नेपाली समय: ०५:१२:२८ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

नवलपुर–तनहुँ जोड्ने पुल निर्माण सुरु

निर्माण सञ्चार, नवलपुर । बौदीकाली गाउँपालिका–३ रकुवाको साँघुरीघाटदेखि तनहुँको घिरिंग सुनधारा गाउँपालिका–१ जगौली जोड्ने गरी कालीगण्डकी नदीमा पक्की पुल निर्माण सुरु भएको छ ।

निलगिरि गौरी पार्वती नेसनल जेभी काठमाडौंले चार वर्षमा सम्पन्न गर्ने गरी पुलन निर्माण थालेको हो । पुलको लम्बाइ दुई सय १० मिटर र चौडाइ ११ मिटरको हुनेछ ।

पुल निर्माणका लागि केन्द्रीय सडक विभाग कार्यालयअन्तर्गत पुल विभागले २५ करोड ९३ लाख ५४ हजार नौ सय रुपिँया छुट्टाएको पुल निर्माण समितिका अध्यक्ष कुलमणि ढुंगानाले बताए ।

पुल बनेपछि नवलपुरको पहाडी क्षेत्र, तनहुको घिरिङ र पाल्पाको निस्दी गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।

...

बुधवार, ०४ वैशाख, ०७६



प्रकाशित: २०७६ बैशाख ४
April 17th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार