नेपाली समय: ०१:३५:१९ बिहान
वि.सं २०७६ जेठ १३   सोमवार

विकास विरोधी जनताः ७ वर्ष नबनेको भत्केपाटी–नगरकोट सडक ‘रोक्न’ फेरि आन्दोलन !

निर्माण सञ्चार, काठमाडौं । आजभन्दा ७ वर्ष अघि भत्केकोपाटी–नगरकोट सडक खण्ड निर्माण ठेक्का लिएका थिए शैलुङ्ग कन्स्ट्रकसनका मालिक समेत रहेका कन्ट्र्याक्टर शारदाप्रसाद अधिकारीले ।

तर किन बनेनत ७ वर्षसम्म उक्त सडकखण्ड ? त्यसमा पनि नगरकोट जतिको पर्यटकीय गतव्य ।

जहाँ दैनिक सयौँ पर्यटन आउने गर्छन्, लाखौँको कारोबार गर्दछन्, हजारौँ मानिशको गतव्यको केन्द्रविन्दु नगरकोट सडकखण्ड अलपत्र, खाल्डैखाल्डा र घाम लाग्दा धुलो हुने र पानी पर्दा हिलो हुने हुँदा स्थानीयबासी लगायत पर्यटन, व्यवसाय समस्यामा परेका छन ।

भने, स्थानियले आन्दोलन घोषणा गरेका छन् । दुई वर्षमा बनाइसक्ने जिम्मा लिइसकेपछि किन सात वर्षसम्म पनि सडक अलपत्र अवस्थामा छ, अब के सडक निर्माण नहुने हो ?

सडक निर्माण नहुनुमा शैलुङ्ग कन्स्ट्रकसनको मात्र दोष नभएको, साइट नै किलियर नभयपछि, बाटोमा रहेका बिजुलीका पोल समयमा नहटाइदिदा, स्थानियले जग्गा मुआब्जाको विषयमा बिवादका कारण काम गर्ने वातावरण नभएकोे स्रोतले बताए ।

जग्गा मुआब्जाको बिवाद मिल्यो भने र अन्य साइड किलियर भयो भने काम सम्पन्न गर्ने स्रोतले बताए ।

एकातिर स्थानियवासीको गठित संघर्ष समितिले सडकका बीचमा छोडिएका बिजुलीका पोलहरु हटाउनुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नाली तथा जोखिमयुक्त स्थानका सडक आसपासमा रिटेनिङ वाल लगाउनुपर्ने, निर्माण कार्य गुणस्तरीय हुनुपर्ने लगायतका मागसमेत राखेको छ

भने शैलुङ्ग कन्स्ट्रकसनका स्रोतका अनुसार स्थानियले जग्गा मुआब्जा बिवाद समाधान भए काम तिव्रताका साथ् अगाडी बढाउने जानकारी दिए ।

तत्काल निर्माण कार्य अगाडि नबढाए धर्ना, जुलुस र नाकाबन्दी गर्नेसम्मको आन्दोलन गर्न बाध्य हुने संघर्ष समितिका संयोजक राजकुमार लामिछानेले बताए ।

 

 

 

..

मंगलवार, ०३ बैशाख, ०७६



प्रकाशित: २०७६ बैशाख ३
April 16th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार