
नदी शिखर सम्मलेन सम्पन्न, जलाधार क्षेत्र संरक्षणमा विज्ञहरुको चासो
निर्माण सञ्चार, काठमाण्डौं । कर्णाली प्रदेशको दैलेख जिल्लामा पर्ने मुलुककै लामो कर्णाली नदीमा सम्पन्न तेस्रो नदी शिखर सम्मेलनले यहाँका जलाधार क्षेत्रको सरंक्षण, प्रर्वद्धन तथा विकासका लागि विज्ञहरुले चासो व्यक्त गरेका छन् ।
सम्मेलनमा सहभागी स्वदेश तथा विदेशका गरी झण्डै २ सय ५० पानी विद तथा पानी विशेषज्ञहरुले कर्णालीका जलाधार क्षेत्रका सम्भावना तथा अबसरका सबालमा विशेष चासो देखाएका छन् ।
चैत १५ गते बाट संचालन भएको तेस्रो नदि शिखर सम्मेलनले कर्णाली क्षेत्रका जलाधार क्षेत्र संरक्षणको सबालमा यसलाई गम्भीरपुर्वक लिएको छ ।
३ दिन सम्म चलेको सम्मेलनमा अमेरिका, बेलायत, भारत, बङगलादेश,अफ्रिका, साउद अफ्रिका लगायत विभिन्न मुलुकका नदी विज्ञहरु सहभागि थिए ।
नदी संरक्षणका क्षेत्रमा विगत देखि काम गरेका नेपाली विज्ञ तथा अनुसनधानकर्ता गरी झण्डै २ सय ५० जना सहभागी रहेका थिए ।
भने, सम्मेलनले १५ देखि २० बुँदे कर्णाली घोषणा पत्र जारी गर्दै सम्मेलन सकिएको नदी संरक्षण संस्थाका कार्यकारी निर्देशक मौसम खनालले बताए ।
उनका अनुसार सम्मेलनमा छलफलका विषय धेरै भएपछि, घोषणपत्रका बुदा ड्राफ्ट मात्र गरिएको छ ।
प्रदेशमा गएर विज्ञहरु सँग थप छलफल गरेर बँदाहरु थपघट गर्न सकिने जानकारी दिए ।
सम्मेलनमा कर्णालीका जलाधार क्षेत्रको सम्भावना अबसर तथा चुनौतीका विषयमा व्यापक छलफल भएको छ ।
पछिल्लो समयमा कर्णाली नदीका विभिन्न क्षेत्रमा भईरहेको नदी दोहनका कारण निम्तिएको समस्या न्युनिकरण गर्नका लागि सम्मेलनले प्रदेश तथा स्थानीय सरकारको विशेष ध्यानकर्षण गराएको छ ।
के के उल्लेख छन् घोषणा पत्रमा
नदी शिखर सम्मेलनले कर्णालीका, जलाधार क्षेत्र, तिला कर्णाली, भेरी कर्णाली, बेतान कर्णाली, सानी भेरी, ठुली भेरी लगायत अन्य नदीनालाको संरक्षणका लागि महत्वपुर्ण घोषणा पत्र जारी गरेको छ ।
जुन कर्णाली प्रदेश सरकार समक्ष विज्ञहरुका माझ पुुन छलफल गरी एकिन गरिने छ ।
कर्णाली नदी लगायत अन्य जलाधार क्षेत्रलाई, विश्वसम्पदा सुचिमा राख्न पहल,कर्णाली नदीलाई पर्यापटनका रुपमा विकास गरिने, नदी दोहोन गर्ने विरुद्ध कडा कार्बाहि, जलचरहरुको सरंक्षणमा विशेष सजहकता, वाताबरण प्रभाव मुल्याकन अनिवार्य गर्ने, नदी र विकास निर्माणको पक्षलाई विशेष ख्याल गर्ने, कर्णाली नदीमा माछाको संख्या बृद्धि लगायत विभिन्न विषयमा शिखर सम्मेलनले घोषणा पत्र जारी गरेको छ ।
भने, कर्णालीका जलाधार क्षेत्रलाइ विभिन्न प्रदुषणबाट बचाउन, नदीको दोहन रोक्न तथा जलियप्रणालीको सुरक्षाका लागि सचेतना फैलाउनमा यस शिखर सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने भएको छ ।
भने, सम्मेलनमा नदी संरक्षण कसरी गर्ने, नदी र योजनाबद्ध विकासको आबश्यकता, स्थानीय अनुभव आदानप्रदान, कर्णाली नदीको शिर देखि समुद्र सम्म गरिएको अनुसन्धनाको रिर्पोट प्रस्तुत, पर्यापटन, नदीको दिर्घकालिन विकास, नदी सरंक्षणका नीति नियमबारे जानकारी, लगायतका विषयमा सम्मेलनमा बहस तथा छलफल भएको थियो ।
नदी संरक्षणमा प्रदेश सरकार गम्भीर
नदी विदहरुले कर्णालीका जलाधार क्षेत्रमा देखाएको चासोले कर्णालीबासी खुसि हुने छन् । कर्णालीका पर्यटन मन्त्री नन्दसिंह बुढाले भने, विभिन्न क्षेत्रबाट कर्णालीका जलाधार क्षेत्र प्रति देखाएको चासोले गर्दा प्रदेश सरकार लाई नदी सरंक्षणका लागि जिम्मेवारी थपिएको छ ।
यो सम्मेलनले कर्णाली नदीमा हुन थालेको दोहन, रोक्दै नदी सुरक्षाका लागि महत्वपुर्ण भुमिका खेल्ने विश्वास छ ।
जलाधार क्षेत्रको व्यवस्थापनका लागि कर्णाली घोषणापत्रमा उल्लेखित विषयलाई स्थानीय तथा प्रदेश सरकारले कार्यान्वयन गर्नु पर्नेमा कर्णाली प्रदेश सभामुख राज बहादुर शाहिले जोड दिए ।
स्वेदशी तथा विदेशी जलविज्ञ, वैज्ञानिक तथा स्थानीय नेपालका नदी विज्ञले कर्णालीका जलाधारका सम्भावना तथा अबसरका विषयमा बयान गर्दा लगानीको खाँचो देखिएको उनको भनाई छ ।
स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन लगायतका अध्ययन बिना नै नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवाको एकोहोरो दोहन गर्न रोकिने आठबीस नगरपालिकाका मेयर खड्कराज उपाध्यायले प्रतिबद्धता गरेका छन् ।
देशकै लामो तथा पर्यापर्यटनको सम्भावना बोकेको नदी सरंक्षणमा आम नागरिक देखि सरकार उतिकै जिम्मेवार बन्नुपर्ने उनको भनाई छ ।
सम्मेलनबाट ड्राफ्ट गरिएका कर्णाली घोषणा पत्रमा आधारित प्रतिवेदनलाई कर्णाली प्रदेश सरकारलाई बुझाइने छ ।
जसका कारण सरकारलाई लगानी गर्न सहज हुने नेपाल नदी संरक्षण संस्थाका निर्देशक मौसम खनालले बताए ।
यो सम्मेलनले कर्णाली प्रदेश सरकालाई समेत जलाधार क्षेत्रको सुरक्षाका लागि नदी दोहन रोक्न कदम चाल्न सहज हुने विश्वास गरिएको छ ।
नदी दोहनका कारण कर्णाली नदीमा पाईने विभिन्न जलिय प्राणीहरु पछिल्लो समय लोपोन्मुख अबस्थामा पुगेका छन् ।
यसमा सम्मेलनले टेवा पुग्ने विज्ञहरुको भनाई छ । मुलुकै जलस्रोत धनी कर्णालीमा लगानी नहुँदा यहाँका सम्भावनाहरु ओजेलमा परेको अबस्था छ ।
नदी शिखर सम्मेलनले कर्णालीका जलाधार क्षेत्रमा लगानीका क्षेत्रलाई स्पष्ट पार्दै प्रदेश, केन्द्र तथा लगानी कर्ताहरुलाई आर्कषित गर्ने विश्वास कर्णाली बासीको छ ।
कर्णालीको पानीमा लगानी गरी आर्थिक समृद्धी हासिल गर्न सकिन्छ भन्ने यर्थात लाई यस नदी शिखर सम्मेलनले देखाउने विज्ञहरुको विश्वास छ ।
फोटो फिचर सागर परियार
...
सोमबार, १८ चैत्र, ०७५
प्रकाशित: २०७५ चैत्र १७
प्रकाशित: २०७५ चैत्र १७
March 31st 2019
प्रतिक्रिया दिनुहोस्