नेपाली समय: ०९:५१:१३ राती
वि.सं २०७६ मंसिर २९   आइतबार

एक दशकपछि नाग्मगमगडी सडक ग्राभेल

निर्माण सञ्चार, २६ जेठ, जुम्ला । देशमा संघीयता आएसंगै कर्णाली सरकारले कर्णाली राजमार्गको साहायक सडकको रुपमा रहेको नाग्म गमगडी सडक ग्राबेल गरेको छ ।

उक्त सडक संचालनको झण्डै एक दशक पछि  ग्राभेल गरिएको हो । कर्णाली राजमार्ग संञ्चालन पूर्व कर्णालीबासी घरायसी प्रयोजनमा सामान खरिद गर्न सुर्खेत धाउनु पर्दथ्यो ।

२०६३ सालमा उक्त सडक संचालन आएसंगै कर्णालीबासी नुत, तेल चामलका लागि महिनौ दिन लगाएर सुर्खेत बजार धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका थिए ।

उक्त सडक संञ्जाल विस्तार भएसंगै कर्णालीको जुम्ला र कालिकोटका नागरिक सुविधा पाए । तर मुगु तथा सिंजा बासीको भने अबस्था भने उस्तै थियो ।

२०६४ सालमा उक्त नाग्म गमगडी सडकको ट्रयाक खुलेसंगै कर्णालीका जुम्ला, कालिकोट र सिंजा सडक करीब ४ वर्ष पछि मात्र सडक संचालनमा आयो । सडक संञ्चालन आएपछि  तर त्यो बेला डेढदिन लगाएर पनि धौधौ गरि पुगिन्थ्यो ।

कर्णाली रामार्गकै अबस्था दयनीय तथा दर्दनाक थियो । भने नाग्म गमगडी सडक कालोपत्रे हुने कल्पना पनि थिएन । स्थानीय कालि बहादुर शाहि भन्छन्, अहिलकोे सडक भन्दा त पहिलेको घोरेटो बाटो ठिक थियो जस्तो लाग्छ । 

सडक माथि खेतीयोजमिन छन् । त्यहाबाट आउने सबै पानी सडकमा आउथ्यो । माथितीर कुनै तटबन्ध नलाएको कारण कुलो, खेतबाट पानी सडकमा आउँदा १२ महिना सडक हिलो हुँदा सास्ती पाएको उनको भनाई छ ।

ठुला मालबाहक तथा यात्रुबाहक सवारी फसेपछि १/२ दिनपछि मात्रै निष्कीन्थ्यो । अर्का स्थानीय हर्ष शाहिले भने, नाग्म गमगडी सडकमा ग्राबेलनै उत्तम उपाय थियो, आवतजावत सहजतका लागि, पानीले कालोपत्रे उक्कीने, नटिक्ने भएकोले ग्राबेल गर्दा, पानी तल छिर्ने, गाडी गुड्न तथा मानिस आवत जावतमा निकै सहज हुने भन्दै सडक ग्राबेलको लागि वर्षौदेखि सिंजाबासी माग गर्दै आएका थिए ।
 

तर २०६८ बाट हिलोमाटोमै भएपनि संचालनमा आएको नाग्म गमगडी सडकमा ग्राबेलिङका लागि कुनै नेता तथा पार्टीले पहल गरेनन् । तर स्थानीय सरकार आएपछि, सडक संचालनको झण्डै एक दशक पछि नाग्म गमगडी सडक बल्ल ग्राबेल भएको छ ।

लामो समय सम्म रारा जाने पर्यटकले दिन दिनै भोग्नुपरेको सास्ती बाटो ग्राभेल भएसंगै तर यसवर्ष सिंजा क्षेत्रका हिमा, सिंजा, र कनकासुन्दरी गाउँपालिकाले सडक ग्राबेलिङलाई प्रथामिकता दिएपछि सिंजाबासी निकै खुसी भएका छन् ।
 

एक त कर्णाली राजमार्गको डर, दोस्रो नाग्म गमगडी सडकको बिजोग अबस्थाले पर्यटक हरु आउन मान्दैन् थे, तर अहिले निकै फराकिलो र ग्राबेल सडक भएपछि दैनिक आउने पर्यटकहरु सरर.. गाडीमा गईरहेका छन् ।

सडक संचालनको १ दशक सम्म ग्राबेल नहुनुमा राज्य सिंजा क्षेत्रलाई प्रथामिकता नदिनु हो, सिंजाका स्थानीय तथा पत्रकार नेत्र शाहिले भने, तर स्थानीय सरकारले आम जनता तथा पर्यटकहरुको समस्या मध्यनजर गरी सडक ग्राबेल र फराकिलो गरेको प्रति खुसी व्यक्त गरे ।
 
सिंजामा सडक आउने कल्पना सम्म नगरेका स्थानियले अहिले घर अगाडीबाटै सवारी साधन संञ्चान आएसंगै दिनहु सयौं पर्यटक भित्रिएको देख्दा हर्षित छन् ।

उक्त नाग्म गमगडी सडक ग्राबेल भएसंगै ढिलै भएपनि सिंजा र मुगुबासीहरुमा खुसीयाली छाएको छ । 

दैनिक नाग्म गमगडी हुदै रारा जाने पर्यटक आउने गर्दछन् । स्थानीय सरकारले गरेको उक्त सडक निर्माण कार्यप्रति स्थानीय निकै खुसी रहेको बताउछन् । 


 



प्रकाशित: २०७६ जेठ २६
June 9th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्