नेपाली समय: ०५:२४:१० बेलुका
वि.सं २०७६ आषाढ १   आइतबार

जब नेताहरु पहेँलो ‘हेल्मेट’मा बने मजदुरः ७ सयलाई रोजगारी दिने गरी सुरु भो ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’

निर्माण सञ्चार, २४ जेठ, काठमाडौं । बहुप्रतीक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि लागू भएको सरकारले घोषणा गरेको छ ।
भक्तपुरको सुर्यविनायकबाट श्रीगणेश गरिएको उक्त कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर सुरु भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिएका युवाहरुलाई साबेल दिएर कार्यक्रमको उद्घाटन गरिएको थियो । जहाँ युवा नेता महेश बस्नेतदेखि कार्यक्रमा जोडिएका दर्जनौं युवाहरुले हातमा साबेल र टाउको सेफ्टी हेल्मेट लगाएर प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको पहिलो चरणमा  भक्तपुरमा रहेका ३ वटै नगरपालिकामा लागू गरिने छ । 
कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई गरिब नै बनाइरहने षडयन्त्र भएको भन्दै त्यस्ता षडयन्त्र चिर्न प्रधानमन्त्री रोजागर कार्यक्रम ल्याइएको बताए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार र स्वावलम्बी बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ ल्याएको बताए ।  

भक्तपुरका उक्त ३ नगरपालिकाबाट ७ सय बेरोजगार युवाले रोजगारी पाएका छन् । यहाँ बेरोजगारको डाटा संलकन गर्दा १ हजार ५ सय युवाले बेरोजारको सूचीमा नाम दर्ता गराएका थिए । 

सडक उद्घाटन

प्रधानमन्त्री ओलीले सुवर्ण चोकदेखि तीनधारा जाने सडकको पनि उद्घाटन गरेका छन् । 

राजनीतिक रुपमा भक्तपुरमा उदाउदै गरेका नेकपा नेता महेश बस्नेतको प्रभावका कारण भक्तपुरका चारवटा नगरपालिका सहभागी गराउने भनिएको सो कार्यक्रममा भक्तपुर नगरपालिकाको उपस्थिति भने नभएको देखियो ।
 

 

०००



प्रकाशित: २०७६ जेठ २४
June 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार