नेपाली समय: ०८:१८:२३ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

कर्णालीको पञ्चवर्षीय पर्यटन गुरुयोजनाः पूर्वाधार निर्माण र पर्यटन क्षेत्रमा सम्भावनाको खोजी

निर्माण सञ्चार, २६ जेठ, जुम्ला । कर्णाली प्रदेश पर्यटनका दृष्टिकोणले निकै सम्भावना भएको प्रदेश हो । कर्णालीको धार्मिक, सास्ंकृति, प्राकृतिक तथा जैविक, ऐतिहासिक विविधताले गर्दा पर्यटनको लागि प्रचुर सम्भावना रहेको छन् । यहाँ जो कोहीको मन लोभ्याउने सक्ने रारा ताल, सेफाक्सण्डु ताल लगाएतका मनोरम दृष्य जसको अवलोकनका गर्न देश–बिदेशबाट लाखैँ मान्छे आउने गर्दछन् । 

कर्णाली प्रदेश हेर्दा जतिको विकट छ त्यती नै प्राकृतिक सैन्र्दयले भरिपूर्ण पनि छ । यहाँ विश्वको अग्लो स्थानमा धान फल्ने छुमचौर देखि अर्गानिक उत्पादनको हब समेत कर्णालीलाई मानिन्छ ।

मुगुको राराताल, हुम्लाको मानसरोवर, डोल्पाको सेफोक्सण्डु, सुर्खेतको काक्रेबिहार, बुलबुले देउती बजै, जाजरकोट दरबार, जुम्लाको सिंजा सभ्यता, चन्दननाथ, कालिकोटको पचाल झरना, लगायतका यी पर्यटकिय गन्तव्यको मुख्य ठाउँ मानिन्छन् । 

यती मात्र नभएर कर्णाली प्रदेमा यस्ता रमणीय दृष्य धेरै छन, तर भित्रै लुकेर रहेको ओजेलमा रहेका कर्णालीको धार्मिक सांस्कृति पर्यटकिय सम्भावना, पर्यापर्यटन, प्राकृतिक तथा जैविक पर्यटन सबै संरक्षणको पखाईमा छन् । 

जुन सम्भावना हेर्न पर्यटक बढि ईच्छुक रहेको अध्यनले देखाएको छ । ताल तलैया हिमाल भन्दा पनि बाह्य पर्यटकले रैथाने संस्कृती चाल चलन, धार्मिक पर्यटनमा जोड दिएको पर्यटन मन्त्रालयको अध्यनले बताएको छ ।

 कुनै सम्भावनाको खोज अनुसन्धान नहुँदा आजेलमा परेका छन् भने, कुनै सम्भावनाहरुमा आबश्यक पुर्वाधार निर्माण नहुँदा लक्ष्य अनुसारको पर्यटक आउन सकेका छैनन् । उदाहरणका लागि कर्णाली रारा पर्यटन वर्ष उद्घाटन पश्चात पुर्वाधार अभावकै कारण लक्ष्य अनुसारका पर्यटक आउन सकेन र २०१८ को तथ्यांक विदेशी पर्यटक रारामा ३ सय मात्रै आएको देखिन्छ ।

पर्यटकिय सम्भावना तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण र प्रर्बद्धनका लागि कर्णाली प्रदेश सरकारले दश वर्षे भिजन सहितको पाँच वर्षे पर्यटन गुरुयोजना निर्माण गर्न थालेको छ । 

पुर्वाधार निर्माण तथा नयाँ पर्यटकिय गन्तव्य खोजी कार्यमा जोड दिदै उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालय कर्णाली प्रदेशले कर्णालीका दश वटै जिल्लामा पर्यटन पञ्चबर्षिय गुरुयोजना तयार गरिरहेको पर्यटन मन्त्रालयका सचिव शेर रोकायाले बताए । उनका अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा गएर पर्यटन गुरुयोजना निर्माण गर्ने, नयाँ गन्तव्यको खोजी गरि प्रर्बद्धनमा जोड दिने उल्लेख गरे । 

जुम्लाको पर्यटन गुरुयोजना 

कर्णालीका सबै जिल्लाका पर्यटन सम्भावनाको दिगो विकास तथा पर्यटत बाट आर्थिक समृद्धीका लागि कर्णाली सरकारले पञ्चवर्षिय गुरुयोजना तयार गरिरहेको छ । पुराको सम्भावनाको प्रर्बद्धन र नयाँको खोजीमा लागि गुरुयोजना निर्माण टोलीले कर्णालीका १० वटै जिल्लामा स्थलगत अनुगमन पनि गरिरहेको छ । 

पर्यटन विशषज्ञ रामचन्द्र सेढाईको नेतृत्वमा ८ सदस्यीय टोली कर्णालीका जिल्लामा पुगेर पर्यटन गुरुयोजना निर्माण गर्न लागेको पर्यटन मन्त्रायका सचिव सेर रोकायाले बताए । जस अनुसार विहिबार जुम्लाको पर्यटकिय सम्भावाका दिगो विकासका लागि पञ्चवर्षिय गुरुयोजना तयार गरिएको हो ।

यस अघि सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट जिल्लामा भईसकेको छ । चालु आवको अन्तिम सम्म गुरुयोजना निर्माण सकाएर आउने बजेट समाबेश गरिने छ । कर्णालीका पर्यटन क्षेत्रबाट लाभ लिनका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्नेमा विज्ञहरुलेजोड दिए । जुम्लामा रहेका छुमचौर ज्युलो, तातोपानी धारा, पाण्डवगुफा, कनकासुन्दरी, चन्दननाथ, विराट राजाको दबरबार, सिंजा सभ्यता, पञ्चदेवल, पातारासी हिमाल गुठिचौर पाटन, ठाकुर ज्यु, विष्ट ज्यु गिडि दह, मष्टो देवता, दियार पातल लगायतका सयौ ओझेलमा रहेका सम्भावनाको दिगो प्रर्बद्धन तथा विकासका लागि पञ्चवर्षिय योजना निर्माण गरिएको छ । 

जैविक विविधता विञ डाक्टर रोशन सेरचनका अनुसार दैलेख सुर्खेत, जाजरकोटमा गरिएको गुरुयोजना निर्माणका क्रममा पनि नयाँको खोजी पुरानाको सरंक्षण र पर्यटक भित्राउन पदमार्ग, निर्माण, सडकको पहुँच, पुरानै संरचनाका ऐतिहासिक सम्पदा बनाउने, कलात्मक शैलीका मठमन्दिर निर्माण गर्ने कुरालाई गुरुयोजनामा प्रथामिकता दिईएको थियो । भने, जुम्लामा पनि सोहि कुरा दोहोरिएको छ । 

अलि अन्उ जिल्लाबाट जुम्ला लगायत साविक कर्णालीम सांस्कृतिक पर्यटमा जोड दिने गुरुयोजना निर्माण भएको छ । हिमाली जिल्ला भएकोले पदमार्ग निर्माण, सहज हवाई सेवा, टे«किङ अफिस, सुरक्षित सडक, कर्णाली राजमार्गको स्तरउन्न्ती, जुम्ला देखि कर्णालीका सबै जिल्लामा हवाई संचालन लगायतका विषयमा जोड दिदै गुरुयोजना निर्माण भएको भाषाविद रमानन्द आर्चायले बताए ।

उनका अनुसार खष सव्यता संरक्षणका लागि छुटै ऐन बनाउने, परम्परागत कुरालाई बढवा दिने, अर्गानिक उत्पादनमा जोड, शान्ती सुरक्षा मजबुद, छुमचौर होमस्टे स्थापना कुरा गुरुयोजनाले समेटेको पर्यटन पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहिले बताए । 

उनका अनुसार यस गुरुयोजनाले कर्णालीको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सिंजा सव्यताको खोज अनुसन्धानका साथै, धार्मिक, सास्कृतिक, प्राकृतिक तथा जैविक विविधता, जल जमिन जडिबुटि तथा जनावर संग जोडिएको पर्यटनलाई पनि समेट्ने गरी गुरुयोजना निर्माण भएको छ । पञ्चबर्षिय योजनाले १० वर्षको दिगो लक्ष्य लिएको छ । कर्णालीमा आएका पर्यटकलाई रहेक जिल्लामा अड्याउने खालको पुर्वाधार निर्माण गर्न गुरुयोजनाले राहात दिने छ । 

गुरुयोजना कार्यान्यनमा जोड

तत्तकालिन जिल्ला विकास समितिले सिंजा सव्यताको दिगो संरक्षण तथा विकास लागि लाखौ खर्च गरी पञ्चवर्षिय गुरुयोजना तयार गर्यो । कार्यान्वयन हुन नपाउँदै राज्य पुनसंरचना अनुसार स्थानीय सरकार आयो । अहिले कार्यान्वयन भन्दा पनि गुरुयोजना भेटाउन धौधौ छ । चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले भनिन, प्रदेश सरकारले पनि करोडौ खर्च गरी गुरुयोजना तयार गरेको छ । कार्यान्वयनमा जोड दिन उनले सुझाब दिईन । 

स्थानीय सरकारले पनि पर्यटन प्रर्बद्धनका लागि बजेट खर्च गर्छ, प्रदेश तथा स्थानीय तहको कार्यक्रम नदोहोरिने गरी गुरुयोजनाको आधारमा काम गर्ने प्रतिबद्धता गरिन । प्रदेश सरकारले सडक निर्माण, ठुला ठुला पर्यटकका काम गर्नु पर्छ । पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले भने, स्थानीय सरकारले पदमार्ग निर्माण, परम्परागत संस्कृति जर्गेना,लगायत काम गर्ने उल्लेख गरे । 

गुरुयोजना कार्यान्वयन गर्न प्रदेश सरकारले स्थानीय सरकार संग समन्वय गर्नुपर्नेमा जुम्लाका जनप्रतिनिधिले जोड दिएका छन् । प्रदेश सरकारले पर्यटन क्षेत्रको दिगो विकासका लागि गरेको काम निकै स्वागत योग्य बताएका छन् । भने गुरुयोजनानले पर्यटन प्रर्बद्धनमा जोड दिने विश्वमा छ । र गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा कर्णालीबासीले जोड दिएका छन् । 
 



प्रकाशित: २०७६ जेठ २६
June 9th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्