नेपाली समय: ०४:०८:३४ अपरान्ह
वि.सं २०७६ साउन ६   सोमवार

चुडामणि शर्माविरुद्ध ११ अर्ब भ्रष्टाचारको मुद्दा

निर्माण सञ्चार, काठमाडौं|| अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्यौटआयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ ।

आजै हुने भनिएको मुद्दा दर्तामा समय अभावका कारण हुन सकेन् । बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शर्मालाई शुक्रबार अदालतमै उपस्थित गराउन आदेश दिएकाले अख्तियारले बिहीबार नै मुद्दा दर्ता गराउन चाहेको थियो । तर, समय अभाव भएको छ ।

शर्मालाई भोलि १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ । कर फछ्र्यौट आयोग परेका निवेदनहरुका आधारमाव्यवसायीलाई छुट दिँदा भ्रष्टाचार गरेको पाइएको भन्दै अख्तियारले शर्मालाई पक्राउ गरेको थियो ।

जेठ १९ मा पक्राउ परी अख्तियारको हिरासतमा रहेका चुडामणिलाई रिहाईको माग गर्दै पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्चले शुक्रबार चुडामणिलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

आन्तरिक राजस्व विभागका महानिर्देशकको हैसियतमा शर्मा आयोगको सदस्य सचिव थिए । हल आयोगका अध्यक्ष महत र सदस्य ढकालका नाममा अख्तियारले पूर्जी काटे पनि दुबै जना फरार छन् ।

 

...

बिहीबार, २९ असार, ०७४



प्रकाशित: २०७४ आषाढ २९
July 13th 2017

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार