नेपाली समय: ०८:१८:०७ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

ठमेलमा एकाएक नयाँ माहोलः तिनै व्यावसायिक संगठनले संयुक्त अपिल मार्फत् भने, ‘हाम्रो समर्थन अर्जुनलाल समूहलाई’

निर्माण सञ्चार, २४ जेठ, काठमाडौं । यसै त राभर जागै बस्ने ठमेल यतिबेला पर्यटन विकास परिषद् (टिटिडिसी) को २४ औं साधारण सभा चुनावी माहोलले तातेको छ ।
माहोल तताउने कारण बनेको छ अर्जुनलाल प्रधान समूहका पक्षमा ठमेलका तिनवटै व्यावसायिक संगठनहरुको संयुक्त अपिल ।

नयाँ कार्यकारिणी समितिका लागि शनिबार दिउसो हुने निर्वाचनको पूर्व सन्ध्यामा आएको उक्त संयुक्त अपिलले मतदाताहरु बीच रहेको अन्योल समेत चिर्दै स्पष्ट रुपमा भिजन तथा लगाब भएको नेताका पक्षमा मतदान गर्न अपिल गरेपछि अन्य प्रतिस्पर्धीहरुमा समते त्यसले नयाँ तरंग ल्याएको छ ।

चुनावको अघिल्लो साँझ नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, नेपाल पर्यटन व्यवसायी संगठन, पर्यटन व्यवसाय संगठन नेपालले संयुक्त अपिल मार्फत् आफूहरुको समर्थन अर्जुनलाल प्रधानको समूह रहेको भन्दै पर्यटकीय नगरी ठमेलको भविष्यका लागि प्रधान समूहलाई मतदान गर्न अपिल गरेको हो ।

संयुक्त वक्तव्यमा राष्ट्रिय पर्यटन व्यावयासी संगठनका अध्यक्ष मदनकुमार आचार्य, पर्यटन व्यावसाय संगठन, नेपालका अध्यक्ष सीताराम सापकोटा र नेपाल पर्यटन व्यावसायी संगठनका संगठन विभाग प्रमुखहरुले हस्ताक्षर गरेको विज्ञप्ति मार्फत् यस्तो अपिल आएको हो ।

प्रकाश नरसिंह भागेपछिको अन्तिम विकल्प बने प्रधान

परिषद्को साधारण सभा अगावै सर्वसहमतिमा नेतृत्वलाई अन्तिम रुप दिने भन्दै संस्थापक तथा पूर्व अध्यक्षहरुले अन्तिम समयसम्म एकताको पहल गरेका थिए ।

त्यो कामका लागि नेपाल पर्यटन व्यवसायी संगठनका तर्फबाट नवराज पाण्डे, राष्ट्रिय पर्यटन व्यवसायी संगठनका तर्फबाट पूर्णबहादुर कुँबर र पर्यटन व्यवसायी संगठनको तर्फबाट राजेन्द्रप्रसाद सापकोटाको संयुक्त कार्यदल बनेको थियो । 

अन्तिम समयमा अन्य पक्षले सहमति तोड्दै आ–आफ्नो उम्मेदवारी दर्ता गराएपछि सहमतिका लागि आशा गरिरहेको स्थानीय व्यवसायीहरु निराश बने । 

यही सन्दर्भमा अर्जुनलाल प्रधान सबैको नेताका रुपमा अघि सारिएको सन्दर्भ उक्त संयुक्त अपिलमा पनि उल्लेख छ ।

‘सहमतिमा ‘धोका’ दिएर भाग्ने व्यक्ति हुन् प्रकाशन नरसिंह राणा,’ एक व्यवसायीले भने, ‘सुरुदेखि नै उनलाई अघि बढाउने भनियो तर, अन्तिममा कसैको डर र भरमा परेर, कसैले ढोका थुनेर कतै राखेकै भरमा उनले परिषद्मा हुन मिलिजुली माहोला बिगार्ने काम गरे ।’

उनका अनुसार यसरी भागेर सहमति तोडेपछिको अन्तिम विकल्प बनेका हुन् प्रधान । त्यसैले प्रधान सबैको विकल्प हुन् भन्ने हामीलाई लाग्छ ।’

यसरी तातेको ठमेल पर्यटन विकास परिषद्को चुनावी माहोललाई एउटै अपिलले नयाँ मोड दिएको हो ।

यतिबेला ठमेललाई अन्तराष्ट्रिय पर्यटकीय गन्तव्य निर्माण गर्ने अठोटका साथ अर्जुनलाल प्रधान प्यानललाई जिताउन नेकपा समर्थक, नेपाली काँग्रेस तथा राप्रपा समर्थकहरु समेत लागिपरेका छन् ।

शनिबार २५ गते हुने निर्वाचनको मैदानमा अर्जुनलाल प्रधान, प्रकाशनरसिंह राणा र समीर गुरुङले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
यो परिषद्को २९ वर्षीइ इतिहासमा २४ औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन हुन लागिरहेको हो ।

 

प्रधान समूहमा को को कुन पदमा ?

बिहीबार परिषद्को लागि युवा व्यवसायी अर्जुन लाल प्रधान समूहको उम्मेदवारी घोषणा गरिएको छ । तीन दसकअघिदेखि ठमेललाई केन्द्र बनाएर सक्रिय प्रधानको समूहको उपाध्यक्षका उम्मेदवारहरुमा महेश महर्जन, टासी गुरुङ र पाल्साङ्ग गुरुङ छन् ।

महासचिवमा सहदेव धमला (विमल), सचिवमा बद्रीप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा पुण्यराम लागेजु छन् । यसैगरी सदस्यहरुमा गोपाल गुरुङ, नरेन्द्रबहादुर श्रेष्ठ, रहेन्द्र प्रसाद प्रधान, कुन्साङ्ग दोर्जे लामा, विनोद श्रेष्ठ, र राजनप्रसाद कडेँल छन् ।

अध्यक्षका उम्मेदवार प्रधानले ठमेललाई थप सफा, सुरक्षित, व्यवस्थित, सुन्दर बनाउनका लागि आफूहरुले उम्मेदवारी दिएको बताए । उनले भने, ‘हामी बोलीमा होइन काममा ठमेललाई परिवर्तन गर्न चहान्छौं ।’ 

अर्जुनलालका एजेन्डा

ठमेललाई थप सफा, सुरक्षित, व्यवस्थित, सुन्दर बनाउनका लागि आफूहरुले उम्मेदवारी दिएको बताँउछन् । उनले भने,  ‘हामी बोलीमा होइन काममा ठमेललाई परिवर्तन गर्न चहान्छौं ।’

उनको पहिलो सपना हो, ठमेललाई नेपालकै सुरक्षित शहर बनाउने । स्थानीय प्रशासन, प्रहरी र स्थानीय व्यवसायीहरुको समन्वयबाट त्यो सम्भव हुने उनी बताउँछन् । भन्छन्, ‘जो जति बेला गएपनि ठमेल सुरक्षित छ भन्ने हामी स्थापित गर्न चहान्छौं ।’

यसको लागि साझा संस्थाको हिसाबले टिटिडिसीले समन्वय गर्न सक्ने उनको भनाइ छ । भन्छन्, ‘ठमेललाई हामी यस्तो सुरक्षित, सफा, व्यवस्थित र सुन्दर बनाउन चहान्छौं, की मान्छेहरु यहाँ आएको बेला आफ्नो सारा दुःख भुलोस् । मान्छेहरुको लागि यो सहर सबै सुविधा पाउने एउटा पूर्ण सहर बनोस् ।’

भन्छन्, ‘जो जति बेला गएपनि ठमेल सुरक्षित छ भन्ने हामी स्थापित गर्न चहान्छौं ।’ यसको लागि साझा संस्थाको हिसाबले टिटिडिसीले समन्वय गर्न सक्ने उनको भनाई छ । 
उनी भन्छन्, ‘ठमेललाई हामी यस्तो सुरक्षित, सफा, व्यवस्थित र सुन्दर बनाउन चहान्छौं, की मान्छेहरु यहाँ आएको बेला आफ्नो सारा दुःख भुलोस् । मान्छेहरुको लागि यो शहर सबै सुविधा पाउने एउटा पूर्ण शहर बनोस् ।’

दोस्रो उनको सपना हो, ठमेललाई व्यवस्थित बनाउने । भन्छन्, ‘बिजुली, इन्टरनेट र अनेकौं प्रकारका तारहरुले ठमेलको सौन्दर्य नै गुमेका छ । यसको व्यबस्थापन गर्न चहान्छौं ।’

ठमेलका हरेक घरहरुमा फरक फरक पसल छ । इन्टरनेटका तारहरु पसलै पिच्छे टाँगिएका छन् । सबैले अलग अलग तारमा इन्टरनेट ल्याउनु भन्दा ठमेललाई नै वाइफाई फ्रि जोन बनाउने उनको योजना छ । भन्छन्, ‘यो गर्न सम्भव छ ।’

यस्तो छ प्रधानका पक्षमा तिन संगठनको संयुक्त अपिल–

तिन संगठनको संयुक्त अपिल
यसो गर्न सकिए ठमेललाई कुरुप बनाइरहेको तारको व्यबस्थापन हुने उनको बुझाइ छ ।

ठमेलमा शान्ति सुरक्षाको उचित व्यवस्थापन, ट्राफिक र पार्किङको दीर्घकालीन व्यवस्थापन, फोहोरमैला व्यवस्थापनका लागि आफ्नो फरक योजना रहेको अर्जुन बताउँछन् । 

ठमेल क्षेत्रको म्यापिङ सही ढंगले गर्न, पर्यटक सूचना केन्द्र, ध्वनी प्रदुषण नियन्त्रण, सडक र सडक बत्तीको व्यवस्थापन, ढल निकास र खानेपानीको दिर्घकालीन समाधान, घरधनी र व्यावसायीबीचको सम्बन्ध सुधार, सल्लाहकार समिति, सडक बालबालिका, मगन्ते र सडक व्यापारीको दिर्घकालिन समाधान गरी भिजिट नेपाल २०२० लाई सफल पार्ने योजना रहेको उनले बताए । 

अर्जुन लाल प्रधान समुहको प्रतिवद्धताः ‘सुरक्षित ठमेलः व्यवस्थित ठमेल’

शान्ति सुरक्षाको उचित व्यवस्थापन
ट्राफिक र पार्किङको दिर्घकालिन व्यवस्थापन गर्ने
ठमेल बजारको म्यापिङलाई व्यवस्थित गर्ने
‘ठमेल विकास सकारात्मक सन्देश’ भन्ने नारा अघि बढाउने
पर्यटकका लागि सूचना केन्द्र, पर्यटकमैत्री सूचना प्रविधिको बिकास गर्ने
ध्वनी प्रदुषण कम गराउने
सडक र सडक वत्तिको उचित व्यवस्थापन गर्ने
फोहोर व्यवस्थापन, ढल निकास, खानेपानीको दिर्घकालिन व्यवस्था, घरधनी र व्यवसायीबीच सुमधुर सम्बन्ध
सल्लाहकार समिति गठन
सडकमा मगन्तेहरुलाई सही व्यवस्थापन
नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने
व्यवसायीहरुको व्यवसाय सुरक्षाकालागि पहल गर्ने र मापदण्ड बनाउने
ठमेल क्षेत्रको सम्पदाको संरक्षण र सम्वर्द्धन गर्ने

००० 

पढौं यो पनि

Go to the Front Face of the Site, Click here

 

 



प्रकाशित: २०७६ जेठ २५
June 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार