
कर्णालीमा सहकारी संस्थाले देखायो महिलामाथिको विश्वास
निर्माण सञ्चार,कर्णाली प्रदेश । कर्णाली तातोपानी २ की मायादेवि दमाई २/३ वर्ष पहिले घरकै कामका मात्रै लगाव राख्ने माया साँझ सुतेपछि विहान गर्ने कामको चिन्ता घरको आर्थिक पाटोका विषयमा कुनै ज्ञान नहुदा उनी २०७३ सालमा चन्दननाथ सहकारीमा आबद्ध भईन ।
माया मासिक १ सय रुपिँया सहकारीमा बचत गदै जाँदा सहकारी मार्फत तालिम गर्दै जादा उनीमा बचत गर्ने घरायसी हिसाब किताब गर्ने बारेमा अली ज्ञान आएको छ ।
अहिले चन्दननाथ नगरपालिका ६ का महिलाहरुमा सहकारीमा आबद्ध भए पश्चात अहिले व्यवसाय गर्नु पर्छ भन्ने चेतना बढेको छ । गाँउमा अहिले केहि नपढेका महिलाहरु अहिले लाखौको कारोबार गर्न सक्ने भएका छन ।
मायादेवि एक उदाहरण मात्रै हुन्, सहकारीमा आबद्ध भए पश्चात वित्तिय पहुँचमा पुगेका महिला कर्णालीमा धेरै छन् । सहकारीले दिएको चेतना र नियमत बचत गर्ने प्रणाली गर्दा महिलाहरु वित्तिय पहुँचमा पुगेका छन् ।
पहिले प्राय काममै बेस्थ हुने महिला हिजोआज घरायसी देखि बाहिरी आर्थिक क्रियाकलपामा सक्रिय हुन थालेका छन् ।
अहिले सहकारीबाट ऋण लिएर कति महिलाले सिलाइ कटाई कार्य गरीरहेका छन कतिपयले खुद्रा पसल व्यवसाय गरी जीविका समेत चलाइरहेको अवस्था छ ।
कर्णालीका महिलाहरुमा सहकारीले वित्तिय पहुँचमा निकै महत्वपुर्ण भुमिका खेलेको तातोपानी माया दमाईले बताईन । उनले भनिन, म अहिले सिलाई कटाई गरेर बसेकी छु ।
अहिले सजिलै आर्थिक कारोबार गर्छुु, ऋण दिने संस्थाहरु श्रीमान भन्दा आफुलाई विश्वास गर्ने उनको भनाई छ । कर्णालीका बस्ती बस्तीमा सहकारी पुगेका छन् ।
ऋण दिन महिलालाई विश्वास
जुम्लामा झण्डै एक दर्जन बढि सहकारीहरुले करोडौको बार्षिक कारोबार गरिरहेका छन् । प्रत्यक सहकारीमा कम्तीमा पनि १ हजार देखि बढि महिलाको सहभागी छ ।
सहकारी लगायत अन्य वित्तिय संस्थाहरुले पुरुष भन्दा महिलाहरुलाई ऋणको दिनेकार्यमा विश्वास गर्ने गरेका छन् । सहकारी आबद्ध भएका महिलाहरु नै बढि वित्तिय पहुँचमा पुगेका छन् ।
चन्दननाथ नगरपालिका १ की बास्मती नेपाली पनि दियालो सहकारीमा आबद्ध उनी घरखर्च तथा कुनै कामका लागि ऋण चाहिए आफ्नो श्रीमान भन्दा सस्थाले आफुहरुलाई विश्वास गरी ऋण दिन्छ उनले बताइन ।
कृषि विकास बैंक, निर्धर उत्थान, सबालम्बन, डिप्रोस लगायतका वित्तिय संस्थाहरुले महिलाहरु लाई व्यवसायका लागी ऋण दिने गरेको छन् ।
निर्धरउत्थान वित्तिय संस्थाका अनुसार एक दिनमा कम्तीमा पनि १० जना महिलाले ऋण लिने गरेका छन् ।
पुरुषहरु भन्दा महिला आर्थिक कारोबार ईमान्दार हुने, भनेकै समयमा दिन्छन्, डिप्रोस वित्तिय संस्थाका विपना शाहिले भनिन, सहकारीले महिला लाई वित्तिय कुरामा पोख्त बनाएपछि ऋण लगानी गर्ने संस्थाहरु महिलाहरुलाई नै बढि विश्वस गर्ने गरेको उनको भनाई छ ।
उनका अनुसार डिप्रोस वित्तिय संस्था बाट झण्डै ८ सय बढि महिलाले ऋण लिएका छन् । गाउँ गाउँमा सहकारी गएपछि महिलाहरु वित्तिय कारोबारमा सक्षम भएका हुन् ।
शिक्षक अर्जुन बुढाले भने, अहिले महिला निकै आर्थिक कुुरामा चनाखो भएका छन् । अझै पनि सहकारीहरुले वित्तिय सारक्षरता कक्षाहरु संचालन गर्दै महिलालाई आर्थिक कारोबारमा दक्ष बनाउनु पर्ने उनको भनाई छ ।
ऋण कमाएर तिर्नु पर्ने पुरुषले भएता पनि ऋण दिने सबालमा महिलानै विश्वास गर्ने वाताबरण सहकारीले सृजना गरेको दियालो सहकारीका प्रमुख किशोर न्यौपालनेको दाबी छ ।
बचत संगै, रुपैया कसरी चलाउने, सानो पुजिबाट पनि कसरी बढि आम्दानी गर्न सकिन्छ, भन्ने विषयमा सहकारीले सिकाउने गरेको उनले बताए ।
आर्थिक समृद्धीको आधार सहकारी
सहकारी लाई देश विकासको स्तम्भ मान्निछ । सहकारी मार्फतनै देशको आर्थिक समृद्धी सम्भव पनि छ । सहकारी हाम्रो समाजमा छरिएर रहेको पुजिलाई जम्माा गर्दै, समाजका विपन्न वर्गको उन्नतीका लागि लगानी गर्ने गरेको छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले भने, सहकारीले गाउँका महिलाहरुलाई संगठीत हुन सिकाएको छ । भने, ऋणका विश्वास वित्तिय पाटोमा चनाखो हुनुमा सहकारीकै देन रहेको उल्लेख गरे ।
सरकारको आर्थिक विकासको सपनालाई सहकारीले परिपुर्ति गर्छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भनिन, सहकारीहरुको संख्यात्मक भन्दा गुणतमक विकासमा जोड दिन सुझाब दिईन ।
देश विकास नीजि क्षेत्रको सहयोग विना सम्भव छैन् । त्यसमा पनि सहकारीको भुमिका अतिनै महत्वपुर्ण रहेकोमा उनले पार्दशी हिसाबले संचालन गर्न जुम्लाका सहकारीहरुलाई सुझाब दिईन ।
दियालोको ११ औ साधारण सभा जुम्लामा गएको शनिवार दियालो बहुउद्देश्यी सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्मपन्न भयो ।
साधारणसभामा सहभागी महिलाहरुले आफ्नै दैनिकी परिवर्तनमा सहकारीको भुमिका महत्वपुर्ण रहेको बताईन । घरधन्दा चुलोचौकोमा सिमित महिलालाई वित्तिय पहुँचमा पुराउन सहकारी ठुलो देन रहेको स्थानीय महिला काली रावलले बताईन ।
यता, सहकारी संस्थाका अध्यक्ष किशोर न्यौपानेले राज्यको नीतिगत ऐन, नीति नियमको अधिनमा रहेर काम गर्दै आएको बताए ।
उनले भने संस्थाका सदस्यहरुलाई बार्षिक साधारण सभा मार्फत शेयर सदस्य देखि साधारण सदस्यहरुलाई पुजीका विषयमा जानकारी गराउदै आएका छौँ ।
छरिएको पुजीलाई एकत्रित गर्दै लगानी गर्न तथा महिलाको वित्तिय क्षामता अभिबृद्धि गर्न सफल भएको उनको दाबी छ ।
लेखा समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्दे संस्थाको कोषाध्यक्ष प्रकाश आचार्यका अनुसार चुक्त शेयरपुजी ५६ लाख ८१ हजार, ५ सय रुपैया, निक्षेप ४ करोड ४० लाख ३९ हजार ८३ रुपैया, कर्जा लगानी ३ करोड ४९ लाख ७८ हजार २ सय ४७ रुपैया, नाफा/नोक्सान १८ लाख ९९ हजार ३ सय ५९ रुपैया रहेको छ ।
त्यसैगरी स्थिर सम्पत्ति ३० लाख ५८ हजार २ सय १९ रुपैया र नगद तथा बैक मौज्दात ६८ लाख २८ हजार ७ सय ७९ रुपैया रहेको छ ।
त्यसैगरी दियालो बहुउद्देश्यीय सहकारी संस्थाको ११ औँ बार्षिक साधारण सभामा नियमित बचत गर्ने, इमान्दार ऋण चुक्ता गर्ने लगायत विभिन्न विधामा सदस्य र कर्मचारीहरुलाई कदरपत्र सहित सम्मान गरेको छ ।
६ सय शेयर सदस्य र २ हजार ४ सय बढी साधारण सदस्य रहेको उक्त सहकारी संस्थाले जनाएको छ ।
सागर परियारको रिपोट
...
सोमबार, २५ चैत, ०७५
प्रकाशित: २०७५ चैत्र २५
प्रकाशित: २०७५ चैत्र २५
April 8th 2019
प्रतिक्रिया दिनुहोस्