नेपाली समय: ०१:४१:४१ बिहान
वि.सं २०७६ जेठ १३   सोमवार

माग्नेबाट व्यवसायी बनेकी जुम्लाकी झुमाको यो कथा, भन्छिन्, ‘गाउँलेले हेपेकैले म उद्यमी भएँ’

निर्माण सञ्चार, कर्णाली प्रदेश । जुम्लाको तिला गाउँपालिका २ लिहि गाउँकी झुुमा नेपालीको १० जनाको परिवार ज्याला मजदुरी गरेर चलेको छ ।

बाँसको लागि एककोठे घर छ, घरमा एक महिना पुग्ने अंन्नपात उत्पादन नहुदा विहान बेलुुकाको छाक टार्नका लागि ज्याला मजदुरी गर्नु पर्ने झुमाको बाध्यता थियो ।

जुम्लाका गाउँमा ज्याला मजदुरी गरे बापत विपन्न समुदायलाई पैसा भन्दा चामल, पिठो दिने चलन थियो जो अहिले सम्ममा पनि छ ।

परिवारको गुजाराका लागि (बाउर) मजदुरी गर्न गएपनि साँझमा चामल पिठो कसैले दिदैन्थे झुमाले भनिन, काम सकिएपछि कहिले त घर फर्किदा रित्तै आउनु पर्थो ।

दिउसो काम गर्दा दिएको (अन्नी) खाजा बचाएर ल्याएको रोटी खाएर चित्त बुझाउन्थे उनका ५ छोरी र १ छोरा । १३ वर्षको उमेरमा बिवाह गरेकी झुमा १५ वर्षमा पहिलो सन्तान छोरी जन्माईन, छोराको मोहले ५ छोरी जन्मीए्, छैटौमा भने छोरा जन्मीयो घरको अबस्था नाजुक भएपछि उनका श्रीमान एैमान नेपाली कालापहाड धाएरै घरखर्च चलाउन्थे ।

तर कालापहाडको कमाई ६ महिनाको अन्तरालमा मात्रै आउन्थ्यो, बालबच्चाको लालनपालन गर्न एक मानो चामल र पिठोका लागि पनि गाउँ गाउँ चार्हानु पथ्र्यो झुमाले आफ्नो बितान्त यसरी पोखिन ।

दैव पनि कमजोर माथिनै हिर्काउदो रहेछ उनको एक तितो सत्य घटना छ । श्रीमानकै भरमा चलेको १० जनाको परिवारको साहारा झुमाका श्रीमान एैमान लाई २०७० साल असार २ गते भारतको केदारनाथमा आएको बाढिले बगायो ।

कमाउन गएका श्रीमानको न लास आयो नत सास आयो झनै झुमाको जीवनमा संघर्षहरुले आगमन गर्दै गए । ३८ वर्षकै उमेरमा झुमा नेपाली एक्लै हुन पुगिन ।

छोरीहरु सानै थिए, श्रीमानको मृत्यु भएको खबर सुन्ना बित्तिकै झुमा २०७० देखि ७३ सम्म ३ वर्ष मानसिक रोगी भईन अर्धचेत भइन ।

झुमा अर्धचेत भएपछि उनको परिवार मात्र एक मानो चामल, पिठोको लागि गाउँ गाउँ भौतारिन्थ्यो तर कसैले दिदैथे रे, उनले भनिन ।

तर समय बित्दै जाँदा २०७३ सालमा आफु निको भएपनि घरको सबै नाजुक अबस्थाले काँचुली फेरेको थिएन । श्रीमानको मृत्युपछि झन सबै जिम्मेवारी काँधमै आयो ।

घरव्यवहार चलाउनै हम्यहम्य भएको उनको भनाई छ ।

जब जीउने एक साहारा मिल्यो

श्रीमानको मुत्युुपछि झुमालाई गाउँलेले झनै हेला गर्थे किनकी समाजको चलन त्यस्तै छ । छोरीहरु स्कुल पढ्न जान थाले ज्याला मजदुरीको पिठो चामले पापी पेट भरेपनि कापी कलम किन्न पैसानै चाहिन्थ्यो ।

छोरीहरु हप्ताको २ दिन स्कुल जाने अरु दिन आफु संगै काम गरी पढ्न जान थालेको बताईन । जेठी छोरी अहिले ९ मा पढ्छीन् पढाईमा निकै मेहनती छन् । माईली ६ मा र साईली ५ मा पढ्छीन् ।

कमाउन गएका श्रीमानको न लास आयो नत सास आयो झनै झुमाको जीवनमा संघर्षहरुले आगमन गर्दै गए । ३८ वर्षकै उमेरमा झुमा नेपाली एक्लै हुन पुगिन 

जब किर्डाक नेपाल र प्लान नेपालको साझेदारी संचालीत समाबेशी शिक्षा प्रर्बद्धन कार्यक्रम अन्तरर्गत उनलाई सहयोग प्राप्त भयो । गर्ने जागर जीउने रहर फेरी बढ्दै गएको झुमाले बताईन ।

किर्डाक र प्लानबाट खुद्रा व्यापार गर्नका लागि झण्डै ३० हजार बरारको दैनिक उपभोग्य सामान किनेर सपल राखिदिए ।

उनले भनिन, किर्डाक र प्लानको साझेदारीमा संञ्चालित समाबेशी शिक्षा प्रर्बद्धनको आर्यआर्जन कार्यक्रमबाट खुद्रा व्यापार दिएपछि जिउने साहारा बनेको उनले बताईन ।

गाउँमै भएकाले निकै चल्न थाल्यो उनको पसल, झुमाका छोरा छोरीको पढाईमा सहज गर्नका लागि आयआर्जनमा किर्डाक र प्लान नेपालले सहयोग गरेको थियो ।

समय बित्दै जाँदा गाउँको व्यापार झुमाका लागि मालामाल हुन थाल्यो । झुमाले भनिन, म बेसाहाराका लागि किर्डाक र प्लानको सहयोग जीउने साहारा बनेर आयो । दैनिक १ हजार बढि कमाई हुन्छ, भने मेला लागेको बेला झण्डै ६/७ हजार नै कमाई हुने गरेको छ ।

एक मानो चामल र पिठोका लागि गाउँ चर्हाने झुमा नेपाली लाई हिजो आज गाउँलले साउजी भन्दा खुसीले मख्ख पर्छिन् ।

दया माया गरेर सबै गाउँले आफ्नै पसलमा चिनी, मैदा, तेल, लगायत सबै सामान किन्न आउँछन् उनले भनिन, अहिले त आफ्ना छोरा छोरीहरुलाई साउजकी छोरी भनेर भन्ने गर्दा खुसीका आँसु झर्छन्, कल्पना नगरिएको जीवन दिने किर्डाक र प्लानलाई मुत्तकण्ठले प्रसंशा गरिन ।

अहिले एक मानो चामलका लागि गाउँ चार्हानु पर्ने दुखले मुक्ति पाएका छन् । आफ्नै स्वाभिमानमा बाचेकी छु । छोरा छोरीको कापी कलम, घरको नुन तेल सबै व्यापारबाटै भईरहेको छ ।

माग अनुसार पुर्ति गर्न नसकेको बताईन । झुमाले सिलाईकटाई पनि सिकेकी छन् । अझै किर्डाक प्लानले सहयोगको अपेक्षा उनले गरेकी छन् ।

जीवन बदल्ने समाबेशी शिक्षा

सहयोग सानो होस या ठुलो जसलाई सहयोगको आबश्यकता हुन्छ उसैले जीवनमा प्रगती गर्दछ यो सत्य हो । झुमाका लागि ३० हजारको व्यापार अहिले ३० लाख जस्तै भएको छ ।

विहान बेलुका छाक टार्न मुस्किल हुने झुमा नेपालीको परिवारलाई त्यहि खुद्रा व्यापार अहिले सबै जिउने खालको बनाएको छ ।

किर्डाक नेपाल जुम्लामा जिल्ला संयोजक रेशम शाहिले भने, आफ्नो कार्यक्रमको लक्ष्य विपन्न समुदायका बालबालिको शिक्षामा सहजै पहुँच पुराउनका लागि घरको आर्थिक आयार्जनमा सुधार ल्याउनु हो ।

धेरै ठाउँमा सहयोग बाख्रा, आरा मेसिन खुद्रा सपल दिएका छौ, तर संघर्षबाट जिउदै आएकी सानो सहयोगबाट सफल भएकी उदाहरण झुमा नेपाली भएको उनको भनाई छ ।

सरकारको सहयोगीका रुपमा रहेका गैरसरकारी कार्यक्रमले विपन्न समुदायको जीवनमा परिवर्तन ल्याउनु निकै खुसीको कुरा हो ।

श्रीमानको मृत्यु पछि, झुमा अर्धचेत भएपछि उनको परिवार मात्र एक मानो चामल, पिठोको लागि गाउँ गाउँ भौतारिन्थ्यो तर कसैले दिदैथे उनले भनिन 

समाबेशी शिक्षाले आगामी दिनमा यहाँका विपन्न समुदायको उत्थानका लागि काम गर्ने प्लन र किर्डाको प्रतिबद्धता छ । अभावले झुमालाई सताएको थियो ।

हरेक काममा मेहनत गर्ने उनको विगत देखिएको बानी भएकाले पनि सफल भएकी हुन् प्लानकी सत्या बोहोराले भनिन ।

सागर परियारको रिपोट

...

मंगलवार, ०३ बैशाख, ०७६



प्रकाशित: २०७६ बैशाख ३
April 16th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार