नेपाली समय: ०१:४१:४६ बिहान
वि.सं २०७६ जेठ १३   सोमवार

गौतमबुद्ध विमानस्थलको धमाधम काम हुँदै !

निर्माण संचार, भैरहवा | राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामले तिव्रता पाएको छ । हाल उक्त विमानस्थलको ५८ प्रतिशत बढी काम पूरा भइसकेको छ ।

आयोजनाका अनुसार विमानस्थलको धावनमार्गको काम पनि तिव्र गतिमा भइरहेको छ । अब चार तहपछि धावनमार्ग तयार हुने आयोजनाको दाबी छ ।

एउटा तह पूरा गर्नका लागि १५ देखि १८ दिन लाग्ने आयोजनाको भनाइ छ ।

कति मिटर धावनमार्ग ?

अहिले धावनमार्गको पहिलो तहको ५० प्रतिशत (१५ सय मिटर) काम सम्पन्न भइसकेको छ । सो धावनमार्ग ३ हजार मिटरको रहेको छ ।

विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले मौसमका कारण केही समस्या नआए दुई महिना बढीमै धावनमार्ग पूरा हुने बताए ।

पहिलो तहको काम पूरा गर्न लाग्ने भन्दा आधा समयमै धावनमार्ग तयार हुने प्रमुख अधिकारीहरुले जानकारी दिए ।

ठेकेदारले अहिले असाफल्ट मेसिन पनि थप गरेकाले काम चाडै सकिने विश्वास लिइएको छ ।

यसअघि एउटा मेसिनबाट काम हुँदै आएको थियो । तर उक्त मेसिनले भने धावनमार्ग चाँडै सम्पन्न हुने बताइएको छ । ‘विमानस्थलको मुख्य संरचनामा बढी ध्यान दिएका छौँ,’ प्रमुख अधिकारीले भने , ‘विमानस्थलको सम्पूर्ण काम समानन्तर रुपमा अघि बढेको छ ।’

कहिले पूरा हुन्छ धावनमार्ग ?

धवनमार्ग निर्माणमा कुनै बाधा नआएमा आगामि जेठ महिनासम्म विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानले उडान भर्ने बताउँछन्, प्रमुख अधिकारी ।

सो विमानस्थलको निर्माण सम्पन्न गर्नका लागि २०१९ जुन २८ तारिखसम्मको समय तोकिएको छ ।

अबको ७ महिनासम्म विमानस्थलको निर्माण कार्य सम्पन्न गर्ने समय रहेता पनि पाँच महिनाभित्र मुख्य संरचना बनाएर कुनै बाधा अवरोध नआए आंशिक रुपमा विमानस्थल संचालनमा ल्याउने आयोजनाले लक्ष्य लिएको छ ।

आयोजनाका अनुसार म्याद अवधीभित्र ९५ प्रतिशत बढी काम सम्पन्न हुनेछ ।

आयोजना प्रमुख अधिकारीले आंशिक रुपमा विमानस्थल संचालनमा ल्याउँदा सानातिना काम मात्र बाँकी रहने र ती काम पनि केही महिनाभित्रै सम्पन्न हुने जानकारी दिए ।

के–के भयो काम ?

अहिले विमानस्थलको एपरोन (विमान पार्कस्थल)को काम पूर्ण रुपमा पूरा भएको छ । उक्त विमानस्थलको टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, फायर फाइटिङ,ट्याक्सी वे लगायतको काम पनि भइरहेको छ । टर्मिनल भवनको संरचना निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।

प्रमुख अधिकारीका अनुसार एक महिना पश्चात भवनमा छाना हाल्ने काम सुरु हुने र उक्त काम चार महिनामा सम्पन्न हुने अधिकारीले बताए।

यसैगरी, प्रशासकीय भवनको फिनिसिङको काम भइरहेको छ भने कन्ट्रोल टावरको सातौँ तल्लाको काम भइरहेको छ।

भित्रबाट फिनिसिङको कामसमेत भइरहेको आयोजना प्रमुख अधिकारीले बताए ।

....

शुक्रबार, २९ मसिंर २०७५



प्रकाशित: २०७५ मंसिर २८
December 14th 2018

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार