
जुम्लामा असिनाले स्याउ नष्ट भएपछि बिमा गर्ने किसानको बढ्दो चाप
निर्माण सञ्चार काठमाडौं । नेपाल एक कृषि प्रदान मुलुक हो । कृषिमा आत्मनिर्भर मुलुकका रुपमा चिनिने नेपालमा वर्षेनिक अरार्बौको खाद्यन्न आयात हुन्छ ।
भने, नेपालको कुल जनसंख्याको ७० प्रतिशत नागरिक कृषिमा निर्भर छन् । कर्णाली क्षेत्र कृषिका लागि निकै उर्वर भुमि मानिन्छ । स्याउ, सिमि, मार्सि, ओखर र तरकारी खेती यहाँका प्रमुख नगदेबालीहरु हुन् ।
यी कृषि उत्पादनको सुरक्षाका लागि कर्णालीका किसानले बिमा नगर्दा, लाखौको घाटा व्यवहोरी रहेका छन् । एका तर्फ बिमाबारे चेतना नहुनु, र अर्को तर्फ केहि किसानले बिमा गर्न लोभ मान्ने भएकाले पनि कृषि उत्पादनको सुरक्षा हुन नसकेको शिखर ईन्सोरेन्सका प्रमुख ऋषिराम पाण्डेले बताए ।
उनका अनुसार अन्य बाली भन्दा पनि स्याउको बिमा कर्णालीका किसानले गर्न अति आश्यक छ ।
किसान र किसानको उत्पादनको सुरक्षाका लागि सरकाले आबश्यक नीति नल्याउनु, बिमाका बारेमा कर्णालीका किसान लाई चेतना नहुँदा समस्या भएको छ ।
साविकको कर्णाली मुगु, हुम्ला, डोल्पा र जुम्लामा स्याउ खेतीलाई प्रमुख आम्दानीका रुपमा लिने गरिन्छ । वर्षेनिक करोडौका हिसाबले स्याउ बाट जिल्लामा आम्दानी भित्रिने गर्दछ ।
तर किसानहरु भने स्याउको बिमा गर्न चाहादैनन् । जसले गर्दा पछिल्लो समय किसानहरु घाटामा पर्दै गएका छन् । जलवायु परिवर्तनका कारण असिना पानी, बाढि पहिरो कति बेला आउने कुनै निश्चित छैन् ।
कृषि उत्पादन स्याउ, सिमि, ओखरमा क्षेति भईरहेको हुन्छ तर बिमा नभएका कारण किसानहरु घाटामा जान्छन् । बिमाका बारेमा गाउँ गाउँमा चेतना अभिृबद्धि गर्दै स्याउ बिमा लागतय अन्य बिमा गर्न किसानलाई जागरुक बनाउनु पर्नेमा सरोकारवालाको जोड छ ।
१२ सय १७ घरधुरी मात्रै बिमित कर्णालीको जुम्लामा अर्गानिक स्याउ उत्पादनको हब हो । जहाँका किसान करोडौ रुपिँया स्याउबाट कमाउँछन् ।
जुम्लामा झण्डै १८ हजार घरधुरी छन् । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार झण्डै १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् । भने, यहाँको पाखोबारी पनि स्याउ उत्पादनका लागि निकै उर्वर छ ।
तर किसानहरुले भने स्याउ बिमा गराउन मानेका छैनन् । शिखर ईन्सोरेन्स कम्पन्नीमा जुम्लाकै पहिलो किसानका रुपमा चन्दननाथ नगरपालिका ३ का देवि सेजुवालले स्याउ बिमा गरेका थिए ।
भने नगरपालिका ६ का पुर्णसिंह रावतले गरेका थिए । घरघरमा स्याउ बगैचा हुँदा पनि भविष्यमा आउने जोखिम बहनका लागि बिमा गराउन कर्णालीका किसान निकै कन्जुसाई गर्ने गरेको पाइएको छ ।
जुम्लामा रहेका एक दर्जन बढि बिमा कम्पन्नी मध्य स्याउको बिमा गर्ने एकमात्र कम्पन्नीको शिखर ईन्सोरेन्स कम्पन्नी हो ।
शिखर ईन्सोरेन्सका प्रमुख ऋषिराम पाण्डेले भने, जुम्लामा १६ हजार घरधुरीमा स्याउ खेती गरिन्छ । तर अहिले सम्म जम्मा १ हजार २ सय १७ घरधुरीले मात्रै स्याउ बिमा गरेका छन् ।
यो तथ्यांकलाई हेर्ने हो ९५ प्रतिशत कर्णालीका किसान बिमाको पहुँच नपुगेको उनको दाबी छ । जुम्लाको चन्दननाथ नगरपालिकामा १ सय ६१ जना किसान, पातारासीमा ५ सय ६४, गुठिचौरमा १ सय ६५, तातोपानीमा २ सय ६ र सिंजामा १ सय २१ ज्ना गरी जम्मा १ हजार २ सय १७ घरधुरीले मात्रै स्याउ बिमा गराएका छन् ।
भने झण्डै ५८ हजार ५ सय १५ विरुवाको बिमा गरिएको छ । भने, जुम्लाका बिमित किसानका लागि २ करोड, ७३ लाख २० हजार ३ सय ६८ रुपैया बिमांक रकम रहेको छ ।
भने, किसानले तिरेको प्रिमियम रकम २४ लाख १३ हजार ७ सय ४३ रुपैया रहेको शिखर ईन्सोरेन्स कम्पन्नीका प्रमुख पाण्डेले बताए ।
