नेपाली समय: ०१:०३:०९ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

प्रिमियम मूल्यमा शिवम् सिमेन्टले जारी गर्दै ५२ लाख ८० हजार कित्ता आइपिओ !

निर्माण सञ्चार, काठमाडौँ | शिवम् सिमेन्ट लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपिओ) जारी गर्ने प्रस्ताव गरेको छ ।

प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आइपिओ जारी गर्ने प्रस्ताव कम्पनीले आगामी माघ २१ हुने विशेष साधारणसभामा लाने भएको छ ।

माघ ३ गते बसेको उक्त कम्पनीको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । गत पुस २५ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

आईपीओ निष्कासन गर्ने शिवम् नेपालको पहिलो सिमेन्ट उद्योग हुनेछ ।

हालको जारीपुँजी ४ अर्ब ३० करोड रुपियाँमा वृद्धि गरी ४० अर्ब ४० करोड रुपियाँ कायम गर्ने र उक्त पूँजीको १२ प्रतिशत हुन आउने ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानियबासिन्दाका लागि समेत निष्कासन गर्ने कम्पनीले बताएको छ ।

गतवर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले पनि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो ।

चीनको होङ्सी सिमेन्ट ग्रुप साझेदारी रहेको शिवम सिमेन्टको उद्योग मकवानपुरको हेटौडामा रहेको छ ।

...

आइतबार, ६ माघ ०७४ 



प्रकाशित: २०७४ माघ ७
January 21st 2018

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार