
जुम्लामा पहिलो बालसहकारी विद्यालय
निर्माण सञ्चार, कर्णाली प्रदेश । कर्णालीमा अझै पनि विद्यालय क्षेत्र भन्दा बाहिर हरेका बालबालिकाहरु धेरै छन् । कोही कोहिका लागि सामाजिक संस्कार तथा चेतना बाधक बनेको छ ।
भने, अधिकांशका लागि गरिबी, तथा आर्थिक अभाव प्रमुख बाधक बनेको छ । मौलिक अधिकार भित्र पर्ने शिक्षा, स्वास्थ्य जस्तो कुरामा पनि गरिबीले गर्दा मनमा जागर, हुँदा पनि धेरै बालबालिका घरमै बसेका छन् ।
विद्यालय क्षेत्र भन्दा बाहिर रहेका बालबालि लाई विद्यालयको पहुँचमा पुराउन विभिन्न संघ संस्थाहरुले राहातका कार्यक्रमहरु पनि नगरेका होईनन् ।
तर दिगो हुन नसक्दा समस्या एक वर्ष पछि उस्तै देखियो । पहिलो वर्ष सहयोग दोस्रो संस्थानै गायब हुने अबस्थाले गर्दा शिक्षा क्षेत्रमा बालबालिकाको पहुँच विस्तार गर्न पनि चुनौती देखिएको छ ।
तर जुम्लाको पातारासी गाउँपालिका ५ माथी लार्पा स्थित शंकर आधारभुत विद्यालयमा एक नमुना कामको थालनी गरिएको छ ।
कर्णालीमै एक नमुना कामका रुपमा बालक्बलको नेतृत्वमा विद्यालय स्तरीय बाल सहकारी स्थापना गरिएको छ । सहकारीले विद्यालयका शिक्षक, विद्यार्थी र विव्यस संग मासिक बचत उठाउने छ ।
जसमा शिक्षक बाट १ सय, कक्षा १ देखि ३ सम्मका लाई ३० रुपैया र कक्षा ४ देखि ७ सम्मका लाई ५० रुपैया मासिक बचत उठाउने बालक्लबका अध्यक्ष पर्वत बोहोराले बताए ।
उनका अनुसार मंगलबारकै दिन २ हजार रुपैया बचत भएको छ ।
जेहेन्दार लाई सहयोग गर्छौ
गरिब तथा जेहेन्दार विद्यार्थीका लागि विभिन्न ठाउँबाट सहयोग हरु प्राप्त हुन्छन् । तर निरन्तरता नहुने भएकोले समस्या देखियो ।
संस्थाका कार्यक्रमहरु बाट पनि कुनै बास्तविक विपन्न बालबालिका समेटीएको पाईदैन् क्बलका अध्यक्ष पर्वत बोहोराले भने, हाम्रो बाल सहकारीको रकम बाट पहिलो प्रथामिकता गरिब तथा विपन्न बालबालिका लाइ विद्यालयको पहुँचमा ल्याउन सहयोग गर्छौ ।
भने, दोस्रो विद्यालय पढिरहेका तर कापी,कलम पोशाक किन्न पनि धौधौ भएका जेहेन्दार विद्यार्थी लाई सहयोग गर्ने लक्ष्य रहेको उनको भनाई छ ।
हामी बालक्लबका साथीहरुनै मिलेर खोलेका हामी ज्ञान छैन् । यस विषयमा आबश्यक तालिक पाउन पाए सहज हुने उनको अपेक्षा छ । शंकर मावि माथि लोर्पामा झण्डै साढे २ सय बढि विद्यार्थी छन् ।
अधिंकाश विद्यालय आउन्छन् । प्रधानाध्यापक हरि बहादुर बुढाले भने, कोहि कोहि विपन्न बालबालिका आउन मान्दैनन्, बाल सहकारीको माध्यमबाट, तथा विभिन्न चेतना अभिबृद्धिका कार्यक्रमबाट विद्यालयको पहुँचमा ल्याउने प्रयास भईरहेको उनको भनाई छ ।
विद्यालयको पहुँच भन्दा बाहिर १३/१४ वर्षका बालबालिका छन्, साना बालबालिका संग पढ्न लाज मान्ने भएकाले पनि आउन मान्दैनन, शिक्षा आर्जनमा उम्मेरले प्रभाव पार्दैन, भन्ने बारे सिकाउन थालिएको अर्का शिक्षक ललित थापा मगरले बताए ।
उनका अनुसार विद्याथीले स्थापना गरेको बाल सहकारीको सफलताका लागि शिक्षकहरु निकै गम्भीर भएको बताए । गाउँ गाउँमा गएर अभिभावक हरु संग पनि सहकारीको लागि आर्थिक संकलन गर्न घरदैलो गरिने उल्लेख गरे ।
विद्यालयमा स्थापना गरिएको बाल सहकारी प्रति स्थानीय बासी सकारात्मक रहेको स्थानीय महिला रुपा बोहोराले बताईन । बाल सहकारीका आफ्नो क्षामता अनुसार आर्थिक दिन तयार रहेको दाबी गरिन ।
बालबालिकालाई बैंकिङ शिक्षा
शंकर आधारभुत विद्यालय पातारासीमा जुम्लाकै पहिलो बाल सहकारी खोलिएको छ । जसको नेतृत्व बालक्लबका छात्र छात्राहरुले गरेका छन् ।
उनीहरुलाई बंैकिङ प्रक्रियाका बारेमा कुनै थाहा छैन् । जसका कारण बालबालिाई बैंकिङ शिक्षाको आबश्यकता देखिएको किर्डाक नेपाल जुम्लाका शिक्षा परियोजना संयोजक दिपराज रावतले बताए ।
उनका अनुसार सहकारी शिक्षा, बैंकिङ शिक्षा दिन आबश्यक रहेको छ । हामी सबै अधिंकाश लाई जागिर पछि मात्रै चेकबुक तथा बैंकिङ प्रक्रिया बारे थाहा हुन्छ ।
तर विद्यालय स्तरमै सहकारीका माध्यमबाट वित्तिय कुरामा पनि बालबालिकालाई सक्षम बनाएको खण्डमा भविष्यमा सजिलै, आत्मनिर्भर हुन सक्ने उनको विश्वास छ ।
प्ररराम्भीक पढाई कार्यक्रमको उपलब्धीका रुपमा हामीले लिएको उनको भनाई छ ।
भने, बालबालिका यति सकारात्मक सोचको विकास गर्नु तथा निकै उर्जाशिल बनाउनुमा प्ररराम्भीक पढाई कार्यक्रमको निकै महत्वपुर्ण भुमिका रहेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख महेशदत्त देवकोटाले बताए ।
उनले भने, किर्डाक द्धारा संचालित शिक्षा कार्यक्रमले पातारासीमा शैक्षिक उन्नयनका लागि एक पुलको भुमिका खेलेको दाबी गरे ।
भने, स्थानीय दल बुढाले शंकर आधारभुत विद्यालयको शैक्षिक प्रगतीका लागि किर्डाक नेपालको उच्च योग्दान तथा आर्थिक, भौतिक र नैतिक सहयोगले नै सम्भव रहेको उल्लेख गरे ।
विद्यालय क्षेत्र भन्दा बाहिर रहेका बालबालिका लाई विद्यालयको पहुँच ल्याउन जुम्लाका अन्य विद्यालयले पनि बाल सहकारीको अबधारणा ल्याउन आबश्यक रहेको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए ।
सागर परियार
...
बुधबार, २० चैत, २०७५
प्रकाशित: २०७५ चैत्र १९
प्रकाशित: २०७५ चैत्र १९
April 2nd 2019
प्रतिक्रिया दिनुहोस्