किसान र किसानको उत्पादनको सुरक्षाका लागि बिमाको पह्ुँमा सबै किसान आउन जरुरी रहेको उनको भनाई छ । त्यसका साथै कालिकोट र मुगुमा १ हजार ८ सय २७ जनाले बिमा गराएका छन् ।
दुबै जिल्लाका गरी झण्डै २० बढि घरधुरी रहेको कालिकोट र मुगुमा ४ प्रतिशत किसान मात्रै बिमाको पहुँचमा छन् । भने मुगु र कालिकोटको गरी जम्मा बिमांक रकम २१ करोड ९६ लाख १९ हजार १ सय ८३ रुपैया भएको छ ।
भने किसानको प्रिमियम रकम ३६ लाख २२ हजार ९९ सय ५ रहेको छ । हजारौ किसान स्याउ खेतीमा निर्भर रहेपनि सबै बिमाको पहुँच नआउनु दुखद पक्ष भएको कृषि ज्ञान केन्द्र जुम्लाका कृषि विज्ञ तपेन्द्र बहादुर शाहिको भनाई छ ।
मुलुकको आर्थिक विकाका लागि किसान र उनीहरुको उत्पादन सुरक्षाका लागि बिमा गर्न आबश्यक छ । उनले भने,बिमा कम्पन्नीले गाउँ गाउँमा चेतना फैलाउन सुझाब दिए । स्याउको मात्र नभई सिमि, ओखर, तरकारीखेतीको पनि बिमा गराउन किसानलाई आग्रह गरे ।
किसानका लागि लघु बिमा
शिखर ईन्सोरेन्स कम्पन्नील किसानलाई अफरका रुपमा लघु बिमा शुरुवात गरेको छ । स्याउ बगैचामा काम गर्ने किसानका लागि मात्र रहेको लघु बिमा सम्बन्धी किसान बगैचामा काम गर्दै गर्दा कुनै घटनाबस मुत्यु हुन गएमा क्षेतिपुर्ति पाउने व्यवस्था छ ।
स्याउ बगैचाकै काम गर्ने क्रममा बाढि पहिरोमा परेर ज्यान गएका सम्बन्धीत किसानलाई दिईने क्षेतिपुर्तिका लागि लघु बिमा अफर ल्याएको कम्पन्नीले जनाएको छ ।
किसानको मृत्यु भएको ३५ दिन भित्र बिमांक रकम भुक्तानी दिने व्यवस्था छ । अहिले सम्म जुम्लाका एक जना किसानले मात्र पाएका छन् ।
जुम्ला चन्दननाथ नगरपालिका १ का रत्नराज गिरीलाई केहि दिनमा २ लाखको चेक हस्तान्तरण गरिने भएको छ ।
शिखर ईन्सोरेन्सका प्रमुख ऋषिराम पाण्डेका अनुसार स्याउको बिमा गर्दा किसान रत्नराज गिरीले थप ६ सय लघु बिमाको प्रिमियम रकम दिनुभएको थियो ।
कम्पन्नीले लिएको नीति अनुसार ६ सय प्रिमियम शुल्क बापत किसानको मृत्यु भएका २ लाख बिमांक रकम भुक्तानी गर्ने व्यवस्था छ ।
जुम्लाका १८ हजार घरधुरी लाई स्याउ बिमाका साथै लघु बिमाका लागि पनि चेतना फैलाउदै बिमाको पहुँचमा ल्याउने उनको भनाई छ ।
शिखर ईन्सोरेन्स कासिलकोट, मुगु, हुम्ला र डोल्पामा पनि बिमा बारे चेतना फेलाउने बताएको छ । १८ हजार घरधुरी मध्य १२ सय घरधुरी मात्रै बिमित हुनु दुखद कुरा हो ।
बिमाको पहुँमा पुग्नका लागि र आफु र आफ्नो कृषि उत्पादनको सुरक्षाका लागि स्वयम किसान नै बिमा गर्न जागरुक बन्नु पर्ने बरिष्ठ किसान रामकृष्ण बुढ्थापाले बताए ।
उनले भने, कतिले चेतना भएर पनि गरेका छैनन्, मौसम हेरि बिमा गर्ने कर्णालीका किसानको प्रबृत्ति छ । बाढि पहिरो, असिना पानी कहिले आउने थाहा हुदैन् ।
प्राकृति विपतीबाट हुने जोखिम बहन गर्न बिमा आबश्यक छ । थाहा पाएर पनि बिमा नगरेका किसानलाई बिमा गर्न विज्ञहरुले सुझाब दिएका छन् ।
स्याउ किसान विष्ण रावलले भने, आफुले पहिला बिमा नगर्दा गत वर्षको असिना पानीने क्षेति व्यवहोर्नु परेको सुनाए । असिनाले स्याउ नष्ट भएपछि बल्ल चेत आयो । नि बिमा गरे, किसान स्वंयम आफै जागरुक बन्नु पर्ने रहेछ ।
अब गाउँ गाउँमा सबै किसानलाई बिमा अनिवार्य रुपमा गर्न सुझाउने बताए । कर्णालीका किसान लाई बिमाको पहुँचमा पुराउनका लागि बिमा कम्पन्नीले प्रचार प्रशारका साथै आफ्नो विश्वसनियता लाई बढाउनु पर्नेमा समेत सरोकारवालाले जोड दिएका छन् ।
सागर परियारको रिपोट
...
बुधबार, २७ चैत, ०७५
प्रकाशित: २०७५ चैत्र २६
प्रकाशित: २०७५ चैत्र २६
April 9th 2019
प्रतिक्रिया दिनुहोस्