नेपाली समय: ०१:३३:०४ अपरान्ह
वि.सं २०७६ मंसिर २७   शुक्रवार

कैलाली हावाहुरी अपडेटः मृत्यु हुनेको संख्या २ पुग्यो, सय बढी घाइते !

निर्माण सञ्चार, २४ जेठ, टीकापुर । बिहीबार राति आकस्मिक रुपमा आएको हावाहुरीका कारण कैलालीको टीकापुरमा ज्यान जानेको संख्या २ पुगेको छ ।

हावाहुरीले मृत्यु हुनेमा टीकापुर नगरपालिका वडा–२ राजीपुरका ५१ वर्षीय लहानु चौधरीको मृत्यु भएको छ । सबैभन्दा पहिलो मृत्यु हुने उनी नै रहेका छन् । पोल्ट्री फर्मको पर्खाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको हो ।

त्यस्तै, हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरीको पनि ज्यान गएको प्रहरीले जनाएको छ । 

निर्माण संवाददाताका अनुसार जिल्ला प्रहरी कार्यालय, कैलालीले हावाहुरीका कारण घाइते हुनेहरुको संख्या हालसम्म ८६ जना एकिन भएको बताएको छ । तर, घाइतेको संख्या सय बढी नै पुग्न सक्ने आँकलन गरिएको छ ।

घाइतेको यतिबेला धनगढी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते मध्ये एकलाई नेपालगञ्ज अस्पताल पठाइएको प्रहरीले बतायो ।हुरीको वितण्डाले सयौं घरहरु उठिबास भएका छन् भने घाइते हुनेको संख्या सय बढी रहेको अनुमान छ ।
०००

 

Go to front face of the site to see more effectively 



प्रकाशित: २०७६ जेठ २४
June 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार