नेपाली समय: ०५:०६:३२ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

त्रिभुवन विश्वविद्यालयले घटायो परीक्षा शुल्क !

निर्माण सञ्चार, काठमाडौँ | त्रिभुवन विश्विद्यालयले देशव्यापी रुपमा वृद्धि गरेको परीक्षा शुल्क घटाएको छ । यसअघि स्नातकोत्तर पहिलो सेमेस्टरबाट लागू हुने गरी त्रिविले २ हजार ५०० रुपियाँ शुल्क कायम गरेको थियो ।

शुल्क बढाएको भन्दै विद्यार्थी संगठनले दबाव गरेपछि त्रिविले एक हजार शुल्क घटाएको हो ।

शुक्रबार भएको आन्दोलनरत विद्यार्थी संगठनका पदाधिकारी र त्रिवि पदाधिकारीबीच वार्तामा शुल्क घटाउने सहमति भएको थियो ।

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ भन्छन्, ‘वृद्धि भएको शुल्क घटाउन हामी सफल भएका छौं,’ ‘अब त्रिविले १ हजार पाँच सय रुपियाँ परीक्षा शुल्क लिने सहमति भइसकेको छ ।’

त्यसअघि बढाइएको शुल्क खारेजको माग गर्दै विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयमा डेलिगेसन गएका थिए । सोही दिनको भोलिपल्टै विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनका नेताहरुबीच वार्ता भएको हो ।

उक्त वार्तामा शुल्क घटाउने सहमति भएसँगै केही विद्यार्थीहरुलाई राहत मिल्ने भएको छ ।

...

आइतबार, १७ असार, २०७५  



प्रकाशित: २०७५ आषाढ १७
July 1st 2018

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार