नेपाली समय: ०८:१२:०३ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

थाल माझ्नेदेखि होटेल मालिकसम्मः यसरी बने एउटा भरिया, हाटेल व्यवसायी

निर्माण सञ्चार, २४ जेठ, काठमाडौं । जुम्लाका टप हाटेल व्यवसायीहरुकाे दर्जामा पर्ने नुर्वु लामा एउटा नाम हो । केही समय अगाडी भारी बोकी त कहिले भाडा माझेर गुजेरा गरीरहेका लामा अहिले सफल प्रतिष्ठित व्यवसायी बन्न सफल रहेका छन ।

लामाले भने, सानैदेखि दुख गर्दै अगाडी बढ्ने कोशिश गरिरहे पाँच वर्ष पोखराको होटलमा भाडा माझे, ४ वर्ष भारतका गल्लीहरुमा भारी बोक्दै समय बिताए र १५ वर्ष भारतका विभिन्न स्थानमा पर्यटकहरुको गार्ड काम गरेको बताए । लामाले आफु जुम्ली भनेर चिनाउन पाउन नै आफनो लागि गर्वको कुरा रहेको उनको भनाई छ । 
  

१५ वर्षको उम्मेरमा बिबाह गरी घरको जिम्मेवारी काँधमा लिइ पैँशा कमाउन घरबाट निष्कीएका नुर्वु लामा (जुम्ली) झण्डै ६ दशक पछि एक कुशल होटल व्यवसायी बन्ने सपनाका साथ फर्किएका थिए ।

जीवनका दशौकौ वर्ष होटलका भाडा माझ्ने देखि भारी बोक्ने र पर्यटकहरुको गार्ड, बनेर विभिन्न स्थानमा घुमाउन जाँदा नै आफुलाई होटल खोलेर जुम्लामा पर्यटकहरुलाई सेवा गर्ने सपना पलाएको लामाले बताए ।

उपयुक्त समय र परिस्थितको पखाईमा थिए उनले भने, आफुले चाहेको जस्तो सुविधासम्पन्न, आन्तरिक तथा बाह्य पर्यटकहरुले रुचाउने खालको होटल खोल्न आर्थिक अबस्था पुग्ने अबस्था थिएन, पहुँच नहुदा घरजग्गाा राखेर ऋण पाउने अबस्था नभएको बताए ।

जागर र सिप सबै भएपनि केहि वर्ष आर्थिक अभावमा भौतारिएका लामाले  जुम्लामा पर्यटकहरुको बढ्दो चपहलपहलाई मध्य नजर गर्दै उनले २०६८ सालमा (कान्जिरोवा टुरिजम होटल प्राईभेट लिमिटेड) नामक होटल खोले ।

स्थायी घर गुठिचौर भएका नुर्वु र उनका भाई झ्याम्बल लामाले  निकै संघर्षका साथ चन्दननाथ नगरपालिका १ विमानस्थल नजिक सुविधासम्पन्न होटल खोले । विशेष गरी पर्यटकहरुको सुविधाका लागि भन्दै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उनले निकै कसरत गरे ।

सोहि अनुुसार कान्जिरोवा टुरिजम होटल हाल जुम्लाको एक मात्रै आन्तरिक तथा बाह्य पर्यटक तथा (भिआईपी) हरुको लागि उपयुुक्त होटलका रुपमा स्थापीत भएको मालिक नुर्वु लामा (जुम्लीको दाबी छ । 
आठ करोड बढि लगानी

सुन्दा आठ करोड गन्दा कति ? कमाउन कति लाग्ला ? सजिलै पनि कल्पना गर्न सकिन्छ । वित्तिय तथा बैक हरुले ऋण नपत्याईरहेको अबस्थामा आफुलाई दियालो सहकारी संस्था ठुलो गुन लगाएको बताउँछन् ।

 होटल संचालनको नसा पसिसकेको थियो, कतिले करोडौ ऋण दिएर कसरी असुल्ने होला, ऋण फस्छ होला भन्दै ऋण दिएनन, तर मलाई दृढ विश्वास थियो, म सफल हुन्छु भन्ने उनले थपे, सोहि अनुसार दियालो सहकारीबाट ऋण पाए, तर झण्डै १६ रोपनी जग्गा ४० लाखमा खरिद गरे ।
 
अहिले तातो चिसो पानी याटेज बाथरुम सहित सुविधा भएको १६ कोठे दुई भवन करोडौमा निर्माण गरी पर्यटकहरुको सेवामा लागेको बताए । निकै नयाँ मोडलको भवन छ ।

पुन अर्को भवनमा बार,रेष्टुरेन्ट, कन्फ्रेन्स हल, फाहेर प्यालेस, रिस्वईसन सहित सेवा भएको भवन निर्माण तयारीमा रहेको छ । सदरमुकाममा नियमित बत्ति नभएपनि ज्यानेरेटरबाट सबै कोठामा गिजर सहितको सेवा राखिएको छ । जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटक तथा विशिष्ट व्यक्तिको बसाई जहिले पनि कान्जिरोवामै हुन्छ । 

देशका शिष्टि नेता पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल स्वर्गीय रविन्द अधिकारी, लगायत विभिन्न नेताहरु संग पनि बलियो परिचय भएपछि होटल व्यवसाय सफल बन्दै गएको उनको भनाई छ ।

अझै पनि करोडौको लगानीमा गुठिचौरमै रिर्सोट खोल्ने तयारीमा जुटेको उनले बताए । जुम्लामै पाईने ढुगाँलाई आधुुनिक प्रविधि प्रयोग गरेर मेसिन बाट काटेर निकै आर्कषक शैलीमा निर्माण गरिएको भवन जुम्लाकै महंगो तथा सुविधा सम्पन्न होटलमा रुपमा स्थापीत भएको छ । 

होटलमा मासिक दुई सय पाहुना

जिल्ला भित्रका सेमिनार गोष्ठी त दैनिक जसो भएकै हुन्छन् । भने केन्द्र तथा प्रदेश स्तरबाट आउने मन्त्री देखि सांसद तथा विशिष्ट नेताहरु आउँदा छलफल तथा बहस कान्जिरोवा होटलमै हुन्छ ।
 कान्जिरोवा होटलको सेवाकै कारण सबैको रोपाईमा कान्जिरोवा होटल परेको छ । ३० वर्ष नेपालमा र १५ वर्ष भारतमा पर्यटकको गार्ड हुँदा गरेका अनुभवलाई जुम्लामा कार्यान्वयन गरेपछि बाह्य तथा आन्तरिक पर्यटकको रोपाईमा कान्जिरोव परेको मालिक नुर्वु लामाको भनाई छ । 

उनका अनुसार कुनै व्यवसाय स्वच्छ प्रतिष्प्रधा हुनु पर्दछ । विगतका दिनमा ऋण दिए फस्छ की भन्नेहरु हिजो आज आफुलाई सहयोग लिने मेरै होटलमा आएर खाजा नास्ता खाने, र सयौका हिसाबले आउने पाहुनाको ताती हेर्दै छक्क पर्ने गरेको उल्लेख गरे । दैनिक रुपमा जिल्ला स्तरमा हुने कार्यक्रम तथा आन्तरिक पर्यटक छोडेर मात्रै महिनामा दुई सय बढि बाह्य पर्यटक आउने गरेका छन् ।

(अमेरिका, अष्ट्लिया, जर्मनी, पाकिस्तान, भारत) लगायतका देशहरुबाट पर्यटक आउने गरेका छन् । एक पटक आएका पर्यटक फेरी अर्को पल्ट आउँदा अगाडीनै बुकिङ गराउने गरेका छन् । कर्णालीमा २०७५ मा रारा पर्यटन वर्ष शुुभारम्भ गरे संगै पर्यटक हरुको आगमन बढेको छ । तर सुरक्षित कर्णाली राजमार्ग तथा पदमार्गहरु नहुँदा अझै पर्यटक आउन नसकेको बताए । जुुम्ला आउने प्याकेज गर्ने पर्यटकहरुको बसाई कान्जिरोवा बाहेक अन्त हुदैन् ।
 
कुनै बेला ऋण नपाएर होटल संचालनमा आएको बाधा सम्झीन्दा अहिले नुर्वु निकै भावुक हुन्छन् । बिन्ती गर्दा पनि ऋण पाईन, जुम्लामा होटल व्यवसायको सम्भावनालाई अबसरमा बदल्न खोज्दा पनि पाईएन, तर निकै मेहनत तथा संर्षघका साथ अहिले वर्षमा करोडौको कारोबार गर्ने अबस्थामा पुगेको भन्दै खुसी व्यक्त गरे ।

 पहिला सिधै डलरमा कारोबार गर्थे, तर पछिल्लो समयमा भने नेपालीमै कारोबार गर्दछु । उनले भने, सिजनल रुपमा व्यापार घट्ने बढ्ने हुन्छ । तर  अरुको तुुलनात्मक हिसाबले कान्जिरोवाको कमाई सन्तोषजनक भईरहेको छ । होटल संचालनका लागि ल्याएको करोडौको ऋण मध्य अहिले २२  लाख मात्र ऋण बाँकी छ ।
  
तर  वार्षिक रुपमा ७५ लाख बढिको कारोबार हुने गरेको छ । भने आम्दानी ४० लाख जति हुन्छ । ८ जना कामदारलाई तलब, पानी बत्ति, केबुल, गाडीको ईन्धन, खाद्यन्न खर्च लगायत अन्य कुरामा खर्च हुन्छ । 

कान्जिरोवा होटलका आर्कषण

बाहिरी स्वरुप आधुनिक शैलीको  भएपनि भित्रको  बनाट निकै कलात्मक छ । सोफा, कुर्ची, दराज देखि पर्खालको सजावट निकै आकर्षक छ । काठबाटै निकै आकर्षक सजावट गरिएको छ । भने खानामा अर्गानिक मार्सीको भात, सिमिको दाल, घोडामच्चो हालेको चिया, पाईन्छ । जो पर्यटक निकै रुचाउने गर्दछन् । 

त्यस्तै, होटलको वरिपरिको वाताबरण पनि निकै फराकिलो रमाई छ । कहिले होटल प्याक भएको बेला बाहिर चौरमै टेन्ट हालेर पनि बस्नछन् । भने तिला नदीको  तीरको सितल शिर सिर बतास, छेउमै मार्सीका खेत, तथा बारीपटी आखामै देखिने झयाम्म परेको जंगल, स्याउका बगैचाले पर्यटक मन्न झ्टै तान्छ ।

जसले गर्दा कान्जिरोवा होटलमा आन्तरिक तथा बाह्य पर्यटकको समेत आर्कषण बढ्दै गएको छ ।दुुख कष्टका साथ भोक निद्रा नभनी सफलतामा पुगेको नाम र  एक संघर्षशील प्रेरणदायी व्यक्ति हुुन् जुम्लाका नुर्वु लामा (जुुम्ली) सफल व्यवसायी हुन् ।
 

 



प्रकाशित: २०७६ जेठ २४
June 7th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्