नेपाली समय: ०८:१५:३२ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

मेलम्चीमा नयाँ कन्ट्र्याक्टरको खोजीः १० प्याकेजमध्ये ८ पुरानैलाई दिइने

आइतबार, १९ जेठ, निर्माण सञ्चार, काठमाडौं । दुई दशक लामो समय, साधन र स्रोत खर्चंदा पनि काम सम्पन्न नभएको मेलम्ची खानेपानी परियोजना सम्पन्न गर्न सरकारले नयाँ टेन्डर आह्वान गरेको छ ।

विदेशी कम्पनीमा विश्वास गर्दा मुलुक डुबेका केही उदाहरण मध्येको पछिल्लो कडीका रुपमा रहेको यस आयोजनालाई अब १० वटा प्याकेज अन्तर्गत कामको जिम्म दिइने भएको हो । 

त्यसमध्ये ८ वटा पुरानै स्थानीय निर्माण कम्पनीलाई दिइने गरी तयारी गरिएको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको हो । 

सिएमसी भागेपछि भूक्तानी तिर्न बाँकी रहेका स्थानीय पुराना भेन्डर (सब–कन्ट्र्याक्टर) हरुलाई नै बाँकी कामको पनि जिम्मा दिने र सिएमसीले नै गरेको जटिल कामका लागि भने नयाँ निर्माण कम्पनी मार्फत निर्माण सम्पन्न गराउने उद्देश्यका साथ आयोजनाले सूचना प्रकाशित गरेको आयोजनाले जनायो ।

नियमावलीको १४५ टेकेर नयाँ टेन्डर

मेलम्चीका काम विशेष परिस्थिति अनुरुप अघि बढाउने भन्दै दुई हप्ता अघि नै मन्त्रिपरिषद बैठकले  निर्णय लिएको थियो । 
त्यसका लागि कानुनी आधार दिने नियमावली हो १४५ । 

मन्त्रिपरिषद वैठकले नै यसरी रोकिएको काम सार्वजनिक खरिद नियमावलीको १४५ अनुसार बोलपत्र अघि बढाउन सकिने गरी बाटो खोलेपछि नयाँ टेन्डर भएको आयोजनाले बतायो ।

उक्त दफाले विशेष परिस्थितिमा खरिद कार्य गर्ने बारे व्यवस्था गरेको छ ।

गत पुस २ गते आफू टाट पल्टेको भनी सिएमसी भागेपछि करिब ९२ प्रतिशत भन्दा बढी काम सम्पन्न मेलम्ची खानेपानीको यतिबेला सबै काम ठप्प छ ।
सिएमसी भागेपछि सबकन्ट्र्याक्टरका रुपमा संलग्न कन्ट्र्याक्टर तथा सप्लायर्सहरु यतिबेला आन्दोलित छन् । उनीहरुलाई करिब डेढ अर्ब रुपियाँ भूक्तानी बाँकी छ भने भूक्तानी पाउन बाँकी कन्ट्र्याक्टर तथा सप्लायर्सहरु गरी ४० वटा रहेका छन्

सरकारले बाँकी सबै काम संशोधित सार्वजनिक नियमावलीको ‘१४५’ बमोजिम गर्ने भएको हो । ऐनको दफा ६६ बमोजिम उसले काम अघि बढाउने गरी २ कामका लागि नयाँ कम्पनी खोज्ने तयारी गरेको छ ।

बजेट कति ?

बाँकी काम सम्पन्न गर्न भन्दै सरकारले झन्डै २ अर्ब ५३ करोड लाग्ने अनुमान गरेको छ । 

आफ्नो नीति तथा कार्यक्रम मार्फत् आउने आर्थिक वर्ष भित्रै मेलम्चीको पानी काठमाडौं झारीसक्ने बताएको सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत् यस आयोजनाका लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएको छ । यद्यपि यो बजेट भित्र काठमाडौंमा पाइप बिच्छ्याउने लगायतका काम भने छुटाइएको छ ।

नेपाली सब कन्ट्र्याक्टर र सप्लायर्र्सलाई तिर्न बाँकी कति ?

गत पुस २ गते आफू टाट पल्टेको भनी सिएमसी भागेपछि करिब ९२ प्रतिशत भन्दा बढी काम सम्पन्न मेलम्ची खानेपानीको यतिबेला सबै काम ठप्प छ ।
सिएमसी भागेपछि सबकन्ट्र्याक्टरका रुपमा संलग्न कन्ट्र्याक्टर तथा सप्लायर्सहरु यतिबेला आन्दोलित छन् । उनीहरुलाई करिब डेढ अर्ब रुपियाँ भूक्तानी बाँकी छ भने भूक्तानी पाउन बाँकी कन्ट्र्याक्टर तथा सप्लायर्सहरु गरी ४० वटा रहेका छन् ।

सिएमसी भागेसँगै सरकारले उसको धरौटी जफत गरेको थियो । धरौटी बापत झन्डै डेढ अर्ब रुपियाँ सरकारले जफत गरेको हो भने आजका दिनमा पनि करिब १ अर्ब रुपियाँ बराबर औजारहरु रहेका छन् भने झन्डै एक अर्ब बराबरको स्टक मेटेरियलहरु रहेका छन् ।

सिएमसी आफूले भने ५० करोड रुपियाँ बजारमा तिर्न बाँकी रकम देखिन्छ । आन्दोलनमा रहेका नेपाली निर्माण कम्पनी तथा सप्लायर्सहरुले भने ३ दिन अघि मात्रै मेलम्ची खानेपानीको कार्यालयमै गएर आफूहरुको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

परियोजना प्रभावित क्षेत्रका सांसद तथा पूर्व कानुन मन्त्री शेरबहादुर तामाङको नेतृत्वमा गएका निर्माण व्यवसायी, स्थानीय तथा सप्लायर्सहरुले कार्यकारी निर्देशक सूर्यराज कँडेललाई आफ्ना मागहरु राखेको थियो ।

कँडेलले विदेशी कम्पनी भागेपछि स्थानीय भेन्डरहरुलाई भूक्तानी दिलाउनेबारे पर्याप्त कानुन नदेखिएको  बताएका थिए ।  सएमसी भागेपछि सरकारले नयाँ टेन्डर आह्वान गर्दै सूचना जारी गरेको हो ।

भेन्डरहरुको दबाब पछि सरकार उनीहरुसँग सकारात्मक भएझै देखिन्छ । तर सिएमसीले तिर्न बाँकी १ अर्ब ५३ करोड रुपियाँ भने अझै पनि अनिश्चित नै देखिएको छ ।

सम्बन्धित समाचार पढौं यो पनि

 

०००



प्रकाशित: २०७६ जेठ १९
June 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार