नेपाली समय: ०१:३७:४६ बिहान
वि.सं २०७६ जेठ १३   सोमवार

हावा हुरी पीडितलाई सनराईज बैंकद्वारा सहयोग

निर्माण सञ्चार, काठमाण्डौं । बारा–पर्सामा गएको हावा हुरीले गरेको क्षेतिले प्रभावित स्थानीयलाई सनराईज बैंकले धरायसी प्रयोजनका सामान प्रदान गरेको छ ।

विनाकारी हुरीका कारण बाराका हरदिया र पर्शुराम गाँउका २ सय धर परीवारलाई दैनिक प्रयोजनका भाँडाकुडा, टर्चलाइट, साबुन, तेल, टूथ पेष्ट, ब्रस लगायतका सामानहरु सहयोग स्वरुप प्रदान गरेको हो ।

बैंकले १७ चैत्रमा आएको विनाशकारी हुरीका कारण बारामा प्रभावितहरुको पीडामा अलिकती भयपनी मलम पट्ठीको काम गरोस र पीडितको आत्मबल बढोस भन्ने उद्देश्यका साथ सहयोग प्रदान गरेको छ ।

हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति पुर्याएको थियो ।

...

मंगलबार, २६ चैत, ०७५



प्रकाशित: २०७५ चैत्र २६
April 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार