नेपाली समय: ०८:०९:२३ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

सन्राइज बैंकबाट अब बिमा पनिः लाइफ इन्स्योरेन्स कर्पोरेसन बीच ‘बैंकास्योरेन्स’ सम्झौता सम्पन्न

निर्माण सञ्चार, काठमाडौं । बैंक र वित्तीय निगमका रुपमा सञ्चालित बिमाहरुका बीचमा हुने इन्स्योरेन्स (बिमा) कारोबार नै ‘बैंकास्योरेन्स’ हो ।

सनराइज बैंक लिमिटेडले नेसनला लाइफ इन्स्योरेन्सबीच भएको सहमतिले अब उक्त बिमा कम्पनीको जीवन बिमा सम्बन्धी कार्यक्रम आफ्दा देशैभरका शाखाहरुबाट पनि सेवा दिन सक्ने भएको छ ।

भरखरै मात्र सन्राइज बैंक लिमिटेड र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको बैंकले जनाएको हो ।

उक्त सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका उसका एक सय चारवटै शाखाहरुबाट नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्ने छ ।

https://twitter.com/nirmansanchar/status/1118875154715746305 सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री भरत बस्नेत बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्य सहित यस बैकले १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लिमिटेड रहेको उक्त बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

...

बिहीबार, ५ वैशाख, ०७६

 



प्रकाशित: २०७६ बैशाख ५
April 18th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार