
जुम्लाको स्थानीय तहमा साढे १८ करोड बेरुजु
निर्माण सञ्चार कर्णाली प्रदेश । जुम्लाका आठ वटा स्थानीय तहमा झण्डै साढे १८ करोड बजेट बेरुजु देखिएको छ ।
महालेखा परिक्षकको तथ्यांक अनुसार जुम्लाका आठै स्थानीय तहको गरी १८ करोड ४९ लाख ३२ हजार रकम बेरुजु देखिएको छ । कर्णालीको सबै भन्दा बेरुजु बढि देखिएको जिल्लाका रुपमा समेत जुम्ला परेको छ ।
जसमा सबै भन्दा बढि तिला गाउँपालिकामा ७ करोड ८७ लाख ४७ हजार रुपैया रकम बेरुजु निस्किएको छ । जुम्लाका एक नगरपालिका र ७ वटा गाउँपालिकामा मध्ये तिला गाउँपालिकामा सबैभन्दा बढि बेरुजु देखिएको हो ।
तिलाको पूजिगत र चालु गरी जम्मा २० करोड ३६ लाख विनियोजित भएको थियो । यसैगरी चन्दननाथ नगरपालिकामा ३ करोड ५२ लाख ६५ हजार, तातोपानी गाउँपालिकामा २ करोड १३ लाख ४८ हजार, हिमा गाउँपालिकामा १ करोड ६५ लाख ७९ हजार, बेरुजु निस्केको प्रतिबेदनमा उल्लेख छ ।
भने, सिजा गाउँपालिकामा १ करोड ५१ लाख ६४ हजार, गुठिचौर गाउँपालिका ७५ लाख ८६ हजार, पातारासी गाउँपालिका ६० लाख ५५ हजार रकनकासुन्दरी गाउँपालिका ४१ लाख ६८ हजार गरी जुम्लाका स्थानीय तहमा जम्मा साढे १८ करोड बढि बजेट बेरुजु निस्केको हो ।
भने, सबैभन्दा बढि तिलामा ७ करोड र कम कनकासुन्दरी गाउँपालिकामा ४१ लख बेरुजु छ । यहाँका जनप्रतिनिधिले स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेपछि सपथ ग्रहणका बेला गाउँपालिकालाई बेरुजु मुक्त गाउँपालिका बनाउने संकल्प गरेका थिए ।
तत्तकालिन जिविस हुँदा पनि करोडौ बेरुजु निस्कीन्थ्यो जुम्लामा । उनीहरुका अनुसार जेठ महिनाभित्र काम सकेर असारभित्र फरफारक गरिसक्ने लक्ष राखिएको थियो ।
सबै स्थानीय तहमा करोडका हिसाबले बेरुजु देखिएपछि भ्रष्टचारको सम्भावना बढेको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए । उनका अनुसार बेरुजु मुक्त पालिका बनाउने, नारा हराए जनप्रतिनिधि पनि पैसाको पछि लागेपछि परिणाम देखिएको व्यंगे गरे ।
असुल उपर र सैदान्तिक बेरुजुका बारेमा स्पष्ट हुन हुन सकेको छैन् । स्थानीय तहमा ठुलोे मात्रमा बेरुजु निस्कनु संघियता कार्यान्वयनको राम्रो पक्ष नभएको विज्ञहरुले बताएका छन् ।
सार्वजनिक खरिद ऐन अनुसार काम नहनु, गाउँपालिकाले मनपरी खर्च गर्दा मिलाउन नसक्नुले बेरुजले चुलि नाघेको बताए । राजनीतिक विश्लेषक तथा भ्रष्टचार विरुद्धका अभियान्ता ज्ञानेन्द्र शाहिका अनुसार, जम्मा बेरुजु बजेट ९८ प्रतिशत भ्रष्टचार हुने मलेपाको रिर्पोटले देखाएको बताए ।
जनप्रतिनिधि,उपभोक्ता मिलेर कर्णालीमा लुुट मच्चाएको उनको भनाई छ । भ्रष्टचार विरुद्धको अभियानमा कर्णाली पुग्दा कसैलेपनि साथ नदिएको उनको दुखेसा छ ।
कर्णाली भ्रष्चार अखडा भएको बताए । यता, गुठिचौर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज न्यौपानेले महालेखापरिक्षकले निकालेको बेरुजु रकमका बारेमा गाउँपालिकामा छलफल चलाउने जानकारी दिए ।
सैदान्तीक बेरुजुको असुल उपर गर्नु पर्ने बेरुजुका बारेमा महालेखाले पत्रचार गरेपछि छलफल गरेर बेरुजु फच्र्यौट प्रक्रिया अघि बढाईने बताए ।
भने, तिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धितालले बेरुजु बजेट आबश्यक छलफल गरेर फच्र्यौट प्रक्रिया अघि बढाईने जानकारी दिए ।
आठै स्थानीय तहमा विनियोजित भएको जम्मा १ लाख ५६ करोड ३९ लाख बजेट मध्ये १८ करोड ४९ लाख ३२ हजार बेजुरु निस्कीएको छ ।
सागर परियारको रिपोर्ट
...
बुधबार, २५ बैशाख, ०७६
प्रकाशित: २०७६ बैशाख २४
May 7th 2019
प्रतिक्रिया दिनुहोस्