्युत विउरेनी उपभोक्ता समितिको अध्यक्ष कृष्णबहादुर बुढाले भने, आयोजनाले अब बैशाख अन्तिम साता भित्र काम पुरा हुने उनको दाबी छ ।

एक नहर(कुलो)बाट विद्युत उत्पादन पनि हुने त्यसैबाट सिचाईको काम पनि हुने गरी आयोजनाको निर्माण गरिएको हो ।

तीन करोड लागतको प्राविधिक स्टिमेटमा निर्माण कार्य थालनी गरिएको बहुउद्देश्यीय आयोजना दुई बर्षमा निर्माण कार्यसम्पन्न भइसक्नुपर्ने थियो । बजेट अभाबका कारण अहिलेसम्म लम्बिएको उनले बताए ।

उपभोक्ता समितिले बजेट अभावका कारण तत्कालिन डिल्लीचौर गाउँ विकास समितिको कर्णाली रोजगार कार्यक्रम अन्र्तगतको २० लाख बजेटबाट विद्युत र सिचाई हुने गरी काम सुरु गरिएको छ ।

सांसद विकास कोषबाट ३० लाख, गैरसरकारी संस्था सुर्य सामाजिक सेवा संघ(फोरएस) जुम्लाबाट २० लाख, पातारासी गाउँपालिकाबाट ७५ लाख बजेट गरी जम्मा, एक करोड ४० लाख बजेट जुटाएर काम भएको उपभोक्ता समितिका अध्यक्ष बुढाले जानकारी दिए ।

यो विद्युत आयोजनाबाट पातारासी क्षेत्रका तिर्खु लाम्री, डिल्लीचौर जम्न गरी चार गाउँको करिव पाँच सय घरधुरी लाभान्वित हुुने भएका छन् ।

बजेट अभावले ट्रान्समिटर र अन्य केही विद्युत सामाग्री खरिद गर्न बाँकी नै छ । अझै गाउँपालिकाको सहयोगको अपेक्षा निर्माण समितिले गरेको छ ।

बजेट अपुग भएको खण्डमा थप्ने आश्वासन गाउँपालिकाले दिए अनुसार बाँकी सामाग्री खरिदका लागि सहयोग माग्ने निर्माण समितिको तयारी छ ।

विद्युत संगै सिचाई पनि हुने 

विद्युत र सिचाईका लागि निर्माण गरिएको नहरबाट पाँच हजार रोपनी सिचाई हुने भएको छ । विद्युत संगै सिचाई गर्न मिल्ने प्राविधिक स्टमेट अनुसार निर्माण गरिएको नहरले पातारासीको पाँच हजार रोपनी जनिमा सिचाई गर्न सहज हुने भएको छ ।

यहाँको सिचाई हुने भएपछि स्थानीयले तरकारी खेती गर्ने लक्ष्य बनाएको विरबहादुर बोहोराले बताए । विगतमा पानीको अभावले बाझै रहेका खेतबारीमा पनि अब सिचाई सुुविधा पुुग्ने छ ।

उनले भने, विषादी रहित अर्गानिक तरकारी खेती गरी, स्थानीय तथा बाहिरी बजारमा लिन्छौ, र सिचाईको पहुँचमा पुगेपछि कृषि क्षेत्रमा पातारासीका किसानलाई निकै राहात हुने किसान तारा बहादुर बोहोराले बताए ।

विद्युत संगै जमिनमा सिचाई गर्न मिल्ने गरी बनाइएको यो नहर जुम्लामै पहिलो भएको उल्लेख गरे । विगतमा केहीले काली मार्सी धान पनि रोप्ने गरेका थिए ।

तर धानमा बढी रोग लाग्ने र परिश्रम अनुसारको उत्पादन नहुने भएकाले तरकारी खेतीमा किसानको मोह बढेको हो । तर सिचाई अभावले जमिन बाझै रहेका थिए ।

पातारासी गाउँपालिकाको उर्थुचौतारामा पक्की पुल निर्माण भएपछि यहाँको तरकारी सहजै रुपमा कर्णाली राजमार्ग हुदै सुर्खेत नेपालगज्ज लगायत राष्ट्रिय बजारमा पुयाउन सकिने छ ।

उत्पादन लाई बढवा दिएर सिचाई, विऊ समयमै पुराउने गरेको खण्डमा तरकारीबाटै जुम्लाले मनग्य आम्दानी गर्न सक्ने कृषि विज्ञ बालकराम देवकोटाले बताए ।

पातारासी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर थापाका अनुसार, पहिलो प्रथामिकता घरघरमा विजुली पराउने हो । भने, साथमा सबै सर्बसाधारणको खेतबारीमा सिचाई पुराउने हो ।

सिचाईको पहुँच पछि उत्पादनको मात्रा लाई मध्यनजर गरी संकलन केन्द्र स्थापना गरिने समेत उनको भनाई छ ।

सागर परियारको रिपोट

...

बुधबार, ०४ बैशाख, ०७६



प्रकाशित: २०७६ बैशाख ४
April 17th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार