नेपाली समय: ०८:१७:५७ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

सनराइज बैंकमा प्रमुख कार्यकारी निर्देशक बने, ‘निरज श्रेष्ठ’

निर्माण सञ्चार, २४ जेठ, काठमाडौं । एक वर्ष अघि माछापुच्छ्रे बैंक छाडेका निरज श्रेष्ठलाई सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समिति वैठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो।

यस अघि आफ्नो अवधिभर काम गरेर रत्नराज बज्राचार्य बाहिरिएपछि बैंकले श्रेष्ठलाई नियुक्त गरेको हो। 

श्रेष्ठको बैंकिङ करिअर

केही समयअघि माछापुच्छ्रे बैंकमा कार्यरत श्रेष्ठ आफ्नो कार्यकाल पुरा नहुँदै राजिनाबाट बाहिरिएका थिए । उनले एक वर्ष अघि सो बैंक छाडेका थिए ।

हालको स्ट्यान्डर्ड चार्टर्ड (तत्कालीन नाम ग्रिन्डलेज) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका उनले पछि केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए ।

उनी २०७१ सालको भदौमा एनआईसी एसिया बैंकको महाप्रबन्धक छोडेर ग्लोबल आइएमइ गएका थिए। करियरको सुरुवातमा १३ वर्ष ग्रिनलेजमा काम गरेका श्रेष्ठ 
त्यतिबेला एस फाइनान्स (हाल एस डेभलपमेन्ट बैंक) को व्यवस्थापन प्रमुखका रुपमा पनि रहेका थिए ।

एनआइसी र एनआइसी एसियामा सेकेन्ड म्यानको रुपमा ९ वर्ष बिताएका थिए। ग्लोबल आइएमइ जानु अघि उनी एनआइसी एसिया बैंकमा बिजेनेश बैंकिङका  महाप्रबन्धक भएर काम गरे ।
 

 

०००



प्रकाशित: २०७६ जेठ २४
June 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार