नेपाली समय: ०५:२४:३५ बेलुका
वि.सं २०७६ आषाढ १   आइतबार

ठमेल पर्यटन परिषद चुनावः नेकपातर्फ देखिएको ‘कच्चा’ खेलको परिणाम राणा समूह विजयी

निर्माण सञ्चार, २६, जेठ, काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का नाउँमा करिब ३ दशक अघि स्थापित यो संस्थाको पछिल्ला काम र परिणामलाई हेर्ने हो भने ‘यसको खासै औचित्य छैन’ भन्नेसम्मका अवस्था देखियो यो २४ औं साधारण सभाको चुनावी मैदानमा । 

चुनाव हुँदै गर्दा एक व्यवसायीले मतदानकै लाइनमा भनिरहेका थिए, ‘भोट हाल्न बाध्य हुनु भन्दा त यो नभए पनि हुन्थ्यो । यसको कामै के छ र अब ?’

बहसः के ‘परिषद्’ नहुँदा ठमेलको विकास सम्भवै छैन त ? यो हुँदा के लछारपाटो लागेको छ ?

इतिहासमै पहिलो पटक त्रिपक्षीय भिडन्त भएको यो चुनावी माहोललाई हेर्दा यही तौरको संस्था चाहिन्छ कि चाहिँदैन भन्ने बहस उठ्नु मनासिब पनि छ । 
यदि यस्तोखाले संस्था केका लागि ? भन्ने प्रश्न सोधिएको थियो भने अध्यक्षकै उम्मेदवारहरु पनि यसको जवाफ दिनसक्ने ल्याकतका थिएनन्, र छैनन् पनि ।

यसको भित्री रुप न राजनीतिक नै रहन गयो न पूर्ण संस्थागत र व्यावसायिक, न नैतिकताको लिनलायक नमूना ।

राजनीतिक रुपले हेर्दा, यसमा न काँग्रेसले यसको लेगेसी र यसमाथिको जवाफदेहिता लिन सक्ने ठाउँ छ न कम्युनिस्टले । न स्वयम् ठमेलले, न त महानगरपालिकाले नै । यसको फरक विरासत छ भनेर पुजा गर्नसक्ने अवस्थामा यो परिषद् रहेको छ र ?

जुँगाको लडाइँः मनांगेको पैसा जित्नेलाई ऐसा !

खासमा ठमेल पर्यटन परिषद्को यो चुनाव केही व्यक्तिको जुँगाको लडाइँका रुपमा प्रकट भयो । 

यो चुनाव समग्रमा जसले जिते पनि या हारे पनि, अबका दिनमा जितेकाले संस्थागत औचित्य पुष्टि गर्न सके भने कुन्नि, नत्र यसको औचित्यमाथि बहस थाले हुन्छ भन्ने छाप पनि छाडेको छ । 

यो चुनाव कम्युनिस्ट निकट भनिनेहरुका तर्फबाट टिम मिलाउने जिम्मा लिएकाहरुको ‘कच्चा’ खेलको नमूना बन्न पुग्दा, राणा समूहले जित हाता पार्यो ।

यिनीहरु मतादाताका नाउँमा रातो र सेतो लगाएर बसे, उता रातारात मनांगेको पैसाले चुनावी कमाल गरेको देखियो ।
त्यसमा ‘दुई’ मान्छेले मक्सद सफाया गरे । बस् । 

धन बगाउने दीपक मनांगे, ‘मक्सद’ सिद्ध गर्ने एकादुई ! जुन नामै नलिए पनि स्पष्टै छ । मनांगे यतिबेला सभासद पनि छन् । उनी एकहिसाबले ‘रिटायर्ड गुन्डा’ हुन् । उनीबारे चर्चा गरिरहन पर्दैन ।

यसै पनि ‘धन’ र ‘डन’हरु लुक्ने र लुट्ने ठाउँका रुपमा यो परिषद्को छवि धमिलिएको छ । यसको छवि बिगार्नेहरुमा केही व्यक्तिहरु अब्बल नै देखिन्छन् ।
मनांगे जस्तै, तर, रुपले फरक सारले एउटै अवस्थाको अगुवा बन्न पुगेका व्यक्ति हुन् रामशरण थपलिया । जसको फेसबुक आइडीमा अहिले पनि उक्त परिषद्को अध्यक्ष उल्लेख छ । जबकि उनको कार्यकाल सकिएको जेनेरेसन बितिसकेको छ । उनको ‘डिजुरे’ र ‘डिफ्याक्टो’ यसरी नै विवादित भइरहने भित्र पर्ने गरेको छ ।

उनीसँगै जोडिएका संस्थाहरु आर्थिक अनुशासन बिग्रेको ‘भ्रष्ट’ निकायका रुपमा चिनिने गरेका मध्ये ठमेल पर्यटन परिषद् एक नम्बरमै पर्दछ । यिनी र यिनीजस्तैले छोएदेखेका ठाउँहरु टान पनि एकताका सतीले सरापे जस्तै बनेको थियो । 

तर, प्रकाश नरसिंह राणाको पहिचान भने तेस्रो लिंगीमा रुपान्तरित भएको छ । उनी न भाले न पोथी विजेता बन्न पुगे । ठमेलका ठिमाहा 

कुनैबेला माथिदेखि तलसम्म काँग्रेसै काँग्रेसको रजाइँ (सत्ता) भएका बेला यिनले रजाइँ गरे । जतिबेला लेखापरीक्षण जस्ता आर्थिक अनुशासनका दाम्लाहरु पनि देखाउनका लागि मात्रै गरिन्थे । 

उनले खासमा त्यसै गरेर बदनाम गरेको संस्था मध्येको यो पनि एक हो ।

त्यस्तै, नामै लिनु पर्दा, निवर्तमान भएका समिर गुरुङको अवधि पनि औचित्य पुष्टि गर्नलायक रहेन । उनलाई पनि त्यस्तै रुपमा हेरे स्थानीय व्यवसायीले । 

उनले संस्थामा सदस्य विस्तार गर्ने कुरामा देखाएको अनुदारताले अघिल्लो माघतिरै हुनु पर्ने यसको साधारण सभा सरेर जेठ २५ गते पुगेको थियो । यस अवधिमा उनी झनै बदनामका पात्र बने ।

हार र जितमा को कति पानी माथि ?

हुनत बनियालाई नैतिकताको कुरा गर्नु बेकार हो भन्छन् । तर, कुरो त्यसो होइन ।

यस चुनावमा भने समिरले असली काँग्रेसको विरासत जोगाउनेमा आफूलाई थपलिया भन्दा अब्बल साबित गरे । यसले गर्दा थपलियालाई आफूले बोकेको टिममाथि आदर्श र नैतिकताको लेपन लगाउने नैतिक हैसियत रहेन । भलै उनले चुनाव जिताएर देखाइदिए । 

मूलतः उनी आफ्नो विगतको विरासतको स्वादकै निरन्तरता दिन काँग्रेसको आवरणमा जोड घाटाउ गर्न चाहन्थे । उनका लागि यो चुनाव कम्युनिस्टसँगको भिडन्त नभई संस्थापक अगुवा तेजेन्द्रनाथ श्रेष्ठसँगको जुँगाको लडाइँमा शत्रुता साँधनी गर्नु थियो भन्ने छरपस्ट देखियो ।

भाडादार र स्थानीय घरधनीहरु बीचको दूरी भित्रभित्रै शत्रुतापूर्ण अवस्थामा रहने, बेलामौका प्रकट हुने गरेको ठमेलमा तेजेन्द्रको रैथाने छविलाई मतदाताले चाहेर पनि इन्कार गरेको देखियो ।

वास्तवमा मतदाताका अगाडि स्वच्छ छविको अर्काे विकल्प नभएर पनि होला । 

सच्चा कुरा के हो भने, तेजेन्द्रको छवि थपलियाको भन्दा उच्च छ । आदर्श र नैतिक मूल्य पनि फरक नै हो । मतदाताको अन्तरविरोध समन्वय गर्न नसक्नु तेजेन्द्रको ‘स्ट्राटेजिक फेलर’ बन्न पुग्यो यो चुनाव ।

यो परिषद् नहुँदा न यहाँ पर्यटन आउन रोकिन्छ । न यहाँका सडकमा धुलो उड्न रोकिन्छ । न भत्कने बाटो पिचका पिच भइरहने गरेको छ ।
न यहाँ शान्ति सुरक्षा नै यो परिषद्ले ग्यारेन्टी गर्छ । न यहाँका भाडादार र घरवालाका बीचमा हुने अन्तरविरोध शान्त गर्न समन्वयकारी हैसियत देखाउँछ

त्यसमा मसला बन्न पुग्यो नेकपा नेतृत्व जसले ठमेल चुनाव जिताउने जिम्मा लिएर धर्ना बसेको थियो । यो कुराको उदांगो उदाहरण के हो भने, नेकपा निकट तिनवटा संगठनले संयुक्त हस्ताक्षर गरेर प्रधानको पक्षमा मतमाग्न अपिल गरेको सत्यतथ्य खुदै नेकपा निकट व्यवसायीसम्म नपुग्नु ।

उनीहरुले मत अन्तै हाल्नु । 

उम्मेदवारी तय गर्दा सबैभन्दा ढिलो र पछाडि पर्नु पहिलो कमजोरी थियो । समिरमै भरपरिरहनु, पाए अन्त नपाए अर्कैको जन्त जसरी प्रधानलाई अघि सार्दा पनि पूर्ण टिम घोषणा गर्न नसक्नु, त्यसमा पनि महिला उम्मेदवार समावेश नै नहुनु, त्यसमा पनि नेकपा भित्रको चन्द्र रिजाल मनोविज्ञानलाई ‘बायस्ड’ गरेको सन्देश स्पष्ट रुपमा बाहिर जानु प्रधान हार्नुको कारण बन्न पुग्यो ।

ठमेल परिषद्का लागि यतिबेला परिवर्तनका लागि अर्जुनलाल प्रधान समूह चाहिन्थ्यो । तर, यस्ता कारणले दुखान्तमा परिणत भयो । 

नैतिकता र आदर्शको खडेरीः राणा ठमेलको तेस्रो लिंगी !

सरसर्ती हेर्दा, समिरले काँग्रेसको बिँडो थाम्न उठेको देखाए । युवा समाजसेजीको छवि बनाएका अर्जुनलाल प्रधानले चाहिँ कुहिएर गन्धा भइरहेको संस्थालाई बदल्ने परिवर्तनकारी नारा दिएका हुनाले परिवर्तनकारी अगुवाको छाप बनाउन सफल भए । भलै चुनाव हारे, तर नैतिकताको कसीमा उनले हारेनन् ।

तर, प्रकाश नरसिंह राणाको पहिचान भने तेस्रो लिंगीमा रुपान्तरित भएको छ । उनी न भाले न पोथी विजेता बन्न पुगे । ठमेलका ठिमाहा ।
अध्यक्षमा राणाले ३३३ मत पाए भने पराजित भएका अर्जुनलाल प्रधानले २१३ मत पाए ।

पछिल्लो रातमा राणालाई नेकपाकै सदस्यका रुपमा हल्ला गराउनु, मतदानको अघिल्लो दिन मौन अवधि सुरु भएपछि राणा समूहले खुलेआम कार्यक्रम गर्दा निर्वाचन अधिकृतबाट ढुलमुले भूमिका देखाउनु, मौन अवधिमा खुला कार्यक्रम रोक्ने हैसियत प्रधान समूहले देखाउनै नसक्नु र दुई वडाका वडाध्यक्षहरु क्रमशः खेम तिवारी र मुकुन्द रिजालले खुलेरै राणाको पक्षमा माहोल बनाउनुले चुनाव कसका लागि भएको रहेछ, चुनाव कसले गराएको रहेछ, राणा कसका पात्र रहेछन् भन्ने पुष्टि हुन्छ ।

समिरको मत कता हरायो ? पत्तै पाएन प्रतिस्पर्धीले ?

तर, आफ्नै अध्यक्षतामा साधारण सभा गराएका समिर गुरुङले ३६ मत पाउनु भनेको उनको अघिल्लो जितको इतिहासकै बेइज्जत हो । 

भलै उनी अर्जुन हराउने शिखण्डीका रुपमा उभिएको आरोप किन नलागोस् । उनले आफ्नो विजयको इतिहासलाई ठमेलको गन्धा भरिएको नालामै डुबाएर बाहिरिए । उनले काँग्रेसी बन्नमा आफूलाई जति दर्ज गर्न चाहे, त्यति नै विजयी इतिहासलाई पराजयमा मोल्न पनि उनी किन तम्सिए ? 

यसको जवाफ पनि ठमेलका व्यवसायी तै चुप मै चुप गर्दै बुझपचाइरहेको देखिन्छ ।

त्यसैले औचित्य के ? भन्ने बहस गरौं

मुलुक परिवर्तनमा ऐतिहासिक भूमिका खेलेका विश्वविद्यालयहरुमा स्थापित स्वतन्त्र विद्यार्थी युनियनहरुकै औचित्य छैन भन्ने बहस चर्किरहेकै बेला ठमेल जतिको आधा शताब्दी इतिहास बोकेको पर्यटकीय ‘हब’का लागि आजका दिनमा यही तौरको पर्यटन परिषद्को औचित्य के हुन सक्छ ?

बहस गर्नु मनासिब छ । 

बहसः के ‘परिषद्’ नहुँदा ठमेलको विकास सम्भवै छैन त ? यो हुँदा के लछारपाटो लागेको छ ?

व्यवसायीहरुले ठानिरहेको ‘बोझिलो’ यो संस्था र यसले खेल्नै नसकेको भूमिकाका कारण यसको औचित्यमाथि बहस गर्नु आजको अपरिहार्यता नै हो । 
यस्तो बहस किन उठ्ने गर्छ भने, कित सुधारका लागि सुध्रन नसके बोझ साफ गर्नका लागि । 

जुन उद्देश्यका लागि संस्था जन्मन्छन्, त्यो भन्दा उल्टो परिणाम दिन्छ भने, त्यसको औचित्यबारे जसले पनि बहस गर्छ । स्वाभाविक छ । राजनीतिक दलहरुको औचित्यबारे त बहस हुन सक्छ ।

राजतन्त्र त मासिन पुग्यो । घाटा लाग्ने बिजनेस त व्यापारीले छाडिदिन्छ भने, ठमेलको पर्यटन, यहाँको व्यावसायिक प्रवद्र्धन, यस क्षेत्रलाई नमूना बनाउनका लागि गठित संस्था, यी उद्देश्यमा चुकिरहन्छ भने वास्तवमा औचित्य के हो भनी प्रश्न उठाउनु नौलो पनि होइन ।

ठमेल परिषद्को औचित्य के छ भनी प्रश्न गर्दा, स्थानीय व्यवसायीहरु खुलेर बोल्न चाहँदैनन् । तर, भित्रभित्रै उनीहरु यसलाई आफूमाथिको अनावश्यक भारका रुपमा लिन्छन् ।

यो परिषद् नहुँदा न यहाँ पर्यटन आउन रोकिन्छ । न यहाँका सडकमा धुलो उड्न रोकिन्छ । न भत्कने बाटो पिचका पिच भइरहने गरेको छ ।
न यहाँ शान्ति सुरक्षा नै यो परिषद्ले ग्यारेन्टी गर्छ । न यहाँका भाडादार र घरवालाका बीचमा हुने अन्तरविरोध शान्त गर्न समन्वयकारी हैसियत देखाउँछ ।

जबकि, सुरुसुरुका दिनमा यसले यस्ता पक्षमा भूमिका खेल्न सकेको थियो । 

यतिबेला न यसको सिफारिस बिना महानगरले विकासै नगर्ने नै हो । न यसले गरेकै सिफारिसले सरकारले यहाँ विकासै विकासको लहर दिने हो ।

यसको औचित्य के हो ?

जहिले पनि रैथाने गुण्डाहरु जन्माइरहने भन्ने आरोप बोकिरहेको ठमेल परिषद्को औचित्यबारे वास्तवमा खुलेर बहस गर्नु भनेको यसको औचित्य छ भने पुष्टि गर्न बल पुराउनु पनि हो ।

अर्थात् विकृतिहरु फालेर राम्रो बनाउन जोड गर्नु पनि हो । र, परिवर्तनकारी अगुवाहरुले अबको बहस यो कोणबाट गर्दा पनि फरक पर्दैन ।

नत्र दीपक मनांगे जस्ताहरुको पाखुराको बल र अदृश्य धनले वैधानिकता पाइरहने मञ्चका रुपमा यसलाई राखिरहनुको अर्थ के हुन्छ ?

आजको युगले चाहेको व्यावसायिक हब बन्नबाट यसले उपलब्धिपूर्ण सहयोग पनि गर्दैन भने अर्थात् प्रकारान्तरले बाधक नै भइरहन्छ भने, पर्यटन विकासका नाउँमा खोलिएको यो परिषद्को अन्त्य अपरिहार्य छ ।

हैन भने जितेहरुले यसको औचित्य पुष्टि गर्न सक्नु पर्छ । यो कुरा टान जस्ता संस्थाहरुका हकमा पनि लागू हुन्छ । 

 

See the coverage from the Front Face, Click here

०००



प्रकाशित: २०७६ जेठ २६
June 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार