नेपाली समय: ०८:०९:३४ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

दशै दिनमा बुझायो विधान उपसमितिलेः युवा संगठनको विधानमा कति हुने छन् केन्द्रीय समिति सदस्य ?

निर्माण सञ्चार, २४ जेठ, काठमाडौं । दुई युवा संगठनको एकतापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संगठनले आफ्नो विधान तयार पारेको छ ।

विधान मस्यौदा उपसमितिले आज विशेष समारोहमा संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ सहित सह–संयोजक रमेश पौडेललाई उक्त मस्यौदा पार्टी कार्यालय पेरिसडाँडामा बुझाएको हो ।
जिम्मा दिइएको दशै दिनमा उक्त काम तमाम गरेको उपसमिति सदस्य तथा युवा नेता रमेश आचार्यले जानकारी दिए ।

निर्माण सञ्चारसँग बोल्दै नेता आचार्यले भने, ‘हामीलाई नेतृत्वले १० दिन अघि यो जिम्मा सुम्पिएको थियो । आज सम्पन्न गरी बुझाएका छौं । अबको बल नेतृत्वकै कोर्टमा पुगेको छ ।’

उपसमितिमा पूर्व युवा संघका महासचिव नरेश शाही, सचिव रमेश आचार्य, उपाध्यक्ष वचन बहादुर सिंह सहति पूर्व योङ कम्यनिस्ट लिगबाट सुबोध सेर्पाली र ज्ञानेन्द्र गुरुङ रहेका थिए ।

विधान अनुसार युवा संघको केन्द्रीय समितिमा अब २५१ सदस्य रहने छन् । त्यस्तै, केन्द्रीय  समिति मातहत रहने प्रदेश, जिल्ला र स्थानीय तहका किमिटीहरुको संरचना र संख्या समेत किटान गरेको छ ।

०००
 



प्रकाशित: २०७६ जेठ २४
June 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार