नेपाली समय: ०८:१४:१५ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

मुग्लिन आर्क ब्रिजको ५ प्रतिशत काम बाँकी, जेठबाट सञ्चालनमा आउने

निर्माण सञ्चार काठमाडौं । मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने निर्माणाधीन मोटरेवल पुल ‘आर्क ब्रिज’ पुलको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

जेठबाट पुल सञ्चालनमा ल्याउने निर्माण कम्पनीले जनाएपनि बाँकी ५ प्रतिशत काम भइरहेको र काम तीव्र रुपमा भयमात्र समयअवधिभित्र पुल सञ्चालनमा आउने सम्भावना रहेको छ ।

मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि ०७१ बाट यसको निर्माण थालिएको थियो । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका अनुसार रेलिङ, फुटपाथ र वायरिङ लगायतका काम बाकिँ रहेको बताए ।

शर्माले भने, बाँकी काम तीव्र रुपमा सम्पन्न गरी वैशाखभित्रमा पुल निर्माण गरी जिम्मा लगाउनेछौँ ।

’ नयाँ प्रकृतिको काम, नदीमा पानीको बहाव ठूलो हुनु र नारायणगढ–मुग्लिन सडक स्तरोन्नतिको समयमा सडक अवरुद्ध भई सामान ढुवानीमा समस्या हुँदा निर्धारित समयमा पुल निर्माण सम्पन्न हुननसकेको शर्माको भनाइ छ ।

नेपाली इञ्जिनीयरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो जो चीनबाट पढेर आएका नेपाली इञ्जिनीयरको डिजाइनमा बनेको हो । पहिलो चोभारमा परीक्षणका रूपमा निर्माण गरिएको छ ।

यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइनभन्दा फरक भएको निमार्णकर्ताको दावी छ । मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवगमन सहज हुने अपेक्षा गरिएको छ ।

विश्व बैंकको १२ करोड रुपिँया लागतमा यो पुल निर्माण गर्न लागिएको हो । एक सय ६० मिटर लामो पुल ११ मिटर चौडाइको हुनेछ ।

...

मंगलवार, ०३ बैशाख, ०७६



प्रकाशित: २०७६ बैशाख ३
April 16th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार