नेपाली समय: ०५:०७:५१ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

पूर्वाधारमा पप्पुकै करामतः कर नतिरेपछि आयो ७ दिने अल्टिमेटम, २६ कम्पनीहरु कसले तिरेनन् कर ?

सोमबार, ६ जेठ, २०७६| निर्माण सञ्चार, काठमाडौं । पूर्वाधार क्षेत्रको कुख्यात नाम हो पुप्पु कन्स्ट्रक्सन । आफूले लिएका सडकदेखि पुल निर्माणसम्म फट्याइँ गरेको भन्दै भ्रष्टाचार अभियोगमा हरिनारायण प्रसाद रौनियार सांसद पदबाट निलम्बित छन् भने उनी सहित उनको छोरा सुमित रौनियार संलग्न पप्पु कन्स्ट्रक्सन फेरि अर्काे अभियोगमा तानिएको छ, कर मुद्दामा ।

तिर्नु पर्ने कर लामो समयदेखि नतिरेपछि पप्पु कन्ट्रक्सनसहित २६ कम्पनीको नाम आजैका मितिमा मध्यमस्तरीय कर कार्यालयले कर नतिर्ने कम्पनीका नाउँमा सूचना प्रकाशित गरेको छ ।

उनीहरुलाई आउने ७ दिन भित्र कर तिरिसक्न अल्टिमेटम दिई सूचना प्रकाशित भएको हो ।
सूचनामा भनिएको छ, ‘सम्बन्धित कम्पनीहरुलाई फोन सम्पर्क, पत्राचार, इमेल गर्दासमेत सम्पर्कमा नआएको’ भन्दै कर कार्यालय उक्त कम्पनीहरुलाई ७ दिन भित्र कर तिर्न समयादेश दिएको हो ।

बक्यौता कर दाखिला गर्न र दाखिला भएको भए प्रमाण पेश गर्न कार्यालयले ७ दिनको समयसीमा तोकिएको सूचनामा उल्लेख छ ।
अल्टिमेटम सहितको उक्त सूचनामा भनिएको छ, ‘७ दिनभित्र बक्यौता फरफारक नगरे आयकर ऐन, २०५८ को दफा १०४ देखि ११ सम्मको कुनै प्रक्रिया वा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ (१) बमोजिम बक्यौता रकम असुल उपर गरिने छ ।’

कर नतिर्ने २६ कम्पनीहरुमा कालिका प्यासिफिक जेभी, सोवर्ण निर्माण सेवा, भैरवी इन्टरप्राइजेज लगायत छन् ।

करकार्यालयले जारी गरेको सूचना र कर नतिर्ने कम्पनीहरु यसप्रकारका छन्—

 

 


 



प्रकाशित: २०७६ जेठ ६
May 20th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार