नेपाली समय: ०८:१३:०१ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

ज्योति विकास बैंकको नयाँ शाखा पोखराको तालचोक र लेकसाइडमा

निर्माण सञ्चार, २१ जेठ, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको नयाँँ शाखा पोखराको तालचोक र लेकसाईडमा संचालनमा ल्याएको छ । बैंकले कास्की जिल्लाको तालचोक र लेकसाईडमा नयाँ शाखा संगै सात स्थानबाट एटिएम  सेवा संचालनमा ल्याएको हो ।

पोखरा महानगरपालिका वडा नं २७ मा रहेको तालचोक शाखा र वडा नं ६ मा रहेको लेकसाईड शाखाको  औपचारीक कार्यक्रका प्रमुख अथिति नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेल तथा बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले संयुक्त रुपमा बैंकको शाखा उद्घाटन गरेका हुन ।

बैंकले कास्कीको तालचोक र लेकसाईड, कञ्चनपुरको महेन्द्रनगर, सुनसरीको धरान, ललितपुरको चापागाँउ र काठमाडौंको गोगंबु र महाराजगंज गरी ७ स्थानमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । हाल बैंकको ९७ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ३२ वटा एटिएम मार्पत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने आगामी वर्षमा थप ४ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

 साथै बैंकले यस आर्थिक बर्ष भित्रनै अन्य थप १५ स्थानबाट समेत एटिएम सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।हालसम्म बैंकले २ लाख ३२ हजारभन्दा बढि खाताबाट  २७ अर्बभन्दा बढि निक्षेप संकलन गरी १९ हजारभन्दा बढि ऋणी मार्फत २४.५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले बताए ।

उनले भने, बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरेपश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुगेर चुक्ता पुँजीको हिसावले देशकै ठुलो विकास बैक बन्न सफल भएको छ ।

OOO

फ्रन्ट फेस कभरेज हेर्न यहाँ क्लिक गर्नुहोला

 



प्रकाशित: २०७६ जेठ २१
June 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार