नेपाली समय: ०८:१२:४५ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

सम्पदा ‘धरोहर’- धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरु

सोमबार,  १४ ज्येष्ठ, निर्माण सञ्चार, काठमाडौं । वैशाख भूकम्पले ध्वस्त भएको सम्पदा ‘धरोहर’ धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरु भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले धरहराको पुनर्निर्माणको प्रगतिबारे जिज्ञासा राखेपछि यसको कामले तीव्रता लिएको हो ।

धरहरा पुनर्निर्माणको प्रगतिबारे निर्माणस्थलमै गई सिइओ ज्ञवालीले अवलोकन गरेका थिए । उनको पछिल्लो अवलोकन भ्रमणपछि धरहरा पुनर्निर्माणको प्रगति ‘राफ्ट फाउन्डेसन’ को कामबाट अघि बढिरहेको बताएका हुन् ।

सिइओ ज्ञवालीलाई धरहरा पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यसबारे जानकारी दिएका थिए ।
उनका अनुसार यतिबेला धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरु भएको छ ।

स्थानीयको अवरोध कायमै

प्रोजेक्ट म्यानेजर श्रेष्ठले निर्माण कार्य तालिकाअनुसार नै अघि बढेको तर निर्माणको कार्यमा स्थानीय समुदायबाट सहयोग प्राप्त नभएको पनि गुनासो गरेका छन् ।

धरहरा पुनर्निर्माणबारे जानकारी लिदै सिइओ ज्ञवाली
स्थानीयले कहिले काहिँ गर्ने असहयोगका बाबजुद धरहरा पुनर्निर्माण कार्य सन्तोषजनक गतिमा अघि बढेको प्राधिकरण सिइओ ज्ञवालीको भनाइ छ । सिइओ ज्ञवालीले प्राधिकरणले स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको र पुनर्निर्माणपछि सबैभन्दा बेसी फाइदा स्थानीय समुदायलाई नै हुने भएकोले पुनर्निर्माणमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।

०००



प्रकाशित: २०७६ जेठ १४
May 28th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